माघ २७, घोराही । प्रगतिशील साहित्यकार सुरेस कुमार पाण्डेले आफ्नो आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन्। साहित्यकार पाण्डेकी ममतामयी माता पार्वता पाण्डेको २०७९ माघ २ गते निधन भएको थियो । साहित्यकार पाण्डेले आमाको निधनपश्चात् परम्परागत रुपमा गरिने काजकीरिया गरेका थिएनन् । आमाको निधन भएको सातौं दिनमा आयोजित श्रद्धाञ्जली सभामा पाण्डेले आमाको स्मृतिमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए । सोही घोषणालाई मूर्त रुप दिंदै साहित्यकार पाण्डेले २०७९ माघ २७ गते घोराही–१८ गिठेपानीस्थित श्री आधारभूत विद्यालयको ३२ औं वार्षिक उत्सवका अवसरमा आयोजित एक विशेष समारोहका बीच “पार्वता स्मृति अक्षयकोष” को रकम विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओलीको अध्यक्षता र सहप्रम हिमलाल पाण्डेको संचालनमा अघि बढेको उक्त कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगर पालिकाकी उपप्रमुख हुमा डिसी रहेकी थिइन । विद्यालयको ३२ औं वार्षिक उत्सवको उक्त कार्यक्रममा विशिष्ट आतिथ्यता नगर शिक्षा समितिका प्रमुख राममणि पाण्डे, वडा नम्बर १८ का वडा अध्यक्ष भरतमणि अर्याल र शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख विनोद गौतम रहेका थिए ।
साहित्यकार पाण्डेका अनुसार उक्त अक्षयकोषबाट विद्यालया उत्कृष्ट विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गरिनेछ । अक्षयकोषको रासी रु. ५०,००० (पचास हजार मात्र) रहेको छ । समारोहमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओलीले विद्यालय(मई १२ सम्मको पढाई गराउने विद्यालय बनाउने उद्देश्य रहेको बताए । सो विद्यालयमा हाल २०० विद्यार्थी अध्ययनरत रहेका छन् ।
स्मरणरहोस् साहित्यकार पाण्डेले जस्तै अन्य अभिभावकहरुले पनि सो विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । जसमा बसन्त पोखरेल रु १११०००, माधव अधिकारी रु१००१००, कृष्ण बहादुर घर्ती रु ५००००, गिरिराज आचार्य रु २५,०००, कलश बचत तथा ऋण सहकारी संस्था रु १००००, श्रीलोक राज सुवेदी रु ५०,०००, कालिका बन सामुदायिक समिति रु ५००० र विश्ना आचार्य रु५००० रहेको छन् ।
आमा पार्वता पाण्डेको स्मृतिमा अक्षयकोष
Comments