प्यूठानको खुङमा पर्यटन महोत्सव

प्यूठान । गौमुखी गाउँपालिका वडा नम्बर ५ खुङले एक दिने पर्यटन महोत्सव सम्पन्न गरेकोछ । चैत्र ११ गते खुङमा पन्चे बाजाको साँस्कृतिक झाँकी सहितको र्याली, रुपाचौरदेखि गुफा डाँडा सम्म पुरुष र महिला दौड प्रतियोगिता, पर्यटन र विकास सम्बन्धी वक्ताहरूको मन्तव्य, कालाकारहरूको साँस्कृतिक प्रस्तुति सहित सो पर्यटन महोत्सव सम्पन्न भएको हो । महोत्सवका प्रमुख अतिथि संघीय संसदका सदस्य सूर्यबहादुर थापा थिए । थापाले पर्यटनको विकासका लागि प्यूठान– बागलुङ सडक मार्ग निर्माण पूरा गर्नु पर्ने बताए ।

वडा कार्यालयदेखि रुपाचौरसम्म ¥याली सम्पन्न भए पछि रुपाचौरमा एक सभा गरिएको थियो । प्राकृतिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्तै सम्भावना भएको ठाउँ भएकोले टोप्रे गुफाको बारेमा प्रचारप्रसार तथा प्रबद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष वरुणध्वज मल्लले बताए । प्यूठान जिल्ला समन्वय समितिका प्रमुख धर्म बहादुर जि. सी.ले जिल्ला समन्वय समिति जिल्लाका विकासमा सधै सहयोगी र समन्वयात्मक भूमिकामा रहने बताए । नेपाली काङ्ग्रेस प्यूठानका सभापति एवम् गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु गिरीले यस पटक गुल्मीको मदाने गाउँपालिकाले ५ लाख र प्यूठानको गौमुखी गाउँपालिकाले २ लाख रुपैयाँ टोप्रे गुफा पर्यटन विकास पूर्वाधारको लागि छुट्टाएको बताए । गिरीले गुल्मी र प्युठानको सिमानामा रहेकोले दुबै जिल्लाका जोडिएका पालिकाको समन्वय तथा सहकार्यमा पर्यटन क्षेत्र बिस्तार र बिकास गर्ने सहमति भएको जानकारी गराए । नेकपा (माओवादी केन्द्र) प्यूठानका अध्यक्ष तथा माण्डबी गाउँपालिका अध्यक्ष नवराज अधिकारी र बागलुङ बडीगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वनले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा नेकपा( मशाल) केन्द्रीय प्रवक्ता रामबहादुर बुढा, राष्ट्रिय जनमोर्चा प्यूठानका अध्यक्ष ज्ञामुराम न्यौपाने,
नेकपा (एमाले) प्युठानका सचिव माधव पौडेल, राष्टिय स्वतन्त्र पाटी प्युठानका सँयोजक सुमन सुवेदी, नेकपाका प्युठान सेक्रेटरी राजेन्द्र रावत, नेकपा (समाजवादी) का उपाध्यक्ष राजकुमार कक्षपति, नेपाल पत्रकार महासँघ प्युठानका उपाध्यक्ष राधिका भुसाल, जिल्ला समन्वय सदस्य निर्मला पोख्रेल, नेपाल बार एशोशिएशन प्यूठानका पूर्व अध्यक्ष विदुर मल्ल, प्युठान क्याम्पस प्रमुख कल्पना खड्का, स्वर्गद्वारी क्याम्पसका उपप्राध्यापक गिर ब.भण्डारी, लोक दोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्मा, गौमुखी माबि.का प्र.अ. अर्जुन के.सी., गैसस प्युठानका जुमान सिँ केसी , मदाने १ गुल्मीका वडा अध्यक्ष सुशील चन्द, होटल ब्यावासायी सँघका चन्द्रलाल न्यौपाने, निर्माण व्यवसायी संघका शोभाराम न्यौपाने लगायतको कार्यक्रममा आतिथ्यता थियो ।

सभाको कार्यक्रम पछि रुपाचौर देखि टोप्रे गुफा डाँडासम्म खुल्ला पुरुष तथा महिला दौड प्रतियोगिताको आयोजना गरिएको थियो। दौड प्रतियोगिताको सहजीकरण गौमुखी गाउँपालिका उपाध्यक्ष महाबिर रानाले गरेका थिए । ७५ जना पुरुष तथा महिलाले भाग लिएको सो दौड प्रतियोगितामा २९ मिनेटमा रुपाचौरदेखि गुफाको धुरीमा पुग्न सफल रजवाराका इन्द्र पुनमगर प्रथम, खुङका सन्तोष मल्ल दोस्रो , खुङका कृष्ण आचार्य तेस्रो र महिला तर्फ ३१ मिनेटमा रजवाराका अञ्जली मल्ल प्रथम, खुङका सृजना मल्ल दोस्रो र चमेली बिष्ट तेस्रो भएका थिए । उनीहरुलाई प्रथम, द्वितीय, तृतीय क्रमश दस हजार, सात हजार, तीन हजार र प्रमाणपत्र प्रदान गरिएको थियो।

अन्त्यमा टोप्रे गुफा डाँडामा दौड प्रतियोगिताका बिजेताहरूलाई पुरस्कार वितरण सहित समापन कार्यक्रम राखिएको थियो । प्रमुख अतिथि सांसद थापाले बिजेताहरूलाई प्रमाणपत्र उपलब्ध गराएका थिए । समापन कार्यक्रममा सांसद सूर्यबहादुर थापा, गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरी, नेकपा(मशाल) का प्रवक्ता रामबहादुर बुढा, गुल्मीको मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्का लगायतले मन्तव्य राखेका थिए । गुल्मी मदाने गाउँपालिका वडा नम्बर १ को भैलो टोलीले सोरठी नृत्य प्रस्तुत गरेको थियो । गौमुखी गाउँपालिकाका जिल्लास्थित राजनैतिक दल, संघसंगठनका प्रतिनिधि, आम नागरिक तथा पत्रकार लगायतको उल्लेखनीय जनसहभागिता रहेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित