निष्क्रिय गुगल खाता बन्द हुँदै

काठमाडौ, ११ मंसिर । आजभोलि गुगल खाता साना बालबालिकादेखि वृद्धवृद्धा सबैमा लोकप्रिय छ । गुगल हरेक उमेर र वर्गका मानिसहरूद्वारा प्रयोग गरिन्छ  । यो फोन, ट्याब्लेट, ल्यापटप र कम्प्युटर जस्ता सबैका ग्याजेटहरूमा सर्वव्यापी एपको रूपमा यसलाई प्रयोग गरिने गरिएको छ ।

गुगलले समय समयमा प्रयोगकर्ताहरूको सुरक्षा गर्न आफ्नो नियम तथा नीतिहरुलाई अद्यावधिक गरिरहेको हुन्छ । अहिले गुगलले जीमेलको नीतिमा पनि परिवर्तन गर्दैछ। गुगलले आफ्नो जीमेल होल्डरहरूको निष्क्रिय जीमेल खाताहरू बन्द गर्न लागेको छ ।

दुई वर्ष वा सोभन्दा बढी समयदेखि लगइन वा साइन इन नगर्ने सबै खाताहरूलाई निष्क्रिय मान्नेछ। यी खाताहरूमा रहेको सामग्री पनि मेटाउनेछ र खाताहरू सदाका लागि बन्द गर्नेछ।

कम्पनीले डिसेम्बर १, २०२३ देखि जिमेलका निष्क्रिय खाताहरू बन्द गर्ने प्रक्रिया सुरु गर्नेछ। तसर्थ, गुगलले सबै निष्क्रिय इमेल धारकहरूलाई उनीहरूको इमेल वा उनीहरूको रिकभरी इमेलमा ‘रिमाइन्डर इमेल’ मार्फत यस बारे जानकारी गराएको छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित