काठमाडौं, २९ मंसिर । यूएईमा जारी यू–१९ एसिया कपमा यूएईले पाकिस्तानलाई पराजित गर्दै फाइलनमा स्थान बनाएको छ भने बंगलादेशले भारतलाई पराजित गरेर फाइलनमा स्थान बनाएको छ ।
यूएईले टेष्ट राष्ट्र पाकिस्तानलाई पराजित गर्दै सफलता हात पारेको छ भने बंगलादेशले पनि भारतलाई पराजित गरेको छ।
यूएईले पहिले ब्याटिङ गर्दै पाकिस्तानलाई १९३ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तान ४९.३ ओभरमा १८२ रनमा नै अल आउट भयो ।
उता भारतले पहिले ब्याटिङ गर्दै बंगलादेशलाई १८९ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य बंगलादेशले ४२.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
यूएई र बंगलादेश बिच पुष १ मा फाइनल खेल हुनेछ ।
Comments