विद्रोह र पलायनबारे

अटल
विचारको शक्ति संसारमा सबैभन्भ्दा बलियो शक्ति हो । जीवनशील यथार्थमा हिंडेका मानिसहरुको कहिल्यै हार भएको छैन । भलै उनीहरु थुनिउन, कुटिउन, जेलमै सडुन वा मारिउन, उनीहरु कालान्तरसम्म भावी पुस्ताका लागि समेत आदर्श, आस्थावान र प्रेरक भएर ध्रुवतारा जस्तै चम्किरहन्छन् । ती स्पार्टाकसदेखि माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओसम्म नै किन नहुन् । सामूहिकतामा बल हुने र एक्लै दुक्लै आत्मसमर्पण गर्दा समूहमा बस्नै नसक्ने हुँदा मजदुरमा पलायन, गद्दारी र आत्मसमर्पण कम हुन्छ । किसान प्रधान देश वा समाजमा निम्न पुँजीवादी भावना बलियो हुन्छ । निम्न पुँजीवादको विशेषता महान् माओले सटिक रुपमा गर्नु भएको छ । “निम्न पुँजीपतिहरु शक्तिमा विश्वास गर्छन् । शक्ति सत्तामा हुन्छ । सत्ता बन्दुकको नालले टिकेको हुन्छ । जो सँग जति धेरै बन्दुक छ त्योसँग त्यति धेरै सत्ता हुन्छ ।” नेपालमा जवसम्म राजाको हातमा बन्दुक थियो । पञ्चहरुको नजरमा यहाँ अरु कोही थिएनन् । थिए त “सबै पञ्च नेपाली सबै नेपाली पञ्च थिए । बाँकी अरु अराष्ट्रिय तत्व थिए । जव २०४६ मा बहुदल आयो सेनाको बन्दुक निस्क्रिय भयो र सक्रिय पुलिसको बन्दुक भयो । नेपाली समाचारमा नेपाली जनताको जनसंख्या भन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेको खबर आयो । पुलिसको बन्दुक कांग्रेसको नियन्त्रणमा थियो । जब एमाले ठूलो पार्टी भयो सबै निम्न पुँजीवादी वामपन्थी ओल्लार धारको नरे पल्लाघर सरे” भन्ने नेपाली उखान झै एमालेमा गए । जब दश वर्षको जनयुद्धपछि माओवादी ठूलो र शक्तिमा आयो आधा नेपाली माओवादीमाप्रवेश गरे । २४० सिटमा माओवादी एक्लैले १२० सिट जित्यो । यो क्रम हालसम्म रोकिएको छैन, साना, कमजोर र छरिएकाहरु जता बलियो छ । पद, पैसा प्रतिष्ठाको लागि त्यतै लाग्ने गर्छन् । हरेक मानिसले आफू रहेको पार्टी छोडेर अर्को पार्टीमा जाने कामलाई विद्रोह भन्ने गर्छन् । वास्तवमा यो गलत कुरा हो । जसले विद्यमान कानुन र व्यवस्था तोडेर अगाडि बढ्छ नयाँ कानुन र व्यवस्थाको लागि त्यो विद्रोह हो । क्रान्तिकारी विचार र सिद्धान्त अपनाएको पार्टी छोडेर प्रतिक्रियावादी राज्यसत्तामा लाभको पदको लागि वडाअध्यक्षदेखि मन्त्री खान जान्छ त्यो पलायन हो । लाभको पद सुख, सुविधा छोडेर प्रतिक्रियावादी सत्ता छोडेर जो परिवर्तन र क्रान्तिको पक्षमा आउँछ त्यो विद्रोह हो ।
विद्रोहबारे माक्र्सले वडो सटिक ढंगले विश्लेषण गर्नु भएको छ । “नराम्रो चीजको विरुद्ध विद्रोह गर्नु राम्रो कुरा हो र राम्रो चीजको विरुद्ध विद्रोह गर्नु नराम्रो कुरा हो । उहाँले सरल ढंगले भनेको कुराले विद्रोह र पलायनबारे सजिलै बुझ्न सकिन्छ । आफूले अपनाएको विचार, सिद्धान्त, दर्शन राजनीतिमा जीवन पर्यन्त टिकिरहने मानिस सिद्धान्तनिष्ट हो । जब आफू रहेको पार्टीले विचार छोड्छ त्यसका विरुद्ध विद्रोह गर्नुपर्दछ । विचार सही हुँदाहुँदै सानातिना व्यवहारिक, प्राविधिक, सांगठनिक, पदमा भएको तलमाथि, लाईअन्याय भएको लागेमा र एउटै पार्टीमा बसेर जनवादी केन्द्रीयताको सिद्धान्त अनुरुप आफ्ना मत राख्ने छलफल चलाउने, नोट अफ डिसेन्ट लेख्ने गरेर बस्न सक्नुपर्छ । सर्वहारा वर्गीय अडान, निष्ठा, लगनशीलता र धैर्यताले मात्र लक्ष्य क्रमशः प्राप्त हुँदै जान्छ । निम्न पुँजीवादी अस्थिरता, अधैर्यता, अविश्वासले मानिसहरुलाई चलायमान बनाइरहन्छ । विचारको हिसावले स्थायी भाव भएका पार्टीहरु तीनवटा छन् । पश्चगामी, यथास्थितिवादी र अग्रगामी, यी तीनवटा मूल प्रवृत्तिमा रहने पार्टीहरु थुुप्रै छन् । आप्mनो प्रवृत्ति अनुसार यताउता लाग्नुलाई त्यति अस्वभाविक मानिदैन । एउटा प्रवृत्तिबाट अर्को प्रवृत्तिमा छलाङ लगाउनु भने पश्चगामीबाट यथास्थितिवादी र यथास्थितिबाट अग्रगामी धारामा छलाङ हान्नु विद्रोह हो भने अग्रगामी धारबाट यथास्थितिवादी धारामा र यथास्थितिधारबाट पश्चगामी धारामा जानु पलायन हुनु हो ।
नेपालको वर्तमान अवस्था अर्धसामन्ती, अर्धऔपनिवेशिक विशेषता सहितको नव औपनिवेशिक विशेषता भएको देश रहेको छ भन्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ठम्याई छ । नयाँ जनवादी क्रान्तिको खुट्किलो पूरा गर्दै वैज्ञानिक समाजवादमा अगाडि बढ्ने राजनैतिक कार्यदिशा अंगाल्ने पार्टीहरुबीचमा, एकता, सहकार्य, संयुक्त मोर्चा, कार्यगत एकता गर्नु नीति नेतृत्व चित्त बुझेर एक अर्को पार्टीमा जानुलाई स्वभाविक रुपमा लिनु पर्दछ । यथास्थितिवादी राजनीति संघीय लोकतान्त्रिक गणतन्त्र अपनाउने पार्टीहरुमा सत्तामा नभएको बेलामा लाभको पदको लोभमा नपरी, सिद्धान्त मिलेर जान्छन् भने त्यसलाई पनि स्वभाविक रुपमा लिनुपर्दछ । विचार सिद्धान्त दर्शन मिलेर एक अर्काको पार्टीमा जाँदा पलायन वा विद्रोहको कुरा आउँदैन । क्रान्तिकारी वा अग्रगामी धाराबाट संघीय लोकतान्त्रिक गणतन्त्र मान्ने संसदीय यथास्थितिवादी पार्टीमा जाने वर्तमान प्रतिक्रियावादी संविधान मान्ने र प्रतिक्रियावादी सत्तामा जाने व्यक्तिहरुलाई ठोकेर पलायनवादी भन्नु पर्ने हुन्छ । विचारको क्षेत्रमा अहिले एउटा बहस चलेको छ । नयाँ जनवादी खुड्किलो पूरा नगरी वैज्ञानिक समाजवादको कुरा गर्ने, अग्रगामी हुन र नयाँ जनवाद मान्ने पछि परेका, पुँजीवादी हुन् भन्ने कोणबाट पनि बहस , छलफल, आरोप प्रत्यारोप पनि चल्ने गरेको छ । वैज्ञानिक समाजवाद महान् चिज हो , यदि त्यो वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक पुरानो राज्यसत्तालाई ध्वस्त पारेर क्रान्तिमार्फत् ल्याउने हो भने । यदि क्रमिक विकासको आधारमा ‘समाजवाद उन्मुख’ संविधानलाई मानेर सरकारमा गएर क्रमशः वा बहुमत ल्याएर संसदबाटै समाजवादी क्रान्ति गर्ने कुरा हो भने त्यो सोझै खु्रश्चेभवाद, शान्तिपूर्ण संक्रमण, शान्तिपूर्ण सहअस्तित्व र शान्तिपूर्ण आर्थिक प्रतिपर्धा’ गरेर पुँजीवाद भन्दा समाजवाद श्रेष्ठ छ भनेर जनतालाई देखाउने खु्रश्चेभी तर्कभन्दा अरु केही होइन । भन्नलाई अग्रगामी भन्ने तर संसदीय सरकारमा गएर “एकपल्ट हामीलाई सरकारमा जान दिनुप¥यो हामी पूरै मिहिनेत र इमान्दारीपूर्वक ५ वर्ष जनताको सेवा गर्छौं ।” भनेर विप्लवले किस्तीमा हालेर हामीलाई सरकार बनाउन दिनुप¥यो भन्ने वैज्ञानिक समाजवाद भन्ने शब्दकै दुरुपयोग र वदनामी हुन जान्छ ।” भिक्षाले हक पाइदैन नि । कडा संघर्षको ठिक गर ।” भनेर हामीलाई केवलपुरे किसानले सिकाएकै छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टीले लामो समय लगाएर अर्थ सामाजिक अवस्थाको अध्ययन गर्दै नयाँ जनवादी क्रान्तिको खुड्किलो पूरा गरेर वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने लाइन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको लाइन हो । क्रान्तिको बेलामा त्याग, तपस्या, बलिदान गर्न डराएर कैयौं क्रान्तिकारी पलायन भएका हामी नेपाली कम्युनिस्ट आन्दोलनमा पाउँछौं । पार्टीले लामो समय लगाएर बहस छलफल गर्दै क्रान्तिकारी लाइन निर्माण गरेको छ । एकातिर यो क्रान्तिकारी लाइनमा टिकेर त्याग तपस्या बलिदान गर्दै निरन्तर अगाडि बढ्ने र विचार मिल्ने यो लाइनसँग मिल्ने क्रान्तिकारीहरुसँग एकता, सहकार्य, मोर्चा बनाउँदै अगाडि बढ्ने काम गर्नुपर्दछ । अर्कोतिर व्यक्तिगत, स्वार्थ, लाभ, कष्ट साध्य क्रान्तिको बाटोबाट डराएर थाकेर पलायन भएर यथास्थितिवादी, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थामा पलायन हुने कुरा पनि पूरै रोक्न सकिँदैन । हामीले सम्झाउने बुझाउने गर्नुपर्दछ । हाम्रो कारणले कोही पार्टी बाहिर नजाउन् भनेर कोशिस गर्नुपर्दछ । समग्र क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताले सोच्नुपर्दछ ।
पूर्व माओवादी धारका कमरेडहरुले १२ वर्ष अगाडि संघीय लोकतान्त्रिकक गणतन्त्रात्मक संसदीय व्यवस्था मान्ने प्रचण्ड, बाबुराम धाराका विरुद्ध अग्लो र ठूलो झण्डा उठाएर २०६९ असार २ गते बौद्ध भेलाबाट विद्रोहको धावा बोल्दै, १२ वर्षसम्म, रगत पसिना बगाएर निर्माण गरेको क्रान्तिकारी पार्टी, आफ्नो त्याग बलिदानले बनाउको इतिहास र क्रान्तिका डोबहरुलाई डुंगा जस्तै मेटाएर त्यही संसदवादी धारामा जानु भनेको राजनैतिक आत्महत्या ठहर्छ । यस्तो कुरा कुनै पनि क्रान्तिकारीले सोच्नु हुँदैन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित