काठमाडौँ । नेपालको यू–१९ एसिया कपको सेमिफाइनल पुग्ने सपना अधुरै रहन पुगेको छ । दुबईको आईसीसीए २ मैदानमा २६ मङ्सिरमा भएको लिग चरणको आफ्नो अन्तिम खेलमा भारतसँग १० विकेटले पराजित भए संगै नेपालको सेमिफाइनल पुग्ने सपना अधुरै रहन पुगेको हो ।
लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थियो । टस हार्नुनै नेपालका लागि दुर्भाग्यपूर्ण रहृयो । नेपालको आजको प्रदर्शन पुरै बिर्सन लायकको थियो । पहिले ब्याटिË गरेको नेपाल २२.१ ओभरमा ५२ रनमा अल आउट हुन पुग्यो । नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोर अङ्कमा रन जोड्न सकेनन । अफगानिस्तानविरुद्ध ९१ रन बनाएका युवा ब्याटर अर्जुन कुमाल समेत ७ रनमा आउट भए । नेपालको यो अहिलेसम्म्कै न्यून स्कोर हो । यसअघि नेपाल सन् २००८ मा वेष्टइण्डिज विरुद्ध ७४ रनमा अलआउट भएको थियो ।
नेपालका लागि हेमन्त धामीले सर्वाधिक ८ रन बनाए । आकाश चन्द ४ रनमा अविजित रहे । नेपालका लागि भारतका तीव्र गतिका बलर राज लिम्बानी निकै भारी परे । उनले ९.१ ओभर बलिङ गर्दै ७ विकेट लिए । उनले नेपालका ब्याटर दिपक बोहोरा, उत्तम थापा मगर, कप्तान देव खनाल, दिपक प्रसाद डुम्रे, दिपक बोहरा, सुवास भण्डारी र हेमन्त धामीलाई आउट गरेका गरे । अर्का बलर आरध्य शुक्लाले २ र आर्हिन कुलकर्नीले १ विकेट लिए ।
५३ रनको झिनो लक्ष्य भारतले ७.१ ओभरमा नै पूरा गर्यो । भारतका लागि ओपनर ब्याटर अर्हिन कुलकर्नीले ४३ र आदर्श सिंहले १३ रन बनाए । नेपालबाट ३ जना बलर प्रयोग भएको थियो, तर विकेट भने निकाल्न सकेनन् । प्रतियोगितामा नेपालको यो तेस्रो हार थियो । यसअघि लिग चरणका दुई खेलमा पनि नेपाल पराजित भएको थिय्यो । यस अघि पाकिस्तान र अफ्गानिस्तान सË पनि नेपाल पराजित भएको थियो । लिग चरणको आफ्नो अन्तिम खेलमा भारत सË १० बिकेटको हार ब्यहोरे संगै नेपाल यू–१९ एसिया कप क्रिकेटमा समूह चरणबाटै घर फर्केको छ ।
स्मरण रहोस यु – १९ एशिया खेल्न नेपाल बाट युएई जानू अघि कप्तान देव खनालले आफुहरूले दुई टेष्ट राष्ट्रहरूलाइ जित्दै सेमिफाइनलको यात्रा गर्ने लक्ष्य राखेको प्रतिक्रिया दिएका थिए । तर तिनै कप्तान खनालले कुनै पनि खेलमा कप्तानी पारी खेल्न सकेनन । राष्ट्रिय टोलि बाट खेलिसकेका अर्का खेलाडी गुल्सन झाले पनि समग्रमा निरासजनक पर्दर्शन गरे ।