काठमाडौं । वामपन्थी नेता नारायण शर्माको संयोजकत्वमा राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको गठन भएको छ ।
चैत्र २३ गते नेकपा (मशाल) सहित विभिन्न कम्युनिस्ट पार्टी, समूह, व्यक्तित्वको संयुक्त भेला नेकपा (मशाल) को केन्द्रीय सम्पर्क कार्यालय बागबजारमा सम्पन्न भई सो मोर्चा गठन भएको हो ।
मशालका पि.वि.एम. चिन्तामणि पौडेलले बताए अनुसार राष्ट्रियता, जनतन्त्र, जनजीविकाका विषयलाई लिएर संघर्षका कार्यक्रमलाई अगाडि बढाइने छ । यसको अवधारणापत्र बनाइ सांगठनिक स्वरुपलाई पूर्णता दिने र विस्तार गर्ने बताइएको छ । मशाल सहित नेकपा (रातो तारा), नेकपा (माक्र्सवादी पुष्पलाल), लोकनारायण सुवेदीले नेतृत्व गरेको नेकपा, कम्युनिस्ट लिग, माक्र्सवादी एकता अभियान, राष्ट्रिय सरोकार मञ्च र वामपन्थी व्यक्तित्वहरुको सो मोर्चामा आबद्धता रहेको छ ।