दक्षिणपन्थी नेतृत्वसँग सम्बन्धविच्छेदको घोषणा

सन्धिखर्क । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका लोकप्रिय तथा प्रभावशाली नेता÷कार्यकर्ताहरुले पार्टी केन्द्रसँग सम्बन्धविच्छेदको घोषणा गरेका छन् । नेकपा (मसाल) तथा राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वले दक्षिणपन्थी नीति लिएको भन्दै उनीहरुले सम्बन्ध विच्छेदको घोषणा  गरेका हुन् । सदरमुकाम सन्धिखर्कमा २०७९ जेठ ३१ गते पत्रकार सम्मेलन गर्दै उनीहरुले अब आफूहरुको समर्थन नेकपा (मसाल) केन्द्रीय समन्वय समिति र राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिलाई रहने स्पष्ट पारेका छन् ।

पत्रकार सम्मेलनमा एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले मसालको दक्षिणपन्थी कार्यदिशाको भ्रममा परेका सम्पूर्ण कमरेडहरुलाई समयमै सचेत भई समन्वय समितिको क्रान्तिकारी कार्यदिशालाई समर्थन गर्न आह्वान समेत गरेका छन् । उनीहरुद्वारा २०७९ जेठ ३१ गते जारी प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ–“हामी ने.क.पा.(मसाल), अर्घाखाँचीका कार्यकर्ताहरु लामो समय देखि पार्टी तथा त्यसका जनवर्गीय संगठनहरुमा रही अनुशासित र इमान्दारीपूर्वक पार्टीको नीति तथा निर्णयहरुलाई मानेर काम गर्दै आइरहेका थियौ । पार्टीको आठौ महाधिवेशनले दक्षिणपंथी नीति पारित ग¥यो । त्यो गल्तीलाई सच्याउनका लागि देश तथा विदेशमा रहेका साथीहरुबाट आवाज उठयो । तर पार्टीले आफ्ना दक्षिणपंथी नीतिहरुलाई सच्यायर जानुको सट्टा केन्द्र देखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्ताहरुलाई कथित अनुशासनका नाममा कारबाही ग¥यो ।

हाम्रो अर्घाखाँची जिल्लामा पनि पार्टीका दक्षिणपंथी नीति तथा विधान विपरतिका कार्यवाहीहरु फिर्ता लिनका लागि बैठकहरुमा कुरा उठाउदा पनि नेतृत्व तहले कुनै किसिमको सुनुवाई नगरे पछि हामी तपसिलका कार्यकर्ताहरुले ने.क.पा.(मसाल) तथा त्यसको वैधानिक मोर्चा र जनवर्गीय संगठनबाट सम्वन्ध विच्छेद गरी आज मिति २०७९ जेष्ठ ३० देखि ने.क.पा.(मसाल) केन्द्रीय समन्वय समिति तथा रा.ज.मो.केन्द्रीय समन्वय समितिलाई समर्थन गर्ने निर्णय गरेका छौ । साथै मसालको दक्षिणपन्थी कार्यदिशाको भ्रममा परेका सम्पूर्ण कमरेडहरुलाई समयमै सचेत भई समन्वय समितिको कान्तिकारी कार्यदिशालाई बढि भन्दा बढि समर्थन गर्न अनुरोध तथा आह्वान गर्दछौ ।”

यसरी संयुक्त विज्ञप्ती जारी गर्नेहरुमा  नरेन्द्र बहादुर थापा (अध्यक्ष, अखिल नेपाल बुद्धिजीवि संघ, जिल्ला समिति), गंगाराम खनाल (सचिवालय सदस्य, रा.ज.मो. जिल्ला समिति) ज्ञानेन्द्र खनाल (उपाध्यक्ष, अखिल नेपाल किसान महासंघ नेपाल, स.न.पा.), पिताम्वर भट्टराई (अखिल नेपाल बुद्धिजीवि संघ), दल बहादुर के. सी.(केन्द्रीय प्रतिनिधि अखिल नेपाल शिक्षक संघ), खिमराज भट्टराई (अध्यक्ष, रा.ज.मो. स.न.पा. ४),  सीता भट्टराई (सदस्य, अखिल नेपाल महिला संघ, जिल्ला कार्य समिति), कमल प्रसाद भुसाल (अखिल नेपाल बुद्धिजीवि संघ), सारदा गैरे (सदस्य, अखिल नेपाल महिला संघ), गोकर्ण कुमाल (सदस्य, रा.ज.मो. जिल्ला समिति), लव कुमार सुवर्णकार (सदस्य, जातीय समता समाज), मीना के.सी.  (सदस्य, अखिल नेपाल महिला संघ),  कुल बहादुर नेपाली (सल्लाहाकार, जातीय समता समाज, जिल्ला समिति), गोकर्ण परियार (सदस्य, जातीय समता समाज, जिल्ला समिति), ज्ञान प्रसाद भुसाल (सदस्य, रा.ज.मो. भुमिकास्थान नगरपालिका), शिव बहादुर नेपाली (सदस्य, रा.ज.मो. स.न.पा.), मजन्ता नेपाली (सदस्य, अखिल नेपाल महिला संघ), तारा हिताङ्ग (सदस्य, अखिल नेपाल युवक संघ, जिल्ला समिति), सरस्वता नेपाली (अखिल नेपाल महिला संघ), पुन बहादुर नेपाली (सदस्य, जातीय समता समाज, जिल्ला समिति), जनक नेपाली (जातीय समता समाज), धन बहादुर के.सी. (सदस्य, रा.ज.मो., वडा समिति), कृष्ण प्रसाद भुसाल (सदस्य, रा.ज.मो. छत्रदेव गाँउपालिका), गंगा कुमाल (सदस्य, अखिल नेपाल महिला संघ, जिल्ला समिति), कल्पना राउत (सदस्य, अखिल नेपाल शिक्षक संघ), लक्ष्मी पुकार सुवर्णकार (सदस्य, रा.ज.मो. गाँउ समिति.), कपिल थापा (सदस्य,  अखिल नेपाल शिक्षक संघ), निर्मल शर्मा (सदस्य, रा.ज.मो.), रेशम बहादुर थापा (सदस्य, रा.ज.मो.), विष्णु भट्टराई (सदस्य, अखिल नेपाल महिला संघ, गाउँ कमिटि), एलिसा कुवर (सदस्य,अखिल नेपाल महिला संघ), मान बहादुर वि.क. (सल्हाकार, जातीय समता समाज, जिल्ला समिति) र पदम प्रसाद बन्जाडे (सदस्य,  अखिल नेपाल शिक्षक संघ) रहेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित