लघु वित्तिय संस्था विरुद्ध प्रदर्शन

तानसेन । लघु वित्तिय संस्था विरुद्धको संघर्ष समितिले चैत्र २१ गते पाल्पाको सदरमुकाम तानसेनमा जुलुश प्रदर्शन गरेको छ । “गरिबहरुको रिण मिनाहा गर !” “गठबन्धन सरकार खारेज गर !” लगायतका नारा लगाउँदै जुलुशले बजार परिक्रमा गरेको थियो ।
लघु वित्तिय संस्थाको शोषणका विरुद्धमा केन्द्रीयस्तरमा संघर्ष समिति बनेको छ । संघर्ष समितिले देशव्यापीरुपमा आफ्नो संजाल तयार गर्दै गएको छ ।
लघु वित्त, मिटर व्याजका विरुद्धमा देशव्यापी संघर्ष बढिरहेका बेला तानसेनमा यो जुलुश प्रदर्शन भएको छ । गत असोजमा नवलपरासीबाट काठमाडौंबाट आई डेढ महिना धर्ना बसेका मिटर व्याज पीडित सित सरकारले गरेका सम्झौताहरु लागु भएका छैनन् । महोत्तरीको बर्दिबासबाट १२ दिन पैदल मार्च गर्दै काठमाडौं आएका मिटर व्याज पीडितहरुसित चैत्र १८ गते ५ बुँदे सहमति भएको छ । सरकारले सहमति गरे पनि यो समस्या समाधान नहुने जानकारहरुको बुझाइ छ । लघु वित्त र मिटर व्याज पीडितहरुको आन्दोलन अगाडि बढ्ने बताइन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित