राष्ट्रिय मुक्ति आन्दोलनका लागि एक बनौं

मेघराज भट्टराई

आज देशका सम्पूर्ण राजनीतिक पार्टीले भन्ने गर्दछन् । यो देशलाई आत्मनिर्भर बनाएको खै राजतन्त्रले ? तर त्यसो भनी रहँदा तपाईहरुले ३२ वर्ष तपाईहरुको भूमिका के ? तपाईहरु ४५वटा ठूला राष्ट्रिय गौरवका उद्योग कहाँ गए ? तपाईहरुबाट एउटा कुन उद्योग खोल्नु भयो ? तपाईहरुको सरकारले गरेको एउटा राम्रो उल्लेखनीय काम के ? यो विषयमा कांग्रेसको आलोचना गर्न तिर म जाँदैन किनकि कांग्रेस कहिलै देश र जनताको लागि काम गरेन उसको मुद्दा पनि जनताको राष्ट्रियताको लागि थिएन । तर आफुलाई कथित कम्युनिस्ट क्रान्तिकारी भनाउँदाहरुले कसम खाएर यो देश र जनताको लागि काम गर्ने छौ भनेर किरिया खाएर बनेका पार्टी संगठन थिए । तर आज कांग्रेस भन्दा पनि माथि गएर राष्ट्रघात गर्न एकनम्बर भए । एमाले माओवादी केन्द्र नेकपा समाजवादी आदि आएको देख्दा देशमा ठुला–ठुला राष्ट्रघात भए । महाकाली सन्धी गर्दा केपी ओली जति दोशी छन् त्यो भन्दा ठूलो दोशी माधव कुमार नेपाल हुन । किनकि त्यो बेला एमालेको महासचिव माधव कुमार नेपाल नै हुन । अरुण तेस्रो विश्व बैंकबाट रिन सहयोगबाट विद्युुत उत्पादन गर्न रोकेर भारतीय कम्पनीलाई सुम्पने काम एमाले सरकार कै महत्वपूर्ण भूमिका रहयो । यसमा प्रचण्डको भूमिका कम छैन । नागरिक विधेयक जस्तो राष्ट्रघाती सम्झौता गर्दा राष्ट्रिय जनमोर्चाले सम्म चुकेको कुरा हामीले भन्नै पर्छ । जसको आधारमा भारतीय नागरिक चीनका नागरिकले नेपाली नागरिकता लिना सफल भए । भलै चीनका नागरिक थोरै होलान चीन भन्नाले तिब्बतीयन नागरिकलाई भनेको हुँ । यसैगरी राष्ट्रघाती एमसीसी सम्झौता गर्नमा हामीले लेख्न भन्न पर्ने कुरा हो प्रचण्ड ओली माकुने बाबुराम चित्रबहादुर सबै दोशी छन् । कांग्रेसलाई भनी रहनु पर्दैन ।आज जनतामा यिनी कम्युनिस्ट भनाउँदाहरु प्रति जनताको मत लिने हो भने आक्रोश सिवाय केही छैन । उनीहरुका झोले बाहेक तिमीहरुको पक्षमा कोही छैन । किनकि तिमीहरुले राष्ट्रियता बलियो बनाउन कुनै काम गरेनौ विदेशिको ईशारामा उसैको पैसाले यहाँ चुनाव जित्यांै ।

नेपालीलाई हातहातमा राहधानी थमाउने र विदेश धपाउने भन्दा अरु केही गरेनौ । देशका होनहार युवालाई पहिले मरायौ । जनयुद्धको नाममा कति मरे ? हामीले भुलेकै हौ त ? आफु दिल्लीको तारे होटेलमा बसेर जनतालाई उल्लु बनाउँदै शुरुङ युद्धको संखनाद गर्ने प्रचण्डले राष्ट्रघाती १२ बँुदे सम्झौता गर्दा अनमिनलाई किन भित्र्यायो ? त्यो साम्राज्यवादी शक्तिको संस्थानले के नेपाल र नेपालीको पक्षमा काम गथ्र्यो ? आज हामीलाई जातजाति भाषाभाषी धर्म संस्कृति क्षेत्रमा बिभाजित गरेर अनमिन फर्कियो । यहाँको कति ठूलो रकम बिदेशियो ? यहाँका उद्योग कांग्रेसले बेचेको हो तर बचेँका केही उद्योग द्वन्द्वको कारण बन्द भएको थियो । द्वन्द्व आजका गठबन्धनका साथीहरुले सिर्जना गराएका थिए । तर यो हाम्रो दुर्भाग्य नै भन्नु पर्छ तिनै बर्गसत्रु एकै ठाउँमा बसेर राज्य संचालन गर्दैछन् । राज्य संचालन मात्र गरिरहेका छैनन कि राष्ट्रिय स्वाधीनताको सौदावाजी मात्र गरेका छन् । यसको मुख्य दोशी एमाले हो । संसदमा जब एमसीसी अनुमोदन हुँदै थियो उसको भूमिका सभामुख र १४ जना सांसदको विरुद्धमा नै केन्द्रित थियो । यदि एमालेले विपक्षमा मतदान गर्ने विरोध गर्ने वातावरण बनाएको भए कांग्रेस कै पनि देशभक्त केही सांसदले नेकपा समाजवादीका सांसद माओवादी केन्द्रका सांसद राष्ट्रिय जनमोर्चाकी सांसद नेमकिपाका सांसदले विपक्षमा मतदान गर्ने निश्चित थियो । तर एमालेले खाली राष्ट्रियता भन्दा ठूलो आफ्नो घमण्ड मात्र देख्यो । माओवादी केन्द्रले तिनै माकुने सभासदको पद र आफ्नो सत्ता बचाउन नै प्रमुख ठान्यो । माकुनेले पनि आफ्नो पद सरकार सत्ता प्रमुख थियो । त्यसैले एमसीसीलाई व्याख्यात्मकको जामा लगाएर कार्यकर्तालाई उल्लु बनाएर अनुमोदन ग¥यो । अर्को गठबन्धनको घटक राष्ट्रिय जनमोर्चाले यत्ति ठूलो राष्ट्रघात हुँदासम्म सरकारलाई दिएको समर्थन फिर्ता गर्दै गठबन्धनबाट तत्काल बहिरिने आँट गरेन । यो भन्दा ठूलो अवसरवाद के हुन्छ ? जब एमसीसी अनुमोदन भैसक्यो अनि गठबन्धनबाट बाहिरिएको नाटक मन्चन ग¥यो । केपी ओलीले संसद विघटन गरेको अर्को दिन बल्ल सरकारलाई दिएको समर्थन फिर्ता ग¥यो । के केपी ओलीले एका एक संसद विघटन गरेको थियो ? ठुला ठुला भ्रष्टाचार केपी ओलीको पालामा नभएका होइनन ? तर क्रान्तिकारी पार्टीलाई के ले विरोध गर्न रोक्यो ? आज हामीलाई जनताले गाली गर्छन् किन ? हामीले राजालाई गाली गरेर विकास विरोधी भनेर प्रजातन्त्रको विरोधी भनेर भन्दैमा देशको बस्तुगत अवस्थाको मुल्याङ्कन गरेको खै ?भारतीय सुरक्षा चेक पोस्ट उत्तरी नाकामा कति थिए ? अध्ययन नै नगरी महेन्द्रलाई गाली गर्नेहरु हो यो देशको राष्ट्रिय सुरक्षा नीति असंलग्न परराष्ट्र नीति नेपाललाई शान्तिक्षेत्र घोषणाको नीति नेपालको भौतिक बिकासको खाका र राष्ट्रिय गौरवका उद्योग मुद्रा नीति शिक्षा नीतिलाई बर्बाद पार्ने काम को बाट भएको हो ?बहुदलीय ब्यबस्थाको आगमनको समय हाम्रो बैदेशिक रिन कति थियो ? त्यो समय कति नेपाली बैदेशिक रोजगारीमा थिए ? नेपालले कति प्रतिशत सामान आयात गथ्र्यो ? ब्यापार घाटा कति थियो ? सरकारी संस्थान कति बलिया थिए ? बिदेशीले हामीलाई हेर्ने दृष्टिकोण कस्तो थियो ? हामीलाई बिदेशी सहयोग नचाहिने होइन । तर समानताको सिद्धान्तको आधारमा हुनु प¥यो ।

राष्ट्रिय सार्वभौमिकता राष्ट्रिय स्वार्थ राष्ट्रिय सुरक्षा नीति बिकासको मोडेल हाम्रो आफ्नै हुनु पर्छ । प्रतिगमनको खतरा भनेर नथाक्ने नाथेहरु हो त्यो कहिलै रोकिदैंन । जबसम्म हामीले आफ्नो राष्ट्रको लागि आफ्नै साधनश्रोतको प्रयोग गर्दैनौ हामी आत्मनिर्भर बन्न सक्दैनौ । तर बिडम्बना आज बैदेशिक रिनले हामी थिचिएका छौं । ब्यापार घाटा देशले थेग्न नसक्ने अवस्थामा छ तर यहाँका बिदेशिका कुकुरहरुले भन्दैछन नेपाली अमेरिका युरोप अस्ट्रेलिया पलायन भए यसको रोकथाम गर्न हामी धनी हुनु पर्छ भन्छन् । यसैको लागि भिख मागेर बिकास गर्नु पर्छ पो भन्दैछन । ६००० प्रति व्यक्ति ऋणबाट आज ७०००० पु¥याए के को बिकास गरे कति युवालाई बाहिरिनबाट रोके । ७ हजार नेपाली बैदेशिक रोजगारीमा थिए ३२ वर्षमा आइपुग्दा १ करोड भए कुन रोजगारी दिए ? अझै हामीलाई भ्रमित पार्दै छन् । विदेशीको पैसा त ल्याएर ऋणको भारी बोकाए बोकाए यहाँ राष्ट्रिय धुकुटी नै समाप्त पारे । नेपाल राष्ट्र बैंकको गवर्नरले सार्वजनिक संचार माध्यममा बोलेका छन् । अब नेपालमा मौजुदा रकम ६ महिनाको लागि पनि छैन । मूल्यबृद्धिको कुरा गरौ भने भनी साध्य छैन । बिदेशिएका नेपालीले पठाउने पैसा पनि गुप्तमुद्रामा राख्न सुरु गरे । त्यो पनि ह्वात्तै घटेर नेपाललाई आर्थिक रुपले टाट पल्ट्याउने काम यहाँका कथित पढेलेखेका राजनीतिककर्मीहरुबाट भएको देख्दा यहाँ युद्धको अवस्था नजिकिंदै छ भन्न कसैले रोक्न सक्दैन । बिजुली बेचेर धनी हुन्छौ भन्ने झुठ कुरालाई हामीले मान्नै पर्ने ? बिजुली बेच्ने कुरा त परको कुरा हो बिजुली हामीले पाउन सकिरहेका छैनौ । बिहान ७ बजे गएको बत्ति अहिले ५बजेसम्म आएको छैन । हिजो १८ घण्टाको लोडसेडिङ हटाउने कुलमान घिसिङले आज राष्ट्रघात हुँदा चुप छन किन होला ? अब देश अस्तब्यस्त बनाउने यिनै कांग्रेस, एमाले, माओवादी कथित मधेश केन्द्रित दलहरुलाई यो चुनावमा किनारा लगाउ । राष्ट्रिय मुक्तिको आन्दोलनको लागि राष्ट्रभक्त देशभक्त नागरिक एक बनांै ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित