-सन्तबहादुर नेपाली
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको एकता महाधिवेशन मंसिर १३ देखि शुरु हुन गैरहेको छ । महाधिवेशनको तयारी पनि करिब करिब पूरा भइसकेको छ । यो महाधिवेशन आफैमा एउटा विशेष महत्वको बन्नेवाला छ । किनकि हाम्रो देशको कम्युनिस्ट आन्दोलनको इतिहास टुटफुट र विभाजनले भरिएको छ । विभाजनको संस्कृति बोकेको कम्युनिस्ट आन्दोलनको सन्दर्भमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल), तीनवटा पार्टीहरु कैयौं मतभेदका बाबजुद एकताका लागि दृढता देखाउनुले जनतामा कम्युनिस्ट आन्दोलनप्रति आशा जगाएको छ । तीनवटा पार्टीहरु आफ्नो पार्टीभित्र दक्षिणपन्थी संशोधनवादसित विद्रोह गरेर अलग अस्तित्वमा रहँदै आएका थिए । अलग अस्तित्वमा रहँदै आएका कम्युनिस्ट पार्टीहरु क्रान्तिकारी कार्यदिशा अपनाएको हुनाले उनीहरु एकता प्रक्रियामा आउनु ऐतिहासिक आवश्यकता भएको हो ।
नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) यी ३ वटा पार्टी ०७९ सालदेखि पार्टी एकताका लागि वार्ता र छलफल गर्दै आएका थिए । नेपालको अर्थसामाजिक अवस्था, क्रान्तिको स्वरुप, संघर्षको स्वरुप, वर्तमान सामन्त, दलाल तथा नोकरशाही पुँजीपतिवर्ग सम्बन्धी वर्ग विश्लेषण, प्रधान अन्तर्विरोध, पुँजीवादी निर्वाचन प्रतिको दृष्टिकोण, संसदीय व्यवस्था प्रतिको दृष्टिकोण, महान सर्वहारा सांस्कृतिक क्रान्ति, विश्व साम्राज्यवाद तथा विस्तारवाद, नयाँ जनवादी क्रान्ति तथा समाजवादी क्रान्ति, विश्व कम्युनिस्ट आन्दोलन तथा नेपालको कम्युनिस्ट आन्दोलन, संशोधनवादको विरोध आदि विषयमा तीन पार्टीहरुको समान दृष्टिकोण रहेको थियो र छ । तर कतिपय विषयहरु जस्तो कि माओवाद र माओविचारधारा, जनयुद्धको समिक्षा तथा राज्यको पुनर्संरचना जस्ता विषयमा भने केही फरक मत रहन गएका थिए । त्यसका बाबजुद पनि तीनवटा पार्टीबीच एकता हुनु नेपालको कम्युनिस्ट आन्दोलनका लागि महत्वपूर्ण विषय थियो ।
कम्युनिस्ट पार्टी विपरीत तत्वको एकत्व भएको हुनाले पार्टीभित्र फरक विचार हुनु स्वाभाविक हो । तर कतिपय पार्टीमा पार्टी नेतृत्वले एकमनावादी पार्टीको अभ्यास गर्ने गर्दछन् । जसका कारणले पार्टीभित्र भिन्न मतसित असहिष्णु भएपछि पार्टीभित्र अविश्वास, आशंका र मनमुटाव हुँदै जाँदा विभाजन हुने गरेका छन् । कतिपय पार्टीहरु निकै चर्को स्वरमा पार्टी एकताका कुरा गर्छन । केही संशोधनवादी पार्टीहरु गतकालमा निकै हल्ला गरेर पार्टी एकता गरेका थिए । तर एक दुई वर्षमै पार्टीभित्र यति अन्तर्विरोध भयो कि अन्ततः अदालतले आफ्नो पूर्व अवस्थामा फर्कन आदेश जारी गर्नु प¥यो । यसप्रकारको एकताले पनि जनतामा कम्युनिस्ट पार्टीमा एकताप्रति अरुची उत्पन्न गराएको छ । तर क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल त्यसबारेमा सचेत रहेर नै वार्तामा बसेको थियो । हामीलाई थाह थियो कि कुन कुन विषयमा हाम्रा मतभेदहरु छन् ? हामी ती मतभेदहरुको पहिचान मात्र गरेनौं, त्यसको समाधान र निकासबारे पनि गम्भीरतापूर्वक विचार ग¥यौं र अन्ततः माओवाद र माओविचारधारा, जनयुद्धको समिक्षा र राज्यपुनर्संरचनाको बारेमा खुला बहस संचालन ग¥यौं ।
हामीले पार्टीभित्र र बाहिर संचारमाध्यममा खुला र सार्वजनिक बहस गरिरहँदा हाम्रो पार्टीभन्दा बाहिर कुनै पनि कम्युनिस्ट नेता वा कार्यकर्ताहरुले बहसमा भाग लिनु भएन । यसले के बताउँछ भने सैद्धान्तिक वैचारिक प्रश्नमा कम्युनिस्ट आन्दोलनभित्र खासै रुचि छैन । तर हाम्रो पार्टीभित्र देशभरी र भारत तथा विदेशमा समेत फोरम संचालन भयो र पत्रिका तथा अनलाइनमा पनि व्यापक छलफल भयो । इतिहास मै हाम्रो लागि फोरमबाट एउटा विशिष्ट प्रकारको अनुभव प्राप्त भएको छ । यसो गर्नुका पछाडि तीन पार्टीबीच भएका फरक विचार तलसम्म, पार्टी सदस्य, समर्थक तथा शुभचिन्तकसम्म पुगोस् भन्ने हो । पुग्ने मात्र होइन, फरक विचारहरु आधारमा विश्लेषण गरेर पार्टी कार्यकर्ताहरुले सही निष्कर्ष महाधिवेशनमा राख्न सकुन भन्ने पनि हो । त्यसले हाम्रो पार्टीलाई सुदृढ र एकताबद्ध बनाउन मद्दत पु¥याएको छ ।
एकता अधिवेशनको बेलामा फरक विचारहरुलाई सम्बोधन गरेर पार्टी एकता गरिएको थियो । माओवाद र माओविचारधारा, हाम्रो पार्टीको पथप्रदर्शक सिद्धान्त हो । त्यसैले माक्र्सवाद, लेनिनवाद, माओवाद÷माओविचारधारा लेख्ने गरी सम्बोधन गरियो । जनयुद्धको सन्दर्भमा ऐतिहासिक माओवादी जनयुद्ध मान्दै जनयुद्धको प्रक्रियामा कतिपय उग्र“वामपन्थी” गल्ती भएका छन् भन्ने पूर्व मशालको विचार थियो भने त्यो नेपाली जनताको जनयुद्ध हो, जनयुद्धका बेला कतिपय गल्ती भए तापनि उग्र“वामपन्थी” गल्ती भन्न मिल्दैन भन्ने पूर्व क्रान्तिकारी माओवादी र पूर्व बहुमतको विचार रहेको थियो । त्यसरी त्यो खुला छलफलको विषय बन्न गयो । राज्य पुनर्संरचनाको सवालमा एकता अधिवेशनमा उत्पीडित जातिहरुलाई जातीय तथा क्षेत्रीय स्वशासन तथा स्थानीय स्वायत्त शासनको अवधारणामा हामी तीन पार्टीहरु सहमत भएका थियौं । तर महाधिवेशनको छलफलमा आ–आफ्ना विचार लैजाने भन्ने रहेको थियो र फोरम त्यसरी नै चलेको थियो । कार्यकर्ताहरुमा रहेको उच्च प्रकारको सैद्धान्तिक, वैचारिक निष्ठा तथा पार्टी एकता प्रतिको सम्मान र सद्भावका कारणले फोरम अत्यन्त शालिन, शिष्ट र भद्र तरिकाले सम्पन्न भएका छन् । कार्यकर्ताहरुमा फरक विचारहरुलाई गम्भीरतापूर्वक सुन्ने र छलफल गर्ने धैर्यता देखा परेको थियो । तीन पार्टीबीच रहेका फरक विचारहरुलाई जसरी हामीले दुईवर्षसम्म छलफल गरेर निकास निकालेका थियौं र एउटा क्रान्तिकारी पार्टी निर्माण गर्न सफल भएका थियौं, ठीक त्यही प्रकारले एकता महाधिवेशनमा पनि नेता तथा कार्यकर्ताहरुले फरक विचारलाई सार्थक निष्कर्षमा टुंग्याउन भूमिका खेल्न ज रुरी छ ।
हाम्रो पार्टीमा भएका मतभेदहरु दुई लाइनको मतभेद होइनन्, बोल्सेभिक र मेन्सेभिक, माओ र देङसियाओपिङ, प्रचण्ड र मोहन वैद्य किरण, मसालको बहुमत र अल्पमतका बीचमा लाइनको संघर्ष थियो–पुँजीवादी र सर्वहारावादी । हाम्रो पार्टीमा लाइनको प्रश्नमा एकमत छ–सर्वहारावादी राजनीतिक लाइन । बाँकी देखा परेका नीतिगत प्रश्नमा भएका मतभेदहरुलाई सम्बोधन गर्न हाम्रो लागि कुनै अप्ठ्यारो पर्दैन । महाधिवेशनले त्यसको समाधान गरेर अगाडि बढ्ने छ भन्ने हाम्रो विश्वास छ ।
यसप्रकारका फरक विचारहरु पार्टीभित्र पटक पटक जन्मिरहन्छन् र समाधान पनि गर्नु परिरहन्छ । त्यसका लागि वैज्ञानिक विधिहरुको आवश्यकता परिरहेको हुन्छ । पार्टीको संगठनात्मक अवस्था जुन प्रकारको हुन्छ, त्यही प्रकारको विधिहरु निर्माण गर्नुपर्ने आवश्यकता हुन्छ । पूर्व मशालमा पार्टीलाई एकताबद्ध राख्नका लागि त्यतिबेला हामीलाई सहमतीय विधि अपनाउनु परेको थियो । पार्टी एकता भएपछि तीनवटा विधि तय गरेका थियौं । १) एकता–संघर्ष–रुपान्तरण २) सहमतीय र (३) जनवादी केन्द्रीयता । अहिले हामी रुपान्तरणको चरणमा छौं । हामी महाधिवेशनलाई अनुसन्धानात्मक रुपले नीति निर्माण गरेर रुपान्तरणको दिशामा अगाडि बढ्ने जमर्को गरेका छौं । त्यसकारण हाम्रा जति पनि फरक बुझाईहरु छन्, त्यसलाई वैज्ञानिक ढंगले हल गर्न हामी सक्षम हुने कुरामा विश्वस्त छौं ।
क्रान्तिकारी कम्युनिस्टहरुको बीचमा एकता आजको अपरिहार्य र अनिवार्य कुरा हो । यसप्रकारको एकतामा दक्षिणपन्थीहरु आउन चाहँदैनन् । क्रान्तिकारीहरुको एकताप्रति पनि उनीहरु सकारात्मक देखिंदैनन् । नेपालको जनवादी क्रान्ति सम्पन्न गर्ने र क्रान्तिकारी विचारको रक्षा गर्ने प्रश्न उनीहरुको लागि अपाच्य भईसकेको छ । उनीहरु संसदवादमा यति डुबिसकेका छन् कि त्यो संसदीय आहालबाट बाहिर निस्कन कठिन छ । त्यसकारण उनीहरु सिद्धान्तहीन र विचारहीन प्रकारले क्रान्तिकारीहरुमाथि प्रहार गर्दै आएका छन् ।
विश्व साम्राज्यवाद तथा नवउपनिवेशवादको विश्वव्यापी प्रभुत्व भइरहेको बेला नेपाल पनि त्यसबाट अछुतो छैन । देशले राष्ट्रिय स्वाधीनता गुमाउँदै गइरहेको छ । दलाल तथा नोकरशाही पुँजीपतिवर्गले नवउपनिवेशवादलाई पोस्नका लागि उत्पीडित जनताप्रति झन पछि झन निरंकुश, फासिष्ट र दमनकारी बन्दै गएको छ । नेपाली जनता आफ्ना बालबच्चा पाल्नका लागि विदेशका गल्लीहरुमा पसिना बगाउनु परेको छ । शासकहरु भ्रष्टाचार, कमिशनखोरी, माफियातन्त्रलाई प्रोत्साहित गर्दै देश लुटिरहेको छन् । देशले खर्बौं रुपियाँ ऋण बोकिरहेको छ । यो अवस्था जारी रहेमा कुनै दिन देशमा विदेशीले कब्जा जमाउन बेर छैन । यो अवस्थामा दक्षिणपन्थी संशोधनवादी तथा दलाल पुँजीवादी राजनीतिक शक्तिहरुले देश लुटेको हेर्ने बाहेक कुनै उपाय छैन । उनीहरु विरोधसम्म पनि गर्न सक्दैनन् । यो अवस्थामा जनताको हकहित र अधिकार तथा राष्ट्रिय स्वाधीनताका निम्ति क्रान्तिकारीहरु एकजुट हुँदै जानु आजको आवश्यकता हो । हामी तीन पार्टीको यो एकता एउटा सानो पहल हो । आगामी दिनमा देशभर छरिएर रहेका हजारौं वामपन्थी क्रान्तिकारीहरुलाई एकतामा ल्याउन हाम्रो प्रयत्न रहने छ । जो हाम्रो पार्टी एकतामा आउन अनिच्छुक देखिन्छन्, उनीहरुसित हामी मोर्चामा बसेर काम गर्न पनि त्यतिकै प्रयत्नशील रहने छौं ।
अब क्रान्तिकारीहरुबीच फुट र विभाजनको सिलसिलालाई रोक्न तथा एकतामा जोड दिनका लागि प्रयास जारी राख्नेतिर ध्यान दिनुपर्ने आवश्यकता छ, दक्षिणपन्थीहरुसित होइन, क्रान्तिकारीहरुहरुबीचको एकतालाई अभिवृद्धि गर्नु र एउटा शक्तिशाली पार्टी निर्माण गर्नुको अब कुनै विकल्प छैन । देशका तमाम क्रान्तिकारीहरुलाई गोलबन्द गर्न यो एकता महाधिवेशनले सबैलाई अभिप्रेरित गर्नेछ भन्ने हामीले आशा र विश्वास लिएका छौं । एकता महाधिवेशन जिन्दवाद !
एकता महाधिवेशन जिन्दावाद ⁄
Comments