काठमाडौं–पीएनजीले दिएको २३५ रनको लक्ष्य यूएईले ३८.४ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्दै पीएनजीलाई ६ विकेटले पराजित गरेको छ।
यूएईका कप्तान मुहम्मद वासिमले ७६ बलमा ११९ रन बनाएका थिए। उनले ६० बलमै शतक बनाउने यूएईको पहिलो ब्याटरका रुपमा रेकर्ड समेत बनाएका छन्। यूएईका वृत्य अरबिन्दले ३३ रन, चुन्दनग्यापोइ रिजवानले नटआउट ४४ रन र अबजल खानले २७ रन बनाएका थिए ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनाएको थियो।
आइसीसी लिग टू अन्तर्गतको अन्तिम शृंखलाको अन्तिम खेल बिहीबार नेपाल र यूएईबीच हुँदैछ। बिहीबार पनि खेल जित्दा नेपाल विश्वकप छनोटमा पुग्नेछ।
Comments