साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपाली टिमलाई प्रतिगोल १ लाख दिने गरिमा विकास बैंकको घोषणा

काठमाण्डौ ।साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली महिला फुटवल टिमलाई गरिमा विकास बैंक लिमिटेडद्वारा नेपाली टिमले गर्ने प्रति गोल रु. १ लाख पुरस्कार प्रदान गर्ने गरिमा विकास बैंकले जनाएको छ । गरिमा विकासबैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले कार्तिक १४ गते एक प्रेस विज्ञप्ति जारी गर्दै सो घोषणा गरेका हुन् । गरिमा विकास बैंक लिमिटेडले मिति २०८१ कार्तिक १४ गते बुधबार दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गईरहेको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमानेपाली टिमलाई प्रति गोल रु. १ लाखको दरले पुरस्कार प्रदान गर्ने भएको छ । बंगलादेश विरुद्धको फाईनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल रु. १ लाख प्रदान गर्नेगरिमा विकास बैंकले जनाएको छ । । नेपालमा फुटवल खेलको विकास, प्रवद्र्धन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्सहितउक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित