न्याय मार्चलाई नेकपा (मशाल)द्वारा स्वागत

काठमाडौं । मिटर व्याज पीडितहरुको पश्चिम कंचनपुरबाट शुरु भएको न्यायमार्च दाङ आइपुगेको छ ।
मिटर व्याज विरूद्धको आन्दोलनको पश्चिम महाकालीको कंचनपुरको नेपालको गड्डाचौकीबाट माघ १६ गते १०.१५ देखी शुरू भएको यो आन्दोलन २०८० माघ २२ गते दाङको देऊखुरीको कप्तानगंज आएको छ । नेपाल कम्युनिस्ट पार्टी मशालका जिल्ला सचिब राम बहादुरजी एम न्याय मार्चमा सहभागीहरुलाई स्वागत गर्दै आन्दोलनकारीहरुलाई अविर लगाएर अन्दोलनप्रति ऐक्यबद्धता समेत जनाएका छन् ।

यो आन्दोलनको नेतृत्व गर्नु भएको “निर्ग नबीन” ले पूर्व तिरको आन्दोलनको नेतृत्व “अबधेश कुशवाह” ले गरेका छन् । उनीहरु सिराह आइपुगेको जानकारी भएको छ । आन्दोलनमा सहभागी भएका रूपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १२ गाऊँ सुनवल बस्ने सिंटू बनियाँ, पिंटू बनियाँबाट पचास हजÞार ऋण लगेको ८० लाखको तमसुक, प्रदीप मुरावका बुबा राम अवतार मुराउले बनाएको, बर्दघाट नगरपालिका वडा नम्वर १४ बस्ने कुल बहादुर थापाले लाल बहादुर खड़कासँग ७२ सालमा ४ लाख नगद ऋण लिएको , त्यो सावा ब्याज तिरेर पनि कागज फुक्का गÞराउन भन्दा अरु १७ लाख मागेको र ७ कठ्ठा जग्गा हड़पेको हाँक साप्ताहिकका दाङ प्रतिनिधिसँग बताए । लघु वित्तीय, सहकारी ,वाणिज्य बैंक, बैंक र व्यक्तिगत ऋण लिएका र व्याजको स्याज त्यसको पनि व्याज लगाउँदै गÞरिबको गास, बास खोस्ने प्रमुख दोषी यो पुँजीवादी राज्यसत्ता नै हो । त्यसको विरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकता रहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित