काठमाडौं । विदेशबाट नेपाल आउदा अब दुइटा मोबाइल ल्याउन पाइने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशबाट नेपाल फर्किदा व्यक्तिगत प्रयोजनका लागि एक भन्दा बढी मोबाइल ल्याउन दिन निर्देशन दिएका छन् ।
विदेशबाट ल्याएको एक भन्दा बढी मोबाइलका सम्बन्धमा नागरिक स्तरबाट गुनासो आएपछि त्यसलाई तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन ।
रोजगारीका सिलसिलामा विदेश गएका नेपालीले आफूसँग फर्किंदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीले निर्देशन दिनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले बताएका छ्न ।
स्मरण रहोस् प्रधानमन्त्री प्रचण्डले यस अघि पनि यस्तै निर्देशन दिएका थिए। तर उक्त निर्देशनको अवज्ञा गर्दै १८ पौषमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा विदेशबाट आउने नेपाली यात्रुहरुको मोबाइल रोकिएको समाचार सार्वजनिक भएको थियो । प्रम प्रचण्डले २०७९ पौष १९ गते पुनः निर्देशन दिएर अब विमानस्थलमा त्यसरी नरोक्न निर्देशन दिएका छन ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले सन्चारकर्मीहरुसँग भनेका छन –“आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कारवाही अघि बढाउन निर्देशन दिएको छ । ”