चितवन जिल्ला सम्मेलन सम्पन्न

चितवन । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको चितवन जिल्ला सम्मेलन असोज १९र २० गते भव्यताको साथ सम्पन्न भएको छ ।महाधिवेशनको राजनैतिक , वैचारिक र सांगठनिक छलफलमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी , नेपालले चितवनमा पनि महाधिवेशनलाई केन्द्रित गरेर आफ्नो सांगठनिक कार्यक्रमहरु अधि बढाएको छ । पार्टीको सेल, वडा कमिटीहरु गठन पुनर्गठन गर्दै नगर र पालिका स्तरीय भेला सम्मेलनहरु सम्पन्न गरेर जिल्ला सम्मेलन भव्यतापूर्वक सम्पन्न गरेको हो एकता जिल्ला सम्मेलन पार्टी केन्द्रीय कार्यालय सदस्य अटलको प्रमुख आतिथ्यता , जिल्ला संयोजक कुलप्रसाद रिजालको अध्यक्षता , बाबुरामप्यासी परियारको सञ्चालन र कमल गिरिको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा अतिथिहरु पार्टी केन्द्रिय सचिवालय सदस्य तथा क्रान्तिकारी महिला संगठन नेपालका अध्यक्ष अम्बिका मुडभरी , पार्टीका केन्द्रिय सदस्य एवं चितवन जिल्ला इन्चार्ज घननाथ सापकोटा , केन्द्रिय सल्लाहकार दिवाकर न्यौपाने , कमल गिरि प्रदेश सल्लाहकार नरबहादुर गौतम , कल्पना क्षेत्री, सहिद मिनबहादुर कुँवर अनिसका बुबा खड्ग बहादुर कुवर, जिल्ला सल्लाहकार समितिका संयोजक इश्वरी ओझा रहेका थिए ।कार्यक्रमको प्रमुख अतिथि अटलले मैनवत्ती बालेर उद्घाटन गरेका थिए ।
कार्यक्रमको शुरुआतमा देश र जनताको मुक्तिका लागि जीवन उत्सर्ग गर्नुहुने महान सहिदहरुको स्मृति एवं बेपत्ता पारिनु भएका योद्धाहरु र घाइते तथा अपांग योद्धाहरुको सम्मानमा एक मिनेटको मौन धारण गरियो ।र सामुहिक रुपले कम्युनिस्ट अन्तर्राष्ट्रिय गायन पनि प्रस्तुत गरियो ।
एकता जिल्ला सम्मेलनकै क्रममा पुराना कम्युनिस्ट नेता एवं प्रगतिवादी साहित्यकार बाबुराम पाण्डेलाई कम्युनिस्ट आन्दोलनमा उहाँले पुर्‍याउनु भएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको छ । बि. स. २००३ सालमा तनहुँमा जन्मनु भई २०२६ सालमा गौरिभक्त प्रधानले नेतृत्व गर्नु भएको चितवन जिल्लाको पुष्पलाल समुहबाट कम्युनिस्ट आन्दोलनमा जोडिनु भएका पाण्डे हाल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको चितवन जिल्ला सल्लाहकार रहनु भएको छ। अभिनन्दन पत्र सहित दोसल्ला ओडाएर प्रमुख अतिथि अटलले उहाँलाई सम्मान गरेका हुन् ।उद्घाटन सत्रमा बाबुराम पाण्डेले आफ्नो अनुभुति र चितवनको राजनैतिक एवं सामाजिक इतिहास विषयमा संक्षिप्त मन्तव्य राखेका थिए ।विगत देखिनै चितवन जिल्ला समितिले आफ्ना अग्रजहरुलाई जिल्ला सम्मेलन र अधिवेशन वा विशेष कार्यक्रमहरुमा सम्मान वा अभिनन्दन गर्दै आइ रहेको छ ।
प्रमुख अतिथि अटलले चितवन जिल्लाको कम्युनिस्ट आन्दोलनको पृष्ठभुमि र आगामी आन्दोलनमा चितवनको भुमिका बारेमा चर्चा गदै आसन्न महाधिवेशनमा केन्द्रिय कार्यालयका तर्फबाट प्रस्तुत हुने मुख्य राजनैतिक प्रतिवेदन , यसका परिपुरक हुनेगरी विभिन्न समितिहरुले तयार पारेका प्रतिवेदनहरु , पार्टी भित्र छलफलमा रहेका केही फरक मत समेत पार्टी सदस्य सम्मलाई छलफलमा सहभागी गराएर महाधिवेशनलाई राजनैतिक ,वैचारिक निश्कर्ष र सांगठनिक एकतालाई मजबुत बनाई क्रान्तिको पहल र नेतृत्व गर्नसक्ने पार्टी निर्माण गर्नु पर्ने आवश्यकतामा जोड दिए ।र सम्पुर्ण पार्टी सदस्य सम्मलाई यो महान वहसमा सहभागी हुन पनि आह्वान गरे। । क्रान्तिकारी महिला संगठन नेपालका अध्यक्ष अम्बिका मुडभरीले पार्टीमा पैदा भएका संकटलाई एकता महाधिवेशनले राजनैतिक , वैचारिक र सांगठनिक हिसाबले हल गर्ने विश्वास व्यक्त गर्दै सबैलाई महाधिवेशनमा केन्द्रित हुन पनि अपिलका साथ शुभकामना व्यक्त गरिन् । चितवन जिल्लाको वर्गसंघर्ष र अन्तरसंघर्षको संक्षिप्त चर्चा गर्दै विगतमा झैं चितवनले आफ्नो भुमिका पूरा गर्ने विश्वास पनि व्यक्त गरिन् । कार्यक्रमको उद्घाटन सत्र पछि बन्द सत्रमा प्रवेश गरेको थियो । नारायण शर्मा , फिरल महतो र कल्पना पौडेल सदस्य रहेको अध्यक्ष मण्डलको गठन भई जगन्नाथ ढकालको संयोजकत्वमा पूर्व सेक्रेटरी सुरेश गौतम र कुसुम खड्का रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन भयो ।
बन्दसत्रमा आयोजक समितिका तर्फबाट इन्चार्ज विकासले पेश गरेको राजनैतिक , सांगठनिक र आर्थिक प्रतिवेदन सम्मेलनले एकमतले पारित गरेको छ ।सम्मेलनले विकास सेक्रेटरी र जगत सहसेक्रेटरी रहने गरि ३१ सदस्यीय समिति निर्वाचित गरेको छ ।नवनिर्वाचित कार्यसमितिलाई जिल्लाका पूर्व सेक्रेटरी सुरेस गौतम र जिल्ला सल्लाहकार जगन्नाथ ढकालले बधाई दिदै सफल कार्यकालको शुभकामना दिएका थिए ।त्यस्तै गरी महाधिवेशनमा प्रस्तुत भएका दस्तावेजहरुमाथि अभिमुखिकरण तथा छलफल सम्पन्न भएको छ । पार्टी केसका सहसंयोजक असिम , केन्द्रिय कार्यालय सदस्य अटल र दर्पणले विभिन्न शिर्षकका दस्तावेहरु माथि आफ्ना मत सहित छलफलको विषय उठान गरेका थिए । ।कार्यक्रममा इश्वरी ओझा र मिसम अधिकारीले गीत एवं कविता वाचन गरेका थिए । कक्षा पाँचकि विद्यार्थी स्तुति मनन क्षत्रीको सुन्दर नृत्य प्रस्तुती रहेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित