विभेद गर्नेलाई कमजोर बनाउने अभियान

सिर्जना विश्वकर्मा ••

प्रिय सहयात्री साथी

तिमीलाई रातो अभिवादन

मलाई थाहा छ तिमीलाई पनि सन्चो छैन,

वर्षौ देखि तिमी र म एउटै समस्याले जलिरहेका छौँ,छट्पटाईरहेका छौँ ।
तर तिमी त्यो समस्याको कारकतत्त्व व्यक्ति मान्छौ र व्यक्तिको विरूद्धमा लड्दै छौँ । म त्यसको कारकतत्त्व त्यो व्यवस्था मान्छु जुन वर्ण व्यवस्थाको जगमा टेकेर बनेको छ । म त्यो वर्णव्यवस्थाको जरा खोतल्न लाग्दैछु ।

साथी
जब सम्म हाम्रो विभेदप्रतिको सोच व्यक्तिमा मात्र केन्द्रित हुन्छ तबसम्म हाम्रो पुर्ण मुक्ति सम्भव छैन ।
तिमी भन्छौ,अहिले त्यो व्यवस्था ढलाउन सकिन्छ र ? तर
हामीले खन्न थालेको बाटो अहिले तत्काल गन्तव्यमा पुग्न सक्दैन भनेर बाटो नै नखन्ने भन्ने हुन्छ र ??
तिमी भन्छौ मैले म जस्तैसङ्ग हिड्नु पर्‍यो भनेर
म जस्तो देखिने मात्र सङ्ग सङ्गै म कसरी हिडँु भन त?
विभेदको हागा काट्नेहरूलाई मेरो आवश्यक सहयोग जरूर रहने छ,तर
मेरो लक्ष्य भने विभेदको जरा पल्टाउने हो ।
तसर्थ जरा खोतल्न आउनेलाई स्वागत छ तर जरा खोतल्न छोडेर म हागा काट्न तिर जान सक्दिन साथी ।
म एक्लै बनुला तर ईतिहास लेख्ने सुरुवात म गरेरै छाड्ने छु ।
म प्रति तिमीलेले गलत सोच पालेकी रहिछौ ।
म कसैको विरोधी होईन
तर सही विभेदको जड देखाईदिने मेरो कर्तव्य हो । आजसम्म कसैले विभेद कहाँबाट सुरू भयो भन्ने शिक्षा दिने आँट कसैले गरेन अहिले जस्ले गर्दैछन उनीहरूले साच्चिकै नयाँ इतिहासको जग खन्दैछन् । उनीहरूसँग सहकार्य गर्नु मेरो कर्तव्य हो ।
साथी
घटना केन्द्रित आन्दोलनले कही पुर्‍याउँदैन ।
घटना केन्द्रित आन्दोलन गर्नेहरू बलेको आगो ताप्ने मात्र हुन । जुन दिन आगो निभ्छ उनीहरू आफै चिसिनेछन् ।
कानूनी राज्यमा घटना केन्द्रित आन्दोलनले दोषीलाई अदालतसम्म मात्र पुर्‍याउने हो त्यो भन्दा ठूलो हुन्थ्यो भने
घटना केन्द्रित आन्दोलन कति र के के भए भन्ने सायद थाहा हुनुपर्छ त्यती हुँदा पनि विभेद किन हटेन ???
अझै पनि नसोच्ने हो र??
घटनाकेन्द्रित आन्दोलन
१) पशुपति मन्दिर प्रवेश आन्दोलन
२) शैलेश्वरी मन्दिर प्रवेश आन्दोलन
३) माडीको कोटी होम सङ्घर्ष
४) उदियाचौर दुध भराउ सङ्घर्ष
५) सिपापोखरी पानी उघाउ सङ्घर्ष
६) सिनो बहिष्कार सङ्घर्ष
७) रूकुम घटना विरूद्ध सङ्घर्ष
८) कोठाभाडा नदिने विरूद्ध सङ्घर्ष
९) अन्तर्जातीय बिबाह विरूद्ध सङ्घर्ष
१०) सहभोज कार्यक्रम
यस्ता सङ्घर्ष कति भए कति तर खै हामी अछूतबाट मान्छे बन्न सकेको ?????
तिमी भन्छौ धर्म त्याग्न साथ विभेद हट्छ त ???
त्याग्न साथ हट्दैन कदापि हट्दैन ।
तर कैदी हुनु र आजाद हुनुमा धेरै फरक छ नि साथी
जसले विभेद गरेको छ उसैलाई मजबुत बनाउँदै उसैसँग लड्नुले कुनै अर्थ राख्दैन ।
मजबुत घरको तल्लो ईट्टा हट्दा एक्कासी घर पल्टिन्न तर कम्जोर जरूर हुन्छ ।
हो
अहिले मलाई विभेद गर्नेहरूलाई कमजोर बनाउने अभियान हो मेरो । र कमजोर घर एक दिन अवश्य ढल्ने छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित