काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्ता गठबन्धनका संयोजक एवं नेकपा (एमाले) का अध्यक्ष केपि शर्मा ओलीले दरिलो जबाफ दिएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै पुर्व राजा ज्ञानेन्द्रले राजनैतिक दलहरूसँग सहकार्यको प्रस्ताव राखेका थिए । ज्ञानेन्द्रलाई जबाफ दिदै ओलीले उक्त प्रस्तावलाई ढृढतापुर्वक अस्विकार गरेका छन् ।
‘कोसँग केसँग सहकार्य ? ज्ञानेन्द्रजी राजनीतिमा हिँडिरहनु भएको छ, अस्ति दियो बाल्नु भयो क्यारे मेचीमा गएर, भएकै छ त ।’ विराटनगरमा पत्रकारसित कुरा गर्दै ओलीले भनेका छन् – ‘२४० वर्षभन्दा बढी उहाँहरूले नै चलाएको होइन, उहाँहरूले देश कहाँ पुर्याउनुभएको थियो ? अहिले त १५ वर्ष न भयो जनताले हातमा लिएको, २५० वर्ष त खाएको छैन नि ।’ ओलीले ज्ञानेन्द्र शाहलाई आफ्नो वरिपरि २–४ जना मानिस देख्ने बित्तिकै पुरानै आफ्नो सासनकालको झल्को आउने गरेको र बोल्ने गरेको बताए । ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ, अझै पनि त्यो पुरानो झल्को उहाँलाई आइराख्छ, २–४ जना मान्छे वरिपरि देख्यो भने त्यो झल्कोले जोस्याउँछ ।’
ज्ञानेन्द्रको सपरिवारलाई सहभागी गराएर मेची पुलबाट देशब्यापी अभियानको सुरुवात गरेका आफ्नै पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाइँलाई कारबाहीबारे भने ओलीले मौनता साधे ।