नवलपुर । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुर जिल्ला अन्तरगत गैंडाकोट नगरपालिकाको एकता सम्मेलन २०८१ असोज १२ गतेका दिन भव्यताको साथ सम्पन्न भएको छ ।पार्टी केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज कामरेड अनुकूल प्रमुख अतिथि रहनु भएको सो सम्मेलनमा केन्द्रीय सल्लाहकार जोशी , केन्द्रीय सदस्य विशाल , जिल्ला संयोजक दिपक , सह संयोजक प्रताप र न्युजर्जको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा नगर संयोजक परिवर्तनको अध्यक्षता, पुष्पको सञ्चालन तथा हिमालको स्वागत मन्तव्य पछिमहान शहिदहरुको सम्मानमा १ मिनेट मौनधारण गरिएको थियो ।
सम्मेलनमा प्रमुख अतिथिको आसनबाट अनुकूलले सम्मेलनको व्यानर पढेर उद्घाटन गर्नु भयो । आगामी कार्तिकमा हुने जिल्ला एकता सम्मेलन तथा मंसिर १३ देखि २३ गतेसम्म सम्पन्न हुन गइरहेको राष्ट्रिय एकता महाधिवेशन र त्यससंग सम्बन्धित दस्तावेजमाथि प्रकाश पार्नु भयो । कार्यक्रममा जिल्ला संयोजक दिपकले १७ सदस्यीय गैंडाकोट नगर समितिको प्रस्ताव प्रस्तुत गर्नु भएको थियो , तत्पश्चात समितिको प्रथम बैठकले सचिवमा पुष्प र सह सचिवमा हिमाललाई चयन गरेको छ भने बैठकले ५ सदस्यीय सल्लाहकार समितिको चयन तथा आगामी जिल्ला सम्मेलनको प्रतिनिधि छ्नौट गर्नुको साथै अन्य विषयहरुमा महत्त्वपूर्ण निर्णय गरेको छ । सम्मेलनमा प्रताप , विशाल , जोशी ,न्युजर्जले गहकिला विचार सहित सम्मेलन सफलताको शुभकामना तथा नवनिर्वाचित समितिलाई बधाई दिनु भएको थियो । अन्त्यमा निर्वाचित समितिको तर्फबाट पुष्पले सम्मेलनले दिएको जिम्मेवारीलाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएपछि कार्यक्रमका अध्यक्ष परिवर्तनले उपस्थित सम्पूर्ण कामरेडहरुलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नुभएको थियो ।
गैंडाकोट नगर एकता सम्मेलन सम्पन्न
Comments