जनसम्बन्ध विस्तार अभियानको ३८ औं दिन कुन टोलीको के कार्यक्रम सम्पन्न भयो ?

 

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा कार्यक्रम अगाडि बढाइरहेका छन् । केन्द्रबाट गठित जनसम्बन्ध विस्तार अभियानको ४ वटा टोलीको २०८२ वैशाख १० गते सम्पन्न कार्यक्रम निम्न अनुसार छन् –

टोली नं १ः

यो टोलीले दिनभरी मकवानपुर जिल्लामा २ वटा कोणसभा सम्पन्न गरेको छ । मकवानपुर जिल्ला प्रवेश गर्नु भन्दा पहिले विहान पौने ९ बजे यस टोलीलाई १२ नम्बर ब्युरोले ११ नम्बर ब्युरोलाई हस्तान्तरण गरेको थियो । १२ नम्बर ब्युरो ईन्चार्ज वीरेन्द्र कुमार यादव, ब्युरो सेक्रेटरी हरेराम पटेल,ब्युरो सदस्यहरू कर्ण बहादुर थापा र ईश्वर ढुङ्गेलले ११ नम्बर ब्युरो ईन्चार्ज चन्द्रहरी सुवेदी र मकवानपुर जिल्ला सचिव सद्दाम हुसेनलाई बारा जिल्लाको अमलेखगन्जको २ नम्बर पुलमा हस्तान्तरण गर्नु भएको हो ।

यस टोलीले मकवानपुर जिल्लाको हेटौडा बजारमा रोयल प्यालेस होटेलमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । पत्रकार भेटघाट कार्यक्रमको सन्चालन चन्द्रहरी सुवेदीले गरु भएओ थियो भने अभियानको उद्देश्य ,अभियानको स्वरूप र पार्टी कार्यदिशा ,नीति कार्यक्रम बारे टोली प्रमुख राम सिंह श्रीसले प्रष्ट पार्नु भएको थियो । पत्रकारहरूले अभियान सफलताको शुभकामना दिनु भएकोथियो ।

पहिलो कोणसभा ः
मकवानपुर जिल्लाको लोथर बजारमा कोण सभा सम्पन्न भएको छ । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिङ्ह श्रीसले सम्बोधन गर्नु भएको थियो ।

दोस्रो कोणसभा ः
मकवानपुर जिल्लाको मनोहरी बजारमा कोण सभा सम्पन्न भएको छ ।सम्वोधन पार्टी पिविएम चन्द्रहरी सुवेदीले गर्नु भयो । दुवै कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाअ मकवानपुर जिल्ला सचिव सद्दाम हुसेनले गर्नु भएको थियो ।
अभियान टोलीले अमलेखगन्ज , चुरिइमाई सुरुङ मार्ग, हेटौडा र लोथरमा भित्तेलेखन गरेको छ । बजार क्षेत्रमा पर्चा वितरण गरेकोछ ।

टोली नम्बर २

यस टोलीले दिनभरिमा दोलखा र सिन्धुपाल्चोक जिल्लामा ५ वटा कोण सभा सम्पन्न गरेकोछ ।

पहिलो कोण सभाः
दोलखा जिल्लाको शैलुङ गाउँपालिकाको भैसे बजारमा कोणसभा गरिएको छ । सभाको संचालन विद्यार्थी नेता नितम खड्काले गर्नुभएको हो । अभियानबारे दोलखा जिल्ला सचिव गोबिन्द काफ्लेले मन्तव्य राख्नुभएको हो । त्यस्तै पार्टीको नीति तथा आगामी कार्यक्रम बारे किसान नेता तथा पार्टीको केन्द्रिय सदस्य क्षेत्र बहादुर थापाले मन्तव्य राख्नु भएको हो । अभिनय सहितको साँस्कृतिक प्रस्तुति नारायण शर्माले राख्नुभएको हो ।

दोस्रो कोणसभाः
दोलखा जिल्ला शैलुङ गाउँपालिका वडा नम्बर ३,मागादेउराली बाघखोर बजारमा कोणसभा गरिएको छ । सभाको संचालन एकीकृत दलित मुक्ति मोर्चा नेपाल को कार्यलय सदस्य एवम् पार्टीको वैकल्पिक केन्द्रिय सदस्य शोभा सेन्चुरीले गर्नुभएको हो । सभाको सम्बोधन दोलखा जिल्ला इन्चार्ज पुर्णबहादुर खड्काले गर्नुभएको हो । अभियानबारे पार्टीको नीति तथा कार्यक्रमको बिस्तृत जानकारी बाबुराम सुवेदीले दिनुभएको हो । साँस्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभएको हो ।

सिन्धुपाल्चोक जिल्ला लिसङ्खुपाखर गाउँपालिका वडा नम्बर ५, मुडे बजारमा खाना । खाना पश्चात् सिन्धुपाल्चोक जिल्ला कमिटीलाई दोलखा जिल्ला कमिटीले झण्डा हस्तान्तरण सहित केन्द्रिय अभियान टोलीलाई सिन्धुपाल्चोक जिल्ला सचिव धन गोले लगायत जिल्ला कमिटीले खादा लगाएर भब्य स्वागत गरेको छ । तत पश्चात् कोणसभा गरिएको छ ।

तेस्रो कोणसभाः
कोण सभाको संचालन सिन्धुपाल्चोक जिल्ला सचिव धन गोलेले गर्नुभएको हो । सभाको सम्बोधन पार्टीको पोलिटब्युरो सदस्य एवम् १० नम्बर ब्युरो इन्चार्ज सुरेश श्रेष्ठले गर्नुभएको हो । साँस्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभएको हो ।

चौथो कोण सभा
सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका वडा नम्बर ७ खाडिचौर बजारमा कोणसभा गरिएको छ । सभाको संचालन जिल्ला सचिव धन गोलेले गर्नुभएको हो । सभाको सम्बोधन एकीकृत दलित मुक्ति मोर्चा नेपालको कार्यालय सदस्य पार्टीको वैकल्पिक केन्द्रिय सदस्य शोभा सेन्चुरीले गर्नुभएको हो । साँस्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभएको हो ।

पाँचौ कोण सभाः
सिन्धुपाल्चोकको चौतारा सागाचोकगढि नगरपालिका वडा नम्बर १० सुकुटे बजारमा कोणसभा गरिएको छ । सभाको संचालन जिल्ला सचिव धन गोलेले गर्नुभएको हो । सभाको सम्बोधन पार्टीको केन्द्रिय सदस्य नारायण शर्माले गर्नुभएको हो ।

टोली नम्बर ३
यो टोलीले तनहुँ जिल्लामा दुई वटा कोण सभा सम्पन्न गरेकोछ ।

 

पहिलो कोणसभाः
शुक्लागण्डकी नगरपालिका –८ ढोरफिर्दी पाटन बजारमा कोणसभा  सम्पन्न भयो। कोणसभालाई अभियान टोली सदस्य तथा पिबिएम शेरबहादुर देउवाले सम्वोधन गर्नु भएको थियो। राजतन्त्र नेपालको विकल्प हुन सक्दैन । राष्ट्रियता र जनतन्त्र यो अवस्थामा हुनु र नेपाली जनताको जीवनस्तर दयनिय हुनुमा पञ्चायती व्यवस्था र राजतन्त्रको ठुलो भुमिका छ भन्नु भयो। उहाँको थप जोड थियो अबको विकल्प यथास्थितिवादी पनि होईन अबको विकल्प जनगणतन्त्र हो,हामी त्यो दिशामा अगाडि बढाउनु पर्छ भन्ने थियो। सञ्चालन तनहुँ जिल्ला सचिव  नारायण लम्साल गर्नु भएको थियो। अभियान टोलीले बजार क्षेत्रमा ब्यापक प्रचा वितरण र वाल पेन्टिङ पनि गरेको छ।

दोस्रो कोणसभाः
भिमाद नगरपालिका – ६ को कुमार चोकमा कोणसभा सम्पन्न भएको छ। कोणसभालाई अभियान टोली सदस्य तथा बैकल्पिक पिबिएम जितामित्र सुनारले सम्बोधन गर्नु भएको थियो। दलहरुमा चुनाववादी मानसिकताले खायो। कुन टोल बस्तिमा बजेट बिनियोजन गर्दा मलाई भोट कति आउछ भन्ने उनीहरूको मानसिकता बन्यो। आवस्यकता अनुसार विकास बजेट र सामाजिक विकासमा उनीहरुको ध्यान गएन। चुनाव देखी चुनाव मात्र देख्ने नेताहरुले अरु देख्न न सक्दा देशलाई कङ्गाल बनाएका हुन। अब नेपाली जनताले आलोचनात्मक चेतले सोच्नु पर्ने भयो भन्नु भयो। कोणसभालाई कास्की जिल्ला सचिव कमरेड नारायण लम्सालले सञ्चालन गर्नु भएको थियो। बजार क्षेत्रमा ब्यापक प्रचा वितरण पनि गरिएको थियो।

