श्रीलङ्काद्वारा नयाँ क्रिकेट छनोटकर्ता नियुक्त

काठमाडौ, २७ मङ्सिर । श्रीलङ्का क्रिकेट बोर्डले हालै बर्खास्त गरिएका सदस्यहरूको पुनरबहाली गरेको एक दिनपछि बुधबार नयाँ छनोटकर्ताहरूलाई नियुक्त गरेको छ । बोर्डले पूर्वअन्तर्राष्ट्रिय खेलाडी उपुल थरङ्गालाई दुई वर्षका लागि पाँच सदस्यीय छनोट समितिको प्रमुखमा नियुक्त गरेकाे गल्फन्यूजले बताएको छ ।
श्रीलङ्का क्रिकेट बोर्डले एक विज्ञप्तिमा भनेको छ, “छनोटकर्ताहरूको पहिलो काम आगामी महिना जिम्बाब्वेविरुद्ध छ खेलको सेतो बलको शृङ्खलाका लागि टिम छनोट गर्नुहुनेछ ।” छनोट समितिका अन्य सदस्यमा पूर्वक्रिकेटर अजन्था मेन्डिस, इन्डिका डि सरम, थरङ्गा परनाविताना र दिलरुवान परेरा रहेका छन् । उनीहरूले पूर्वखेलाडी प्रमोदय विक्रमासिङ्घेको अध्यक्षतामा रहेको प्यानलबाट जिम्मेबारी सम्हाल्ने छन् ।
बोर्ड बर्खास्त गर्ने कदमले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई अधिकारीहरूमाथि राजनीतिक हस्तक्षेपको आरोप लगाउँदै श्रीलङ्का क्रिकेटलाई निलम्बन गर्नका लागि प्रेरित गर्यो । मङ्गलबार खेलमन्त्री हरिन फर्नान्डोले निलम्बन समाप्त गर्नका लागि बर्खास्तलाई रद्द गर्नुभयो । आइसिसीले अलिहेसम्म बोर्डको पुनरबहालीका बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित