पोखरा, कार्तिक ३ । क्रान्तिकारी कम्युनिस्ट पार्टी ,नेपाल पोखरा महानगरपालिकाको प्रथम नगर सम्मेलनन सम्पन्न भएको छ । सम्मेलनले रेणुको नेतृत्वमा ४ रिक्त सहित १७ सदस्यीय क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पोखरा महानगरपालिका समिति निर्माण गरेको छ । त्यस्तै सहसचिवमा गाउँलेलाई चयन गरेको छ । सहिदहरुप्रति एक मिनेट मौन धारण गरी शुरु भएको कार्यक्रममा गाउँलेको अध्यक्षता रेणुको स्वागत मन्तब्य, जन्जिरको सन्चालन रहेको थियो । कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको प्रदेश कार्यलयको सभाहलमा सम्पन्न भएको थियो ।
सम्मेलनको उत्घाटन प्रमुख अतिथि ४ नम्बर प्रदेश सहसम्योजक तथा केन्द्रीय सचिवालय सदस्य पत्थरले गरेका थिए । उनले उत्घाटन मन्तव्य राख्दै पार्टी यतिबेला एकता महाधिवेशनमा होमिइसकेकोले वैचारिक, राजनैतिक सबै हिसाबले लाग्नको लागि अपिल गरे । त्यस्तै अर्का अतिथि केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश कार्यालय सदस्य अरुणले यो पालिकाको पार्टीको गतिविधिले सिङ्गो यो प्रदेशमै प्रभाव पार्ने भएकोले त्यही प्रकारले क्षमताको विकास गरी जनताको बीचमा जानको लागि अनुरोध गरे। कार्यक्रममा कास्की जिल्लाका सह सम्योजक हिक्मत, क्रान्तिकारी महिला सङ्गठन ४ नम्बर प्रदेश सम्योजक सेती लगायतले सम्मेलन सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा समितिको सङ्ख्या र प्यानल पोखरा महानगपालिकाका इन्चार्ज जन्जिरले प्रस्तुत गरेका थिए । नवनिर्वाचित सचिव रेणुले पार्टीले दिएको जिम्मा पूरा गर्न हरदम पहल गर्ने र सबैको साथ समर्थन र सहयोग जुटाइ पार्टी क्रान्ति र परिवर्तनको दिशामा सम्झौताहिन सङ्घर्समा लाग्ने प्रतिबद्धता व्यक्तगरे ।