– विमल शर्मा
समाजमा श्रमको विभाजनपछि वर्गहरू बांडिए । आजको समाज समग्रमा पुँजीवादी समाज हो । यसले साम्राजवादी रूपलिँदै गएको छ । यसको अन्त्य साम्यवादमा पुगेर हुन्छ । साम्यवादमा नपुग्दासम्म वर्गसङ्घर्ष चलिरहन्छ । वर्गहरू दुईटा हुन्छन्, एक–उत्पादन साधनका मालिक वर्ग, दुई–उत्पादनका साधनबाट बञ्चित मेहनतकश श्रमजीवि वर्ग । मालिक वर्गले श्रमजीवि वर्गको शोषण गरेर विलासी जीवन बिताउँछ भने श्रमजीवि वर्ग उत्पादनका साधनबाट बञ्चित भएकोले श्रम बेच्न बाध्य हुन्छ । वर्गीय समाजमा दुईटा मुख्य वर्ग यिनै हुन् । वर्गीय समाजमा दुईवटा वर्गहुने भएकोले कुनैपनि देशको राज्य संचालन पनि वर्गीय आधारमा भएको हुन्छ । त्यसको निर्धारण वर्गीय राजनीतिले गर्दछ । त्यसकारण राज्यसत्ता कुन वर्गको छ त्यसै अनुसारका नियम र कानुन बनेका हुन्छन् ।
हाम्रो देशको राज्य संचालन सामन्त, दलाल नोकरशाही पुँजीपति वर्गले गरिरहेको छ । यसले बनाउने नियम, कानुन, विधि विधान सामन्त, दलाल नोकरशाही पुँजीपति वर्गलाई संरक्षण गर्नका लागि बनाइन्छ । कुनै समयमा श्रमजिवि वर्गले सङ्घर्षको विकास गर्दै गयो भने उनीहरूलाई पनि सुविधा दिएजस्तो देखाउन केही नियम, कानुनमा परिवर्तन गरेजस्तो गरेर व्याख्या गर्ने गरिन्छ । ती सबै काम वास्तवमा उनीहरूको सत्तालाई नै बलियो बनाउने उद्देश्यले गरिएको हुन्छ । नेपालमा लामो समयदेखि सत्ता सञ्चालन गरिरहेको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त २०६२–६३ सालको जनआन्दोलनबाट भयो । देशमा गणतन्त्रको स्थापना भयो । गणतन्त्रको स्थापना भएको पनि करिब १५ वर्षको समय बितिसकेको छ । आन्दोलनको बलमा राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त भएपनि त्यसको ठाउँ कुनै क्रान्तिकारी शक्तिले पूर्ति गर्न सकेन । देशको राज्यसत्ता अहिले पनि सामन्त, दलाल नोकरशाही पुँजीपति वर्ग, विस्तारवादी तथा साम्राज्यवादी शक्तिहरूको इसारामा चल्ने शक्तिहरूको हातमा नै छ । यसबाट देशमा मजदुर, किसान, शोषित, पीडित वर्गको हितको संरक्षण हुन सक्दैन ।
देशको सत्ता तथा सरकार संचालकहरूले जनताको हितमा नभएर दलाल नोकरशाही पुँजीपति वर्ग तथा साम्राज्यवादी शक्तिहरूको हितलाई केन्द्रमा राखेर काम गरिरहेका छन् । बहुसङ्ख्यक जनता तथा शोषित, उत्पीडित जनताको वास्तविक सत्ता ल्याउनका लागि नयाँ जनवादी क्रान्तिको आवश्यकता हुन्छ । त्यसका लागि प्रचारप्रसार गर्ने, योजना तर्जुमा गर्ने, दीर्घकालिन उद्देश्य प्राप्तिका लागि योजना बनाउने, सामन्त, दलाल, नोकरशाही पुँजीपति वर्गका विरुद्ध सङ्गठित क्रान्तिकारी सङ्घर्ष केन्द्रीत गर्दै गएपछि र सत्ताप्राप्त भएपछि मात्र आप्mना ती उद्देश्यहरू प्राप्त गर्न सकिन्छ । आप्mना दीर्घकालिन उद्देश्यहरूलाई छाडेर सामन्त, दलाल नोकरशाही पुँजीपति वर्गसित समन्वयको बाटो अपनाएर आप्mना मूल उद्देश्यहरूलाई तिलाञ्जली दिने नीति अपनाइयो भने त्यसले कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्नेछ ।
नेपालका अधिकांश आफूलाई कम्युनिस्ट बताउने पार्टीहरूले सामन्त, दलाल, नोकरशाही पुँजीपति वर्ग तथा साम्राज्यवादका दलालहरूसित वर्ग समन्वयको बाटो अपनाउँदै नयाँ जनवादी क्रान्ति, समाजवाद, साम्यवादका नीतिलाई तिलाञ्जली दिँदै गइरहेका छन् । आफूलाई सच्चा कम्युनिस्ट बताउने ने.क.पा. (मसाल)ले पनि विगत केही समयदेखि वर्गसङ्घर्षको बाटोलाई छाडेर वर्गसमन्वयको बाटो अपनाउँदै गइरहेको छ । पार्टीले सामन्त र दलाल नोकरशाही पुँजीपति वर्गको पार्टी तथा नयाँ जनवादी क्रान्तिको दुश्मनशक्ति भनेर किटान गरिएका नेपाली काङ्ग्रेस, मधेशवादी दलहरूको वर्गीय धरातल मजबुत बनाउन, चुनावी तालमेलमा पनि केही पदहरू वाँडफाड गर्ने नीति अपनाएको छ । वर्गीय संघर्ष केन्द्रिय स्तरमा मात्र होइन स्थानीय स्तरमा समेत पेचिलो हुन्छ । त्यसलाई मसालले नजरअन्दाज गर्दै तलदेखि माथिसम्म वर्गसमन्वयको बाटो अपनाएको छ ।
२०४६ सालको जनआन्दोलनपछि लामो समयसम्म सरकारको संचालन नेपाली काङ्ग्रेसले गरेको छ । नेकाले सामन्त, दलाल र नोकरशाही पुँजिपति वर्ग तथा विस्तारवादी तथा साम्राज्यवादी शक्तिहरूको संरक्षण गर्ने नीति अपनाउने गर्दछ । नेका देशभक्त तथा जनतान्त्रिक शक्ति नभएर नयाँ जनवादी क्रान्तिको दुश्मन शक्ति हो । लामो समय सरकार सञ्चालन गर्दा नेकाले भारतीय विस्तारवादसँग कैयौँ असमान सन्धि ग¥यो । देशका उद्योग, व्यापारमा विदेशी नियन्त्रण कायम गर्नका लागि छुट दियो । देशका महत्वपूर्ण जलसम्पदा भारतलाई सुम्पने कार्य ग¥यो । भौतिक तथा बौद्धिक सम्पत्तिलाई साम्राज्यवादी शक्तिहरूलाई सुम्पने काम ग¥यो । राज्यको सम्पत्तिलाई निजिकरण गर्ने काम ग¥यो । अहिलेको सरकार संचालन गरिरहेका शेरबहादुर देउवाले संसद विघटन गरेर राजालाई बुझाउने काम गरे । देउवाको नेतृत्व कालमा नै कैयौँ राष्ट्रघाती सन्धिहरू भए । जनतान्त्रीक आन्दोलनका पक्षधरलाई दवाउन, काँग्रेसी राज्य आतंक मच्चाएर झुट्ठा मुद्दालगाउने र जिउँदै आगो लगाउने काम समेत गर्यो । जुन शक्तिले देश तथा जनतासित यति धेरै घात, अन्तरघात गरिरहेको छ, त्यही शक्तिसँग मिलेर केही लाभ प्राप्त गर्नका लागि कैयौं स्थानहरुमा उसैको चुनाव चिन्ह लिएर चुनावी तालमेल गर्नुले कम्युनिस्ट आन्दोलन नयाँ जनवादी क्रान्तिलाई धोका दिने काम भएको छ ।
पछिल्ला घटनाक्रमहरूले मसाल दक्षिणपन्थी राजनीतिको दलदलबाट उम्कनै नसक्ने गरी झन् भन्दा झन् फँस्दै गइरहेको तथ्यहरूले प्रमाणित गर्दछन् । हामीले पहिलेदेखि मसाल र नेतृत्वको त्यस प्रकारको गलत राजनीतिबारे सचेत गराउँदै त्यसका विरुद्ध सङ्घर्ष गर्दै आइरहेका थियौँ र छौँ । हामीले गरेको संघर्ष अहिलेका घटनाक्रमहरूले सही सावित गरेको छ । पछिल्लो घटनाक्रमहरूको सूक्ष्म प्रकारले विश्लेषण गर्ने हो भने ने.क.पा. (मसाल) वर्गसङ्घर्षको बाटो छाडेर वर्गसमन्वयको बाटोलाई तिव्रता दिइरहेको छ ।
ने.क.पा. (मसाल)को आठौँ महाधिवेशनले मधेशवादी सङ्गठनहरूबारे यसरी व्याख्या गरेको छ “मधेशवादीहरूको गठन नेपालमा भारतीय साम्राज्यवादी उद्देश्य पूरा गर्न नै भएको हो । उनीहरूले सर्वप्रथम तराईलाई नेपालबाट पृथक गराउन चाहन्छन् । त्यसरी उनीहरूको मुख्य उद्देश्य राष्ट्रिय विखण्डन हो । तराईका मधेशी, थारू, मुस्लिम, आदिवासी, अल्पसङ्ख्यक आदिको सेवा गर्नु नै आप्mनो उद्देश्य बताउँछन् । तर उनीहरूको मुख्य उद्देश्य भारतीय साम्राज्यवादको सेवा गर्नु हो ।….मधेशवादी सङ्गठनहरू भारतीय साम्राज्यवादी स्वार्थहरू पूरा गर्न क्रियाशील मुट्ठीभर तत्वहरू हुन् ।” मधेशवादी सङ्गठनहरू देशका लागि यति घातक र विखण्डनकारी भएको व्याख्या गरिसकेपछि फेरि तिनै सङ्गठनसित कैयौँ स्थानहरूमा सामूहिक रूपमा मात्र होइन एकल रूपमा पनि चुनावी तालमेल गरिएको छ । चुनावी तालमेल गर्दा मधेशवादी सङ्गठनको नै चुनाव चिन्हबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरू चुनाव लडिरहेका छन् । नेपाललाई टुक्राउने मूल उद्देश्य बोकेका सङ्गठनहरूसित चुनावी तालमेल मात्र गरिएको छैन उनीहरूकै चुनाव चिन्ह लिएर चुनावमा भाग लिंदा विस्तारवादी तथा साम्राज्यवादी शक्तिहरूको सेवा हुने कुरा कसैबाट लुक्न सक्दैन । देशलाई विखण्डन गर्ने शक्तिहरूसित चुनावी तालमेल गरेर वर्गसङ्घर्षलाई तिलाञ्जली दिँदै विस्तारवादी तथा साम्राज्यवादी शक्तिको नै सेवा गर्ने काम गरिएको छ ।
२०७९ जेष्ठ ३० गते स्थानीय चुनाव सम्पन्न हुँदैछ । त्यो चुनावमा नेकपा (एमाले)का विरुद्ध नेपाली काङ्ग्रेसको नेतृत्वमा माओवादी, एकीकृत समाजवादी, मधेशवादी तथा राष्ट्रिय जनमोर्चाको गठबन्धन बनेको छ । ती पाँचवटै पार्टीहरूको वर्गीय चरित्र बेग्लाबेग्लै छ । राष्ट्रिय जनमोर्चालाई छाडेर अन्य चारवटै दलले अमेरिकी साम्राज्यवादद्वारा ल्याइएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई स्वीकार गर्दछन् । देशका लागि राष्ट्रघाती एमसीसी सम्झौतालाई संसदद्वारा पारित गराउन गठबन्धनका चारवटा दलहरूको नै भूमिका रहेको छ । नेपाललाई अमेरिकी क्याम्पमा लैजाने, देशको जलसम्पदा सहित नेपाललाई अघोषित गुलाम बनाउने जस्तो राष्ट्रघाती सम्झौता संसदद्वारा पारित गराउने सङ्गठनहरूसित मिलेर नै ने.क.पा. (मसाल)को बैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरिरहेको छ । प्रतिक्रियावादी शक्तिको स्थायी चुनाव चिन्ह प्रयोग गरेर चुनावमा भाग लिने काम गरिएको छ । राष्ट्रिय जनमोर्चा सहितका गठबन्धनका दलहरूले कुनै पनि देशभक्त, वामपन्थी वा प्रगतिशील शक्तिसित पनि तालमेल गर्न नपाइने नीति बनाएका छन् । यस प्रकारको नीतिले कसको सेवा गर्दछ ? यो गठबन्धन प्रतिगमनका विरुद्ध अग्रगमनका लागि भनेर भनिएको भएपनि देशभक्त, वामपन्थी वा प्रगतिशील शक्तिहरूसित समेत तालमेल नगर्ने दुश्मन, प्रतिक्रियावादी, विस्तारवादी तथा साम्राज्यवादी शक्तिहरुसित तालमेलको नीतिले कसलाई फाइदा पुग्दछ ? गठबन्धनमा रहेका दलहरूको चरित्र तथा भर्खरै संसदबाट एमसीसी जस्तो घातक सम्झौतालाई पारित गराउने दलहरू बिचको चुनावी गठजोडले देशलाई अग्रगमनमा होइन विदेशी तथा साम्राज्यवादी शक्तिहरूको चङ्गुलमा सुम्पने नै बढी सम्भावना छ ।
नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओलीले संसदलाई दुईदुईपल्ट विघटन गरे । उनले आप्mनो दलभित्रको विवाद मिलाउन नसकेका कारणले संसदलाई विघटन गर्नु असंवैधानिक, अप्रजातान्त्रिक र गलत छ । उनको त्यो गलत कदमको सबैतिरबाट विरोध भइरहेको छ । मसालको २०७७ पौष ६ गतेको बैठकले “ओली सरकारले संसदलाई विघटन गर्न गरेको अप्रजातान्त्रिक, असंवैधानिक र अधिनायकवादी कदमको कडा शब्दमा विरोध र भत्र्सना गर्दछ” भनेर वक्तव्य निकालेको छ । त्यो वक्तव्यमा ओलीको त्यो कदमलाई “प्रतिगमन” भनिएको छैन । पछि जब अन्य दलहरूसित गठबन्धन बन्यो ओलीको कदमलाई प्रतिगमन भन्न थालियो । ने.क.पा. (मसाल) केन्द्रीय समन्वय समितिले सुरुदेखि नै ओलीको त्यो कदमलाई अप्रजातान्त्रि, असंवैधानिक तथा गलत बताएको थियो । ओलीको त्यो कदमलाई समन्वय समितिले कहिल्यै समर्थन गरिएको छैन । तर मसाल नेतृत्वले मनोगतवादी आक्षेप लगाउँदै ओलीको त्यो कदमलाई समर्थन गरेको भन्दै मसाल केन्द्रीय समन्वय समितिलाई “प्रतिगमन उन्मुख”को आरोप लगाउँदै आइरहेको छ । उसले आफ्नो छद्म तथा दक्षिणपन्थी राजनीतिलाई ढाकछोप गर्न विभिन्न आक्षेपहरु लगाउ्रँदैमा त्यो सही हुने पनि होइन र हुँदैन पनि ।
ने.क.पा. (मसाल)को २०७६ जेष्ठमा सम्पन्न आठौँ महाधिवेशनको बहुमतले “एमाले र माओवादी केन्द्र वा अहिलेको नेकपा (नेकपा), क्रान्तिकारी माओवादी, नेकपा (विप्लब), नेपाल मजदुर किसान पार्टी, माले आदि निम्न पुँजीपनिवर्गका राजनैतिक सङ्गठनहुन् । त्यसैले उनीहरू देशभक्त, जनतान्त्रिक, वामपन्थी शक्तिहरू तथा हाम्रा मित्र शक्तिहरू हुन्” भनेर व्याख्या गरेको छ । एमालेलाई सातौँ महाधिवेशनले “दक्षिणपन्थी अवसरवादी दल” भनेको थियो । आठौँ महाधिवेशनको बहुमतले त्यसलाई बदलेर “वामपन्थी” समूहमा राखेको छ । दस्तावेजमा एमालेलाई वामपन्थी शक्ति मानिएको छ भने व्यवहारमा प्रतिगमनकारी शक्ति अर्थात् राजावादी शक्तिहरूको श्रेणीमा राखेर शत्रुतापूर्ण व्यवहार गरिएको छ । नयाँ जनवादी क्रान्तिका दुश्मन शक्तिसित मित्रवत दृष्टिकोण र व्यवहार अपनाएको छ भने प्रतिक्रियावादी, दुश्मन, विस्तारवादी तथा साम्राज्यवादी शक्तिहरूको विरोध गर्ने (यद्दपि कतिपय अवस्थामा ढुलमुल तटस्थ रहने) देशभक्त तथा वामपन्थी शक्तिहरूलाई विभिन्न शत्रुतापूर्ण व्यवहार गर्दै निराधार आक्षेप लगाउने काम मसाल नेतृत्वबाट गरिएको छ । यसले उ (मसाल) दक्षिणपन्थी राजनीतिक दलदलमा कति धेरै डुब्दै गइरहेको छ बारम्बारका धेरै तथ्यहरूले प्रमाणित गर्दै गइरहेका छन् । उसको त्यस प्रकारको गलत राजनीतिका कारणले नै वर्गीय रूपमा दुश्मन शक्तिहरूलाई सहयोग पु¥याउने र मित्र शक्तिबाट टाढा हुने नीति अपनाएको छ । यी तथ्यहरूले पनि मसालको राजनीतिले कसरी दक्षिणपन्थी दिशा अनुसरण गर्दै र बलियो बनाउँदै गइरहेको छ त्यसलाई छर्लङ्ग पार्दछ । पछिल्ला घटनाक्रमहरूले मसाल दक्षिणपन्थी राजनीतिको दलदलबाट उम्कनै नसक्ने गरी झन् भन्दा झन् फँस्दै गइरहेको तथ्यहरूले प्रमाणित गर्दछन् । हामीले पहिलेदेखि मसाल र नेतृत्वको त्यस प्रकारको गलत राजनीतिबारे सचेत गराउँदै त्यसका विरुद्ध सङ्घर्ष गर्दै आइरहेका थियौँ र छौँ । हामीले गरेको संघर्ष अहिलेका घटनाक्रमहरूले सही सावित गरेको छ । पछिल्लो घटनाक्रमहरूको सूक्ष्म प्रकारले विश्लेषण गर्ने हो भने ने.क.पा. (मसाल) वर्गसङ्घर्षको बाटो छाडेर वर्गसमन्वयको बाटोलाई तिव्रता दिइरहेको छ । २०७९ बैशाख १९