चीनले नयाँ पुस्ताको सुपर कम्प्युटर अनावरण गर्यो

चीन, २० मंसिर । चीनले नयाँ पुस्ताको सुपर कम्प्युटर बुधबार अनावरण गरेको छ । चीनमा नै विकास गरिएको सुपर कम्प्यूटर “Tianhe Xingyi”को अनावरण गरिएको समाचार एजेन्सी सिन्हाले जनाएको छ ।

अघिल्लो संस्करणको तुलनामा धेरै गुणा बढी शक्तिशाली, आर्टिफिसियल इन्टेलिजेन्स वा एआई, ठूलो मोडेल प्रशिक्षण र ठूलो डेटा विश्लेषण, पावर भण्डारण र एप्लिकेसन लगायतका धेरै क्षेत्रमा क्षमता भएको सुपर कम्युटर दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तको राजधानी ग्वाङ्झाउमा रहेको नेशनल सुपरकम्प्युटिङ सेन्टरमा अनावरण गरिएको थियो ।

सेन्टरका निर्देशक लू युटाङका अनुसार नयाँ कम्प्युटरले सिपियु, कम्प्युटिङ, नेटवर्क, स्टोरेज र एप्लिकेसनजस्ता क्षमतामा विश्वको सबैभन्दा तीव्र सुपर कम्प्युटरहरू मध्येको एक तियान्हे–२ ले भन्दा राम्राे प्रदर्शन गरेको बताएका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित