खेलकूद प्रतियोगिता सम्पन्न

चेन्नै, भारत । अखिल भारत नेपाली एकता समाज चेन्नै चारवटा नगर समितिको संयुक्त आयोजनामा २४ मार्च २०२४ का दिन चेन्नैको ट्रेडीमा खेलकूद कार्यक्रम सम्पन्न भएको छ ।

अखिल भारत नेपाली एकता समाजका महासचिव महेन्द्र बश्यालको प्रमुख आतिथ्यता, चेन्नै पश्चिम नगर समितिका कोषाध्यक्ष तथा केन्द्रीय सदस्य हेमराज रिजालको अध्यक्षता, उमानन्द आचार्यको संचालन, दक्षिण नगरका उपाध्यक्ष लक्ष्मी प्रसाद आचार्यले स्वागतमा सम्पन्न भएको हो । अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।

प्रमुख अतिथिबाट खेलकूद कार्यक्रमको उद्घाटन पछि प्रमुख अम्पायरको निर्देशन अनुसार खेलकूद कार्यक्रम आरंभ भएको थियो । खेलमा भलिवल, महिला म्यूजिकल चियर र बाल दौड समावेश गरिएको थियो । भलिवल तर्फ दर्जनौ टिमले भाग लिएका थिए । चेन्नै पश्चिम प्रथम, चेन्नै टिनगर द्वितीय, चेन्नै आन्नानगर प्ले स्टार तृतीय र चेन्नै उत्तरले शान्त्वना पुरस्कार जित्न सफल भएका थिए । महिला म्युजिकल चियर तर्फ दिपा केसी प्रथम, अन्जु थापा द्वितीय र विजुली राना तृतीय भएका थिए ।

त्यस्तै बाल दौड तर्फ सुर्य थापा प्रथम, संदिप बिक द्वितीय र प्रियांका केसी तृतीय भएका थिए । खेल व्यवस्थापन गर्नको लागि प्रमुख अम्पायर नर बहादुर बिक, अजय बोहरा, सुनिल थापा, बिक्रम केसी र उमानन्द आचार्य रहेका थिए । विजयी टिम र अम्पायरलाई प्रमुख अतिथि क्षेत्रीय अध्यक्ष हेमराज रिजाल र विद्यार्थी अध्यक्ष बिक्रम केसीले पुरस्कार वितरण गरेका थिए । विजयी टिमहरूलाइ केन्द्रीय सदस्य रन बहादुर थापा, हाँकका पत्रकार राजु अधिकारीले बधाई मन्तव्य दिएका थिए । अन्तमा कार्यक्रमको समापन अध्यक्ष हेमराज रिजालले गरेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित