फागुन ३, काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शानदार जित हासिल गरेको छ । ओपनर कुशल भुर्तेलको ओडीआईमा पहिलो शतक प्रहार गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा २ फागुन २०७९ का दिन त्रिबिबि कृकेट मैदानमा नामिबियामाथि शानदार जित हासिल गरेको हो । नेपालको जितमा भुर्तेल नायक बने । भुर्तेलको ११५ रन मद्दतमा नेपालले ओडीआईमा कीर्तिमानी लक्ष्य पूरा गर्दै खेल जितेको हो ।
नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर २८७ रन बनाउँदै पूरा गरेको थियो । खेलमा नेपाली राष्ट्रिय कृकेट टोलिका ओपनर कुशल भुर्तेलले प्रहार गरेको सतक लिग टु क्रिकेटमा नेपालका खेलाडीको पहिलो शतक हो र नामिबियालाई लिग टु मा नेपालले हराएको पनि यो पहिलो पटक नै हो ।
कीर्तिमानी लष्य पछ्याउने क्रममा नेपालका ओपनर आसिफ शेख दोस्रो ओभरमै खाता नखोली आउट भएका थिए । त्यसपछि कुशल भुर्तेल र ज्ञानेन्द्र मल्लले ५० रनको साझेदारी गरे । ५३ रन हुँदा ज्ञानेन्द्र पनि आउट भए । त्यसपछि भुर्तेल र कप्तान रोहित पौडेल मिलेर नेपालको इनिङ्स अघि बढाएका थिए । यो जोडीले तेस्रो विकेटका लागि कीर्तिमानी १३३ रनको साझेदारी गरे । ओडीआईमा नेपाली खेलाडीको यो अहिलेसम्मकै ठूलो साझेदारी हो । यसअघि दीपेन्द्र सिंह ऐरि र देव खनालले गत वर्ष टीयू मैदानमै पपुवा न्यु गिनी विरुद्ध १२९ रनको साझेदारी गरेका थिए । तर नेपालको स्कोर १८६ हुँदा कप्तान रोहित ३४औं ओभरमा आउट भए । नेपालले त्यसपछि लगातार थप दुई विकेट गुमायो । रोहितले ७६ बल खेल्दै ७ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए । उनले नामिबिया विरुद्ध ५५ रन जोडेपछि नेपालका लागि ओडीआईमा एक हजार रन पूरा गरेका थिए । त्यसपछि कुशल मल्ल ६ र दीपेन्द्र सिंह ऐरि ७ रनमा आउट हुँदा नेपालको स्कोर २१२–५ थियो ।
रुबेन ट्रम्पलमेनले रोहित, कुशल मल्ल र दीपेन्द्रलाई लगातार आउट गरेपछि नामिबियाले खेलमा पुनरागमन गर्ने प्रयास गरेको थियो । तर चार वर्षपछि पहिलो पटक ओडीआई खेलेका सन्दिप जोरासँग भुर्तेलले ४९ रनको महत्वपूर्ण झारेदारी गरे । जोराले २४ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा २८ रन जोडे । जोरा आउट भएपछि क्रिजमा आएका करण केसीले ब्याटिङमा पनि चमत्कारिक प्रर्दशन गरे । उनले छक्का चौकाको बर्षात नै गराए । त्यसअघि करणले ५ विकेट लिएका थिए । तर नेपाललाई जितका लागि ३ रन आवश्यक हुँदा भुर्तेल आउट भए । लगत्तै आएका सन्दीप लामिछानले डक आउट भए । त्यसपछि आएका सोमपाल कामीले चौका प्रहार गर्दै नेपालको जित पक्का गरे । करण केसीले १२ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा अविजित २० रन बनाए ।नेपाललाई जितका लागि ३ रन मात्र आवश्यक हुँदा भुर्तेल आउट भए । उनले ११३ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गरे । सोमपाल कामीले विजयी चौका प्रहार गरे । नेपालले ओडीआईमा बनाएको यो अहिलेसम्मकै ठूलो स्कोर समेत हो ।
स्मरणरहोस् नेपालले यसअघि २०१९ मा युएई विरुद्ध २५५ रनको लक्ष्य पुरा गर्दै जित निकालेको थियो । गत जुनमा लिग टु मै अमेरिका विरुद्ध २७५ रनको लक्ष्य पछ्याउँदा नेपालले स्कोर टाई गरेको थियो । गत वर्ष टीयू मैदानमा पपुवा न्युगिनी विरुद्ध २९३ रनको लक्ष्य पछ्याएको नेपाल २८६ रन बनाएँदा पराजित भएको थियो ।
त्यसअघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै नामिबियालाई ब्याटिङको निम्तो दिएको थियो । जहाँ भान लिगेनले १३३ रन बनाएपछि नामिबियाले ५० ओभरमा सबै १० विकेट गुमाएर २८५ रन बनाएको थियो । कप्तान जेर्हार्ड एरासमसले अर्धशतक प्रहार गरे । लिग टु अन्तर्गत पछिल्लो पटक डिसेम्बरमा नामिबियामै भएको खेलमा पनि भान लिगेनले शतक र एरासमसले अर्धशतक प्रहार गरेका थिए ।
नेपालका लागि करण केसीले १० ओभरमा १ मेडन राख्दै ६१ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । सन्दीप लामिछानेले ३ विकेट लिए । १० ओभर पुरै बलिङ गरेका उनले ६६ रन खर्चिए । उनले आफ्नो दोस्रो बलमै विकेट लिएका थिए । यस्तै ४९औं ओभरमा बलिङ गर्दा उक्त ओभरको पहिलो र अन्तिम बलमा सन्दिपले विकेट लिएका थिए । सोमपाल कामीले र कुशल मल्लले १–१ विकेट लिए । सोमपालले खेलको तेस्रो ओभरमै नेपालका लागि पहिलो विकेट लिएका थिए ।
कुशलको पहिलो सतक
कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक प्रहार गरे । त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले ९९ बल खेल्दै ९ चौका र ४ छक्काको सहयोगमा १०० रन पूरा गरेका थिए । नेपाललाई जितका लागि ३ रन मात्र आवश्यक हुँदा भुर्तेल आउट भए । उनले ११३ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गरि कुल ११५ रन बनाए गरे । यस सङ्गै भुर्तेल ओडीआई र टी–२०मा नेपालका लागि शतक प्रहार गर्ने तेस्रो खेलाडी समेत बने । यसअघि पूर्व कप्तान पारस खड्का र पूर्व उपकप्तान दीपेन्द्र सिंह ऐरीले यो उपलब्धि हासिल गरेका थिए ।