– अर्जुनध्वज अर्याल
सारसंक्षेप
विश्वका १९९ वटा मुलुक मध्ये ९१ वटा मुलुक अर्थात ४६% ले बढीमत÷बहुमत प्रणाली अपनाएको देखिन्छ । त्यसैगरी ७२ वटा मुलुक जसले ३६% को प्रतिनिधित्व गर्दछन् उनीहरूले समानुपातिक प्रणाली रोजेको पाइन्छ । अर्को ३० वटा देशहरू (१५%) ले मिश्रित प्रणाली र बाँकी ६ वटा देशहरू (३%) ले अन्य प्रणालीहरू मध्ये आफू अनुकुलको निर्वाचन प्रणालीको उपयोग गरिरहेका छन् । विभिन्न मुलुकका चुनावी व्यवस्थालाई हेर्दा र हाम्रै छिमेकि मुलुक भारतलाई हेर्दा हाम्रो चुनावि खर्च महँगो भएको र सबै तह र तप्काका समुदायका वर्गको उचित प्रतिनिधित्व हुन र गराउन नसकेका कारण अहिलेको निर्वाचन पद्धतिमा सुधार हुनुपर्ने कुरामा कुनै बिवाद र द्विविधा छैन । शुरुवात कसले र कहिले गर्ने भन्नेमा मात्रै कुरा अड्किएको देखिन्छ ।
विषय प्रवेश
निर्वाचन भनेको आफ्ना प्रतिनिधिलाई सरकारमा पु¥याउने माध्यम मात्र होइन, यो त व्यवस्था सुधार र परिवर्तनका लागि नागरिकले उपयोग गर्न सक्ने अवसर पनि हो । निर्वाचन मार्फत नै आम मानिसले आफू सार्वभौम भएको र त्यसको भरपुर प्रयोग गरेको अनुभूति दिलाउने एउटा माध्यम पनि हो । सामान्यतया निर्वाचन भन्नाले निश्चित कार्यका लागि प्रतिनिधि छान्ने वा चुन्ने कार्य हो । जस्तै कुनै क्लब, उपभोक्ता समिति वा निश्चित स्थायी संस्थाहरूका पदाधिकारीहरू छनौट गर्ने प्रक्रिया पनि निर्वाचन हो । यसरी छनोट भएका पदाधिकारी तथा प्रतिनिधिहरूले आम मानिसको सार्वभौमसत्ता निश्चित समयका लागि आफूमा लिइ ती मानिसहरू माथि शासन गर्ने वैधानिक आधार प्रदान गर्ने माध्यम पनि हो निर्वाचन । तथापी यहाँ निर्वाचन भन्नाले स्थानीय, प्रादेशिक वा संघीय÷राष्ट्रिय सरकारका विभिन्न अंग अर्थात संसद वा सरकारमा निश्चित भूगोलमा बस्ने बासिन्दाको प्रतिनिधि छान्ने कार्य भन्ने बुझिन्छ । अतः निर्वाचन कुनै पनि व्यक्तिले मत व्यक्त गर्ने वैधानिक प्रव्रिmया हो ।
निर्वाचनका इतिहास
इतिहासलाई केलाउदै जाँदा प्राचिनकाल देखिनै विश्वका विभिन्न जातजातिहरूमा नेतृृत्व छनोट गर्ने आ–आफ्नै तरिकाहरू भएको हामी पाउँदछौ । निर्वाचन एउटा यस्तो प्रव्रिmया हो जसमा व्यक्तिले बिना बाहिरी हस्तक्षेप स्वेच्छाले आफ्नो प्रतिनिधि छान्न पाउने अधिकार प्राप्त गर्दछ (े निर्वाचन आयोग, पृ.२६) । विश्वमा सर्वप्रथम निर्वाचनको प्रयोग गरिएको मुलुकको रूपमा ग्रीसको एथेन्स भनेर मानिएको छ । जहाँबाट इशापूर्व पाँचौ शताब्दिबाट नै प्रजातान्त्रिक अवधारणाको उद्भव र विकास भएको हो भनेर मानिन्छ । निर्वाचनको शुरूवाती चरणमा गोला प्रथाद्वारा प्रतिनिधिहरू छनोट गर्ने गरेको पाइन्छ । त्यसैगरी रोमन सम्राटहरूको छनोटका लागि पनि निर्वाचन प्रणालीको शुरूवात भएको पाइन्छ । साथै पोपको छनोट पनि निर्वाचनका माध्यमबाटै भएको इतिहास देखिन्छ । बाइवलको ओल्ड टेस्टामेन्टमा पनि निर्वाचनको बारेमा उल्लेख गरेको पाइन्छ । आठौं देखि सोह्रौे शताब्दिसम्म भारत वर्षको तमिलनाडुमा प्रजातान्त्रिक निर्वाचन पद्धतिको प्रयोग गरिएको कुरा उल्लेख गर्दै नेपालको निर्वाचन इतिहास लेखिएको छ – ग्रामसभाका सदस्यहरूको निर्वाचनका लागि ताडपत्रमा उमेदवारको नाम लेखेर माटोको भाँडोमा हालिन्थ्यो र कुनै बच्चालाई छान्नु पर्ने सदस्यको संख्या अनुसारको ताडपत्र भाँडोबाट निकाल्न लगाइन्थ्यो । यसरी छानिएका व्यक्ति निर्वाचित भएको मानिन्थ्यो (नेपालको निर्वाचन इतिहास, पृ.२८)। अहिले यो प्रक्रिया चिठ्ठा प्रयोजनमा प्रयोग भएको पाइन्छ । अहिले अनैतिक भ्रष्टहरूले निर्वाचनमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै आफूलाई विजयी बनाएको भनेर देख्न र सुन्न पाइन्छ । भ्रष्टचारमा अदालतमा मुद्धा खेपिरहेका नेपाली काँग्रेसका नेता पार्टी उपसभापतिका उम्मेदवार मात्र बनेन् कि दुई मतले पराजीत हुन पुगेका छन् । उनीहरू नै चुनावको लागि योग्य भएको ठान्ने अवस्था भएको छ । तर प्राचीन समयमा भने नैतिकता र सदाचारको प्रयोग जबर्जस्त ढंगबाट भएको देखिन्छ । इतिहास पढ्दै जाँदा के देखिन्छ भने आर्थिक हिनामिना गर्ने, घुसलिने, गलत तरिकाबाट सम्पति आर्जन गर्ने, सामाजिक हित विपरितका कार्यहरू गर्ने, शान्ति व्यवस्था खल्बल्याउने काम गरेका मानिसहरू निर्वाचित भएको भएता पनि तिनीहरूलाई जिवन पर्यन्त उमेदवार हुन रोक लगाउने देखि त्यस खराब मानिसका बाबुआमा तथा श्रीमती तर्फका सबै नातेदार समेत निर्वाचनमा उमेदवार हुनबाट बञ्चित भएको कुरा पढ्न पाइन्छ ।
नेपालमा निर्वाचनको इतिहास
नेपालको निर्वाचन इतिहासलाई हेर्ने हो भने किराँतकालमा लोकतान्त्रिक व्यवस्था चलेको पाइन्छ । त्यसका लागि अहिले जस्तो आधुनिक निर्वाचन प्रक्रिया नभएपनि केहिन केही रूपमा निर्वाचन प्रक्रियाको प्रयोग गरी पाञ्चाली तथा गोष्ठीहरूको गठन भएको मान्न सकिन्छ । पाञ्चाली पनि उच्चस्तर र ग्राम स्तर गरी २ किसिमले सङ्गठिट हुन्थे। पाञ्चालीका पाञ्चालिकहरूले नै ग्रामप्रधानको छनोट गर्दथे भनिन्छ । तत्कालीन भक्तपुरका राजा रणजीत मल्लले देशमा कठिनाइ आई प्रतिकुलताको अवस्था सिर्जना भएमा चौबिसै टोलका प्रतिनिधि बोलाएर छलफल गरी रायलिएर निर्णय लिनेगरेको कुराले पनि प्रतिनिधिहरूको प्रतिनिधित्वलाई यो वा त्यो अर्थमा स्वीकार गरेको मान्न सकिन्छ । जसलाई चुनावी प्रव्रिmयाकै रूपमा लिन सकिन्छ ।
वि.सं. १९८७ सालमा भीम शमशेरको समयमा स्थापना गरिएको पञ्चायतका लागि आवश्यक नीति निर्देशनका लागि वि.सं.१९९९ मा जुद्धशम्शेरले जारि गरेका इस्तिहार र रूक्कामा १६ वर्ष उमेर पुगेका लोग्ने मानिस भएका घरका एक एक जना जम्मा गराई २५ वर्ष उमेर पुगेको लोग्ने मानिसलाई पञ्च छान्नु भन्ने कुरा उल्लेख गरेको पाइन्छ । वि.सं. २००४ साल भन्दा पहिले नेपालमा निर्वाचन मार्फत जन प्रतिनिधिहरूको छनोट भएको इतिहास पाइदैन् । वि.सं.२००४ साल जेष्ठ २९ गते राणा प्रधानमन्त्रीले स्थानीय निकाय अन्तर्गत काठमाडौं म्युनिसिपालिटिको गराएको निर्वाचन नै पहिलो निर्वाचन मानिन्छ । यस निर्वाचनमा केबल पुरूषको छान्ने र पुरूष नै छानिने व्यवस्था रहेको देखिन्छ । वि.सं.२००७ सालको व्रmान्ति पश्चात संविधान सभाको निर्वाचन गराइ नेपालको संविधान निर्माण गर्ने कुरा तत्कालीन राजा त्रिभुवनले गरेपनि विभिन्न कारणले सो हुन सकेन् । वि.सं. २०१० भदौ १७ मा भएको काठमाण्डौं नगरपालिकाको निर्वाचनमा पहिलो पटक महिलाले चुन्ने र चुनिने अवसर प्राप्त गरेका थिए, जसको सदुपयोग गर्दै श्रीमती साधना प्रधान छानिएको कुरा इतिहासमा देखिन्छ । राष्ट्रिय स्तरमा भने वि.सं.२०१५ साल फाल्गुन ७ गते शुरू भएको आम निर्वाचनामा उमेर पुगेका सबै मानिसहरू सहभागी हुन पाएका थिए भने डडेल्धुराबाट द्धारीका देखि ठकुरानी विजयी मात्र भइनन् दक्षिण एसियाकै पहिलो महिला मन्त्री बनेर गौरवपूर्ण इतिहास रचिन् ।
२१ वर्ष उमेर पुगेका पुरुष मतदाता रहने र २५ वर्ष उमेर पुगेका पुरुषहरू उमेदवार हुने नेपालको इतिहासमा भएको पहिलो निर्वाचन २००४ जेठ २९ गते विहान ११ बजे शुरू भएर दिउसो ३ बजे सकिएको थियो । निर्वाचनको अघिल्लो दिन नै भोलिपल्ट खसालिने मतपत्र परिवारका पुरूष मतदाताको संख्या अनुसार घरघरमै पु¥याइएको थियो । प्रत्येक उमेदवारको अलगअलग रङ्का छुट्टाछट्टै ढ्वाङहरू भएकोले मन परेका उमेद्ववारको रङ्को ढ्वाङमा मतदान गर्नु पर्दथ्यो भने मतपेटिका खुला ठाँउमा राखिएको हुनाले कसले कुन मतपेटिकामा मतपत्र खसाल्यो भन्ने कुरा वरपर उभिएका मानिसले छर्लङ देख्दथे (नेपालको निर्वाचन इतिहास, पृ.१५३) । यसले कसले कसलाई मत दिए नदिएको प्रष्ट हुने भएकोले एक आपसमा रिस, राग, डर र त्रास उत्पन्न भएकोले होला सायद २०१० सालको निर्वाचनमा गोप्य मतदान प्रव्रिmया अपनाइएको थियो । संसारमा २०० भन्दा बढी देशहरू अस्तित्वमा रहेका छन् भ्याटिकन सिटि र प्यालेस्टाइन सहित १९५ वटा संयुक्त राष्ट्र संघमा दर्ता भएका विश्वका मुलुकहरूले कुनै न कुनै प्रकारको निर्वाचन प्रणालीलाई अपनाएको पाइन्छ । राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र, केन्द्रिकृत, संघीय, संसदीय, अध्यक्षात्मक जे जे नामले चिनिएका मुलुकहरू भएपनि त्यहाँको शासन व्यवस्था सञ्चालनका लागि चुनिने शासक छान्ने तरिका भनेको जम्मा १२ वटा रहेका छन् । अन्तराष्ट्रिय आइडियाको हाते पुस्तकको निर्वाचन प्रणालीको प्रारूपको निर्वाचन प्रणाली परिवारमा उल्लेख गरिएका प्रणालीहरू निम्नानुसार रहेका छन् ।
१) पहिलो हुने निर्वाचन हुने, दुुई चरण प्रणाली, वैकल्पिक मत, एकमुष्ट मत, दलगत एकमुष्ट मत
२) समानान्तर, मिश्रित सदस्य समानुपातिक
३) सुव्यस्तिथ समानुपातिक प्रणाली, एकल संव्रmमणिय मत
४) एकल असंव्रmमणिय मत, सिमित मत, प्राथमिक गणना
विश्वका १९९ वटा मुलुक मध्ये ९१ वटा मुलुक अर्थात ४६% बढीमत÷बहुमत प्रणाली अपनाएको देखिन्छ । त्यसैगरी ७२ वटा मुलुक जसले ३६% को प्रतिनिधित्व गर्दछन् उनीहरूले समानुपातिक प्रणाली रोजेको पाइन्छ । अर्को ३० वटा देशहरू (१५%) ले मिश्रित प्रणाली र बाँकी ६ वटा देशहरू (३%) ले अन्य प्रणालीहरू मध्ये आफू अनुकुलको निर्वाचन प्रणालीको उपयोग गरिरहेका छन् । त्यसैगरी निर्वाचन प्रणालीलाई बढिमत÷बहुमत, समानुपातिक, अर्धसमानुपात्तिक र गैर समानुपातिक गरि पाँच भागमा बाँडेको पनि पाईन्छ (ज्ञवाली, पृ.२३१)।
बढी मत÷वहुमत प्रणाली सामान्यतया बढी मुलुकले अपनाउने यस पद्धतिमा हामी नेपालीहरू पनि अभ्यस्त छौँ । अहिले प्रतिनिधसभाको एक सय पैसठ्ठी स्थानमा पनि यहि पद्धति लागु भैरहेको छ भने यस भन्दा अघिल्ला संविधानहरूमा यस प्रकारकै निर्वाचन प्रणाली अपनाएको इतिहास छ । यो एकदम सरल प्रणाली हो । मतदान भई गणना गरिसकेपछि सबभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार वा दल विजयी घोषित गरिन्छ । यस प्रणालीमा ५ वटा प्रकारहरू रहेका छन् ।
१. पहिलो हुने निर्वाचित हुनेः यो प्रणाली एक सदस्यी निर्वाचन क्षेत्र तथा उम्मेदवार केन्द्रित मतदानमा प्रयोग हुने र सबैभन्दा सरल रूप हो । यसमा मतदातालाई मनोनित उम्मेदवारहरूको नामावली प्रस्तुत गरिन्छ र निजले त्यसमध्ये कुनै एकलाई छनौट गरी मतदान गर्नुपर्दछ । यस प्रणालीमा अरू उम्मेदवारले भन्दा एक मत मात्रै बढी पाएपनि सो उम्मेदवार विजयी घोषित गरिन्छ । यसलाई अल्पमतले वहुमतलाई शासन गर्ने प्रणाली भनेर आलोचना पनि गर्ने गरेको पाइन्छ । कारण विजयी उम्मेदवारको मत भन्दा बाँकी उम्मेदवारले पाएको योग मत बढी हुन्छ । नेपाल, भारत, बंगलादेश, मलेशिया लगायतका मुलुकहरूले यो प्रणालीलाई अपनाएको पाइन्छ ।
२. दलगत एकमुष्ट मतः वहुसदस्यी निर्वाचन क्षेत्र प्रयोग गर्ने बढी मत बहुमत प्रणाली हो, जसमा मतदाताहरूले आफ्नो छनोटको दललाई एकल दलकेन्द्रित मत मतदान गर्दछन् र उम्मेदवारबीच मतदान गर्दैनन् । सबभन्दा बढी मत प्राप्त गर्ने दलले निर्वाचन क्षेत्रका प्रत्येक स्थान जित्ने गर्दछ । क्यामरुन, चाड, जिबुटी र सिंगापुरमा यही प्रणालीको प्रयोग भएको पाइन्छ । पहिलो हुने निर्वाचित हुने प्रणालीमा जस्तै विजयी हुनका लागि सम्पूर्ण मतको पूर्ण वहुमत पाउन आवश्यक छैन । यसले ज्यादै असमानुपातिक परिणाम पैदा गर्दछ जसमा एउटा दलले सामान्य वहुमत प्राप्त गरी प्रायः सबै स्थानमा विजय प्राप्त गर्दछ । सिंगापुर स्थापना भएपछि अहिलेसम्म एउटै पार्टीको बर्चस्व रहिरहेको कारणले यो निर्वाचन प्रणालीको चर्को आलोचना हुने गरेको पाइन्छ ।
३. वैकल्पिक मतः आफ्नो मन परेको उम्मेदरवारलाई मात्र संकेत गर्नुभन्दा वैकल्पिक मत अन्तर्गत मदताहरूले निजहरूको आफ्नो छनोटको क्रमअनुसार सबैभन्दा बढी मनपरेकालाई १, दोस्रो छनोटको लागि २, तेस्रो छनोटको लागि ३ र एवंप्रकारले छनोट गरी उम्मेदवारहरूको क्रम तोक्न पाउछन् । पहिलो प्राथमिकता क्रमको सदर मतको पूर्ण वहुमत अर्थात ५० प्रतिशत र थप १ मत प्राप्त गर्ने उम्मेदवार विजयी घोषणा गरिन्छ । यसमा पहिलो प्राथमिकता क्रमको पूर्ण वहुमत कुनै उम्मेदवारले प्राप्त गर्न नसकेमा सबभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारहरू हटाइन्छन र निजले प्राप्त गरेको मत कुनै उम्मेदवारले पूर्ण वहुमत प्राप्त नगरेसम्म मतदाताहरूको दोस्रो प्राथमिकता अनुरुप पुनः बाँडिन्छ । यसमा मतदाताले राजनीतक दलहरूलाई नभई उम्मेदवारहरुलाई मत दिनुपर्दछ । यो प्रणाली बोस्निया, फिजी, युरोप तथा उत्तर अमेरिकाका थुप्रै राष्ट्रहरूले अपनाएको पाइन्छ ।
४. दुइ चरण प्रणालीः यो प्रणाली भनेको बढिमत÷वहुमत प्रणाली हो जसमा पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवार वा दलले निर्धारित स्तरको मत साधारणतय पूर्ण बहुमत अर्थात ५० प्रतिशत र थप एक मत प्राप्त गर्न नसकेमा दोस्रो पटक निर्वाचन गरिन्छ । दोस्रो चरणमा २ भन्दा बढी उम्मेदवारहरूले प्रतिस्पर्धा गरेमा दुइ चरण प्रणालीलले बढीमत स्वरुप धारण गर्न सक्दछ र दोस्रो चरणमा तिनीहरूले पूर्ण वहुमत वा चुनावी दौडको वहुमत जति सुकै मत प्राप्त गरेको भएतापनि सबभन्दा बढी मत प्राप्त गर्ने विजयी हुन्छ । यसमा पहिलो चरणमा सबभन्दा बढीमत प्राप्त गर्ने र उम्मेदवारहरू मात्र दोस्रो चरणमा प्रतिस्पर्धा गर्दछन् । भर्खरै सम्पन्न नेपाली काँग्रेसको सभापतिमा पनि यही प्रणालीको अभ्यास भएको थियो । यो प्रणालीको प्रयोग कंगो, ग्याबोन, माली, मौरिटानिय, टोगो, भियतनाम लगायतका मुलुकहरूमा भएको पाइन्छ ।
५. एक मुष्ट मतः एक मुष्ट मत भनेको बहु संसदिय निर्वाचन क्षेत्रमा बढीमत प्रणालीको प्रयोग हो । निर्वाचन हुने संख्या जतिकै संख्यामा मतदाताले मतदान गर्न पाउँछन् । कुल मतको सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारहरू विजयी हुन्छन् । साधारणतया मतदाताहरूले दललाईभन्दा उम्मेदवारहरूलाई मतदान गर्दछन् र अधिकांश प्रणालीहरूमा मतदाताहरूले इच्छाएअनुसार बढी वा घटी मत प्रयोग गर्न सक्दछन् । यसमा मतदातालाई आफ्नो निर्वाचन क्षेत्रबाट जतिस्थान निर्वाचित गर्नुपर्ने हुन्छ त्यति नै मत हुन्छ र जुनसुकै दलसँग सम्बन्धित भए पनि मतदाताहरू वैयक्तिक उम्मेदवारहरूलाई मतदान गर्न साधारणतया स्वतन्त्र रहन्छन् । यसप्रकारको निर्वाचन प्रणाली अपनाउने मुलुहरूमा कुवेत, लावस, लेवनान, माल्दिभ्स, प्यालेष्टाइन, सिरया लगायत पर्दछन् ।
समानुपातिक प्रतिनिधित्व प्रणालीः एकभन्दा बढी सदस्य भएको निर्वाचन क्षेत्रहरूको प्रयोग समानुपातिक प्रतिनिधित्वलाई आवश्यक पर्ने हुन्छ । नेपालमा पहिलो संविधान सभाको निर्वाचनदेखि यो प्रणालीको प्रयोग हुन शुरु भएको देखिन्छ । अहिलेको संविधानअनुसार एक सय दस स्थानका लागि यहि प्रणालीको प्रयोग भएको पाइन्छ । यसमा कुनै दलले प्राप्त गरेको मतको हिस्सा सोही बराबरको अनुपातमा विधायिकको स्थानमा सचेतरुपमा रुपान्तरण हुनु हो । इजरायल, नेदरल्याण्ड, अर्जेन्टिना, पोर्चुगल, इण्डोनेसिया जस्ता मुलुकहरूले यो प्रणालीलाई अपनाएको पाइन्छ । यसलाई २ भागमा बाँडेको पाइन्छ ।
१. सूचीमा आधारित समानुपातिक प्रतिनिधत्वः सूचीमा आधारित समानुपातिक प्रतिनिधित्व प्रणाली अन्तर्गत प्रत्येक दल वा समूहले वहुसदस्यी निर्वाचन क्षेत्रका लागि उम्मेदवारको सूची प्रस्तुत गर्छन् । मतदाताहरूले तललाई मतदान गर्दछन् र दलहरूले प्राप्त गरेको सम्पूर्ण मतहरूको आ–आफ्नो हिस्सा अनुसार स्थान (सिट) प्राप्त गर्दछन् । बन्दसूची प्रणालीहरूमा सूचीको क्रमस्थान अनुसार निर्वाचन उम्मेदवार लिइन्छ । नेपालको अहिलेको समानुपातिक प्रणाली यही बन्दसूची प्रणाली हो । यसमा सूचीक्रमलाई तलमाथि गर्ने अधिकार दललाई हुँदैन । त्यसैगरी सूचीहरू खुला वा स्वतन्त्र भएको सूची पनि हुन्छ । यसमा विजयी उम्मेदवार दिन दलहरू स्वतन्त्र हुन्छन् । नेपालले पहिलो संविधान सभामा यहि प्रणालीलाई अपनाएको थियो । यसले विसंगती सिर्जना गरेको भनेर बन्दसूची अपनाउने अवस्था सिर्जना भएको मानिन्छ ।
२. एकल संकमणीय मतः यो भनेको प्राथमिकता दिइएको प्रणाली हो जहाँ मतदाताले बहुसदस्यीय निर्वाचन क्षेत्रका उम्मेदवारहरूको क्रम निर्धारण गर्दछ र पहिलो प्राथमिकता दिइएको मतको निर्धारित कोटा पार गर्ने उम्मेदवार तत्कालै विजयी हुन्छन् । त्यसपछिका मतगणनाहरूमा कम मत प्राप्त गर्ने उम्मेदवारहरूलाई सूचीबाट हटाइन्छ, त्यस्ता उम्मेदवारहरूको मत र विजयी भएको सफल उम्मेदवारको कोटाको बचत भएको मत पर्याप्त रूपमा उम्मेदवारहरू निर्वाचित भएको घोषण नभएसम्म पुनः वितरण गरिन्छ । दलगत सूचीको विकल्पको सम्भावना भएतापनि मतदाताहरूले राजनीतिक दललाईभन्दा उम्मेदवारहरूलाई मदतान गर्ने गर्दछन् । नेपालको संविधान २०४७ अनुसार राष्ट्रिय सभाको निर्वाचन यही पद्दतिअनुसार भएको पाइन्छ । यो प्रणाली बहुसदस्यीय निर्वाचन क्षेत्रमा प्रयोग गरिन्छ र मतदाताहरूले बैकल्पिक मत प्रणाली अन्तर्गतको तरिकामा जस्तै मतपत्रमा उम्मेदवारहरूको प्राथमिकताको आधारमा क्रम निर्धारण गर्दछन् । यस प्रणालीका सिद्धान्तकारहरू बेलायतका थोमस हेयर तथा डेनमार्कका कार्ल आण्ड्रेलाई मानिन्छ । आयरल्याण्ड, माल्टा, इस्तोनिया, अस्टे«लिया लगायतका मुलुकहरूले यो प्रणालीलाई प्रयोग गरेको पाइन्छ ।
मिश्रित प्रणालीः यस प्रणालीले बढि मत÷बहुमत निर्वाचन वा अन्य प्रणाली र समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली दुवैका सकारात्मक गुणहरूलाई मिलाउने प्रयास गरेको पाइन्छ । यसमा मतदाताले एउटा मत व्यक्तिलाई दिन्छ भने एकमत राजनीतिक दलालाई दिनुपर्दछ । यस प्रणालीमा समानान्तर र मिश्रित सदस्य समानुपातिक प्रणाली पर्दछन् । अहिले नेपालले समानान्तर प्रणाली अपनाएको छ । वर्तमानमा÷अलवनिया, बोलिभिया, जर्मनी, हंगेरी, इटाली, लेसेथो, मेक्सिको, न्यूजिल्याण्ड, भेनेजुएला, जापान, थाइल्याण्ड, पाकिस्तान जस्ता मुलुकहरूले मिश्रित प्रणाली अपनाएको पाइन्छ ।
१. समानान्तरण प्रणालीः यो एक मिश्रित प्रणाली हो जसमा मतदाताहरूबाट अभिव्यक्त हुने छनोटलाई दुई भिन्न प्रणालीहरू एक सूचनीमा आधारित समानुपातिक प्रणाली र एक बढी मत प्रणाली मार्पmत प्रतिनिधिहरू निर्वाचन गर्न प्रयोग गर्ने गरिन्छ तर त्यसमा दोस्रो प्रणालीको निर्वाचन परिणामलाई हिसाव गर्नमा पहिलो प्रणाली अन्तर्गतको स्थानमा ध्यान दिइदैन । अहिले २१ मुलुकहरूले यस प्रणालीलाई अपनाएको देखिन्छ । अर्मेनिया, गिनी, जापान, दक्षिण कोरिया, पाकस्तिान, फिलिपिन्स, रुस, थाइल्याण्ड लगायतका मुलुकहरू पर्दछन् ।
२. मिश्रित सदस्य समानुपातिक प्रणालीः मिश्रित सदस्यीय समानुपात भनेको मिश्रित प्रणाली हो जसमा मतदाताहरूबाट अभिव्यक्त हुने छनोटलाई दुई भिन्न प्रणालीहरू एक सूचीमा आधारित समानुपातिक प्रणाली र साधारणतया एक बढि मत प्रणाली मार्पmत प्रतिनिधित्वहरू निर्वाचन गर्न प्रयोग गर्ने गरिन्छि । जहाँ बढीमत प्रणालीबाट हुन गएको निर्वाचन परिणामको अमिल्दो अनुपातको लागि सूचीमा आधारित समानुपातिक प्रणालीले क्षतिपूर्ति दिने गर्दछ । उदाहरणका लागि कुनै एक दलले राष्ट्रिय स्तरमा १० प्रतिशत मत जितेको छ तर कुनै पनि निर्वाचन क्षेत्रको स्थान जितेको छैन भने त्यसपछि विधायिकामा सो दलको प्रतिनिधित्व गराउन १० प्रतिशतसम्म स्थान समानुपातिक प्रतिनिधित्वको सूचिबाट सो दललाई पर्याप्त स्थान दिइन्छ । जर्मनी, हंगेरी, इटाली, न्यूजिल्याण्ड लगाएतका देशहरूले यस प्रणालीलाई अपनाएको देखिन्छ ।
अन्य प्रणालीहरूः बढी मत, समानुपातिक प्रतिनिधत्व तथा मिश्रित निर्वाचन प्रणाली बाहेक अन्य प्रणालीहरू छन् । जो शुद्ध रूपमा माथिका प्रणाली भन्दा धेरैथोरै फरक रहेको पाइन्छ । जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः
१. एकल असङक्रमणीय मत प्रणालीः एकल असङक्रमणीय मत प्रणाली अन्तर्गत मतदाताहरूले एक बहु–सदस्यीय निर्वाचन क्षेत्रमा एक एकल मत मतदान गर्दछन । कुल मतको सबभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारहरू विजयी भएको घोषणा गरिन्छ । मतदाताहरूले राजनीतिक दलहरूलाई भन्दा उम्मेदवारहरूलाई मतदान गर्ने गर्दछन् । अफगानिस्तान, जोर्डन, पिटकर्न द्धीप, इन्डोनेसिया तथा थाइल्याण्डको दोस्रो सदनको निर्वाचनका लागि यही निर्वाचन प्रक्रिया प्रयोगमा ल्याएको पाइन्छ ।
२. सीमित मतः यो बहुसदस्यीय निर्वाचन क्षेत्रमा प्रयोग भएको उम्मेदवार केन्द्रित निर्वाचन प्रणाली हो । जसमा मतदाताहरूलाई एकभन्दा बढी तर निर्वाचित हुने उम्मेदवारहरूभन्दा कम मत हुन्छ । कुल मतको सबभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारहरूले स्थान विजय गर्दछन् । मतगणना एकल असङक्रमणीय मत प्रणालिको जस्तै हुन्छ र कुल मतमध्ये सबभन्दा बढी मत पाउने उम्मेदवारहरूले स्थान जित्छन् । जिब्राल्टर र स्पेनमा यो प्रकारको प्रणाली प्रयोगमा आएको देखिन्छ ।
३. प्राथमिकता गणनाः एकल वा बहुसदस्यीय निर्वाचन क्षेत्रमा प्रयोग भएको उम्मेदवार केन्द्रित प्राथमिकता दिएको प्रणाली हो जसमा मतदाताहरूले मतपत्रमा आ–आफ्नो प्राथमिकता चिन्ह लगाउन संख्याको प्रयोग गर्ने गर्दछन् र चिन्ह लगाइएको प्रत्येक प्राथमिकतालाई समान कदम प्रयोग गर्ने मूल्यमा निर्धारण गरिन्छ । यी मूल्यहरूलाई गणना गरिन्छ र कुल मतको सबभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार वा उम्मेदवारहरू निर्वाचित भएको घोषणा गरिन्छ । यो प्रणालीको प्रयोग प्रशान्त क्षेत्रको सानो मुलुक नाउरुमा भएको पाइन्छ । उसले अपनाएको प्राथमिकता गणनामा पहिलो प्राथमिकताको मूल्य एक हुन्छ । दोस्रो प्राथमिकताको मूल्य आधा हुन्छ, तेस्रो प्राथमिकताको मूल्य एक तिहाइ र त्यसैगरी मूल्य निर्धारण हुँदै जान्छ । यी सबै प्राथमिकताको मूल्य जोडिन्छ र सबभन्दा बढी कुलमत पाउने उम्मेदवारहरू विजयी भएको घोषणा गरिन्छ ।
निर्वाचन प्रणाली प्रजातन्त्रको प्रस्थान विन्दु हो । सबै निर्वाचन प्रणालीले प्रजातन्त्रलाई संस्थागत नै गर्दछन् भन्ने छैन् । निर्वाचन प्रणालीलाई सबै रोग निकोपार्ने अचुक औषधी सोच्नु पनि आपैmमा मूर्खता हो । सिक्मिको निर्वाचन प्रणालीले देश कहाँ पु¥यायो ? सद्धाम हुसेनले ९७÷९८ प्रतिशत मत ल्याएर विजयी भएको घोषणा गर्दथिए । कतिपय मुलुक निर्वाचनकै कारणले टुक्रिएका र टुक्रिन प्रयासमा लागेको पनि देखिन्छ । स्पेनको क्याटेलिना, क्यानडाको क्युवेक, वेलायतको उत्तरी आयरल्याण्डलाई हेर्दा थाहा हुन्छ । नेपालमा अहिले भइरहेको निर्वाचन प्रणाली सारै खर्चिलो भयो । यसले वास्तविक जनता र स्वच्छ छवि भएका राजनीतिक नेतृत्व चुनावमा होमिन नै नसक्ने अवस्था भयो । त्यसकारण यसलाई परिवर्तन गर्नुपर्दछ भनेर विभिन्न राजनीतिक दल र सरोकारवालाहरूले समय समयमा आवाज उठाइरहेका देखिन्छन् । निर्वाचन प्रणालीले शून्यतामा काम गर्दैन यसको सफलता राजनीति संस्था र साँस्कृतिक परम्पराको सुखद सम्बन्धमा निर्भर हुन्छ भनि निर्वाचन प्रणालीको निर्माताले प्रस्थानको पहिलो बुँदाको लागि सोध्नु पर्दछ । कस्तो राजनीतिक र सामाजिक सन्दर्भभित्र हामी काम गरिरहेका छौ ? के हामी स्थायी प्रणाली वा संक्रमणकालिन अवधिको आवश्यकतालाई पारलगाउने कुनै प्रणाली तुर्जमा गर्दैछौँ ? निर्वाचन शासनव्यवस्थाको साध्य होइन साधन हो । यसलाई संचालन गर्ने नेतृत्वहरूको नियतमा भरपर्दछ सफल हुने वा नहुने भन्ने कुरा । समयमा सबै सरोकारवालाहरूले बुद्धि पु¥याउनु वाञ्छनिय हुनेछ ।
सन्दर्भसूची ९च्भाभचभलअभक०
० ब्थयमजभभ बलम क्जथबm, ९द्दण्द्दज्ञ०, भ्भिअतष्यल ऋयकत बलम एयष्तिअब िएबचतथ ँष्लबलअभ। प्बतजmबलमगस् ःबपबगि एगदष्अिबतष्यल ज्यगकभ।
० तजभजष्mबबिथबलतष्mभक। अयmरयउष्लष्यलरअयकत भभिअतष्यल। भअयलयmष्शष्लन(mभबलक,० पबतजmबलमगउयकत। अयmरलबतष्यलबरिद्दण्ज्ञडरण्ठरज्ञठ भभिअतष्यल(ब(अयलकतथि(बााबष्च,
० ततउकस्ररबअभउचयवभअत।यचन ० अर्याल, अर्जुनध्वज (२०७५), नायब सुब्बा तृतीय पत्र, राजनीतिशास्त्र, काठमाण्डौ पिनाकल पब्लिकेसन प्रा.लि. । ० अन्तर्राष्ट्रिय आइडीइएको नयाँ हातेपुस्तक (२००६), निर्वाचन प्रणालीको प्रारुपः अन्तर्राष्ट्रिय आइडीइएको नयाँ हातेपुस्तक । ० नेपालको निर्वाचन इतिहास भाग–१ (२०७७), काठमाण्डौ निर्वाचन आयोग, नेपाल, काठमाण्डौ ।
० नेपालको निर्वाचन इतिहास भाग–२ (२०७८), निर्वाचन आयोग, नेपाल, काठमाण्डौ । ० नेपालको संविधान (२०७२), काठमाण्डौ नेपाल कानुन किताबखाना ।
० सिंह, टोपबहादुर (२०६६), नेपालको संबैधानिक इतिहास र संवैधानिक अभिलेखहरू, काठमाण्डौ पैरबी प्रकाशन । ० ज्ञवाली, चन्द्रकान्त (२०७५), नेपालमा संघीय शासन, काठमाण्डौ पैरबी प्रकाशन ।