अभियान टोलीले भिमाद नगरपालिका को नगर कार्यपालिकाको कार्यलय,भिमाद तनहुँमा पुगेको थियो। नगर प्रमुख दधिराज सुवेदी र प्रमुख प्रशासकीय अधिकृत कमल प्रशाद पुन लगायत शाखा प्रमुखहरु संग अन्तर क्रियात्मक छलफल सम्पन्न गरेको छ। अभियान टोली प्रमुख तथा स्थाई समिति सदस्य  कृष्णराज पौडेलले विषय वस्तु राख्नु भएको थियो। अभियान टोली सदस्यहरूले नीति तथा कार्यक्रम, बजेट, सामाजिक विकास, पुर्वाधार विकास, नगरपालिकाको बेरुजु लगायत विषयमा छलफल गरेको थियो। नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले उठेका विषयमा प्रस्ट पार्ने कोशिश गर्नुभएको थियो। थप समयमा कृष्णराज पौडेलले उठेका विषयमा प्रस्ट पार्नु भएको थियो।

अभियान टोलीले ढोरबाराही जाने बाटोमा, बोक्सानको उकालोमा, भिमाद नगरपालिका (२ टेक्रे बजारमा वाल पेन्टिङ गर्नुका साथै प्रचार वितरण पनि गरेको थियो । भिमाद नगरपालिका को बोर्डर भन्ज्याङ अभियान टोली बास बसेको थियो।

टोली नम्बर ४

यो अभियान टोलीले वैशाख १० गते नवलपुर जिल्लामा ५ वटा कोण सभा स्म्पन्न गरेकोछ ।

पहिलो कोण सभाः
नवलपुर जिल्लाको देवचुली नगरपालिकाको रजहर बजारमा कोणसभा कार्यक्रम सम्पन्न भएकोछ । कोण सभाको संचालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सदस्य दिनेश थापा ले र सम्बोधन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य नवीन खडकाले गर्नु भएको थियो ।

दोस्रो कोण सभा ः
नवलपुरको गैंडाकोट नगरपालिकाको अमरापुरी १६ नं.चोक बजारमा कोणसभा कार्यक्रम सम्पन्न। भएको छ । सो कोण सभालाई पनि दिनेश थापा ले नै सन्चालन गर्नु भय र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा ११ नम्बर ब्युरो सचिव अशोक लम्सालले सम्बोधन गर्नु भएको थियो ।

तेस्रो कोण सभाः
नवापुर जिल्लाको गैंडाकोट नगरपालिका भेडामारे बजारमा कोणसभा सम्पन्न भयो ।
दिनेश थापाले सन्चालन गर्नु भयो ।
युवराज न्यौपाने अक्कल ,केन्द्रीय सल्लाहकार समिति सदस्य, ले कोण सभालाई सम्बोधन गर्नु भएको थियो ।

चौथो कोण सभाः
कालिकाचोक बजारमा कोणसभा कार्यक्रम सम्पन्न।
संचालन दिनेश थापा र सम्बोधन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य धनेस्वर पोख्रेलले गर्नु भएकोथियो ।

पाँचौ कोण सभा ः
गैंडाकोट नगरपालिकाको भिकुटी चोक बजारमा कोणसभा कार्यक्रम सम्पन्नभयो ।
संचालन दिनेश थापा ,केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज , ले गर्नु भएकोथियो र
सम्बोधन हेमन्त प्रकाश ओली सुदर्शन ,पार्टीको स्थायी समिति सदस्य तथा अभियान टोली प्रमुखले गर्नु भएकोथियो । अभियान टोलीले कार्यक्रम स्थलमा व्यापक पर्चा बितरण गरेकोछ ।तीन जना सहिद परिवार लाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपाका जिल्ला इन्चार्ज पदम केसी लगायत विभिन्न राजनीतिक दलका ब्यक्तित्वहरुसँग भेटघाट तथा छलफल गरेको छ। अभियान टोली आजै नवलपुर जिल्लाबाट बिदाइ भइ चितवन जिल्ला प्रस्थान गरेको छ ।

 

 

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित