–पीताम्बर भट्टराई
यहाँ वैज्ञानिकहरुले अन्वेषण गरिरहेको समय यात्राको चर्चा गर्न खोजिएको नभएर मेरो कुनै समयको यात्राको वर्णन गरिएको छ । २०२७ सालको कुरा हुनुपर्छ । म जनज्योति हाइस्कूल चुत्रावेशी अर्घाखाँचीमा अध्यापन गर्दै थिएँ । नेकपा अर्घाखाँचीले मलाई एउटा चिठ्ठी लिएर मोहनविक्रम सिंहलाई दिनको लागि प्यूठान पठायो । सम्पर्क ठेगाना थियो तात्कालिन मच्छि हाइस्कूलका प्र.अ. खड्ग बहादुर जि.सी.सँग सम्पर्क ।
म अर्घाखाँची चुत्रावेशीबाट उक्त चिठी जनतन साना गोजीमा लुकाएर प्यूठानको लागि हिंडे । कहाँ गएर बास बसे त्यो मलाई स्मरण छैन । अर्को दिन २ बजे मच्छि हाइस्कूलमा पुगेर कार्यालयमा आफ्नो परिचय चुत्रावेशी जनज्योति हाइस्कूलको शिक्षक कै रुपमा दिएँ । त्यहाँ शिक्षक बाहेक २÷३ जना बसिरहेका थिए । जो मेरो लागि अपरिचिछत थिए । चार बज्यो सबै शिक्षकहरु आ–आफ्नो घर लाखापाखा लाग्दै गर्दा मैले सुटुक्क उक्त चिठी खड्गबहादुर जिसीलाई दिएँ । एमविको चिठी रहेछ । तपाई दिनभरी यही कार्यालयमा एमविसँगसँगै हुनुहुन्थ्यो । दिउँसै दिनु पथ्र्यो भने उनले (चिठी एमविम कै हो भन्ने मलाई थाहा त थियो । त्यस्तो दुब्लो पातलो धोती लगाएको मान्छे मैले एम.वि.को रुपमा कल्पना गर्न सकेनछु । मेरा तत्कालिन कल्पनामा एमवि मोटो घाटो सुकिलो हुनुपथ्र्यो । खड्गबहादुरलाई आफूले मोहनविक्रमलाई नचिनेको कुरा मात्र जनाएँ ।
खड्कबहादुर जि.सीको डेरा करिब आधा घण्टा हिंडेर खोलाको किरानै किनार पुग्यौं । खडकबहादुरको श्रीमतीले खाना बनाइन खाना खाई दुवै जना त्यहाँबाट फक्र्यौं । खड्गबहादुरले मलाई मोहनविक्रमको मच्छीको घरमा लिएर गएँ । प्यूठान नेकपा जि.क.को बैठक हो कि सायद भित्र बैठक बस्यो । मलाई दलानमा राखियो । कार्तिकको महिना थियो । तत्कालिन रुपमा चल्तीको कपडा टेरेलिन (गर्मीमा तातो र जाडोमा चिसो हुने) को कमिज लगाएको थिएँ । जाडोले रातभरी थुरथुर काँप्दै बिताएँ । मिटिङ चल्दै गर्दा विहान मोहन विक्रम सिंहले । एक जना केटा प्यूठानबाट अर्घाखाँची लैजानु पर्ने र उक्त केटा अर्घाखाँची पठाइसकिएको जानकारी दिए ।
अनि म अर्घाखाँचीको लागि त्यहाँबाट फिर्ता भएँ । आउँदा चौकीमा आइसकेपछि मेरो शरीर पूरै चेक ग¥यो । केही नभेटाएपछि कहाँ गइतिस भन्यो । मैले मावली भने । ढाँट्छस् मात्रै भनेर छाडिदियो । कुन्नि किन हो जाँदा त्यही बाटो भएर गएको थिएँ केही सोधेन, फर्किंदा खानतलासी नै लियो । सायद चुक्लिलगाए छ कि कसैले । संजोग थियो ।जान्न सकिएन । विहानको खाना खान विष्णु प्रदिपको घरमा आए । उक्त समयमा विष्णुप्रदिप नेकपा अर्घाखाँचीसँग संगठित थिए । साँझ घरै आइपुगे । उक्त केटा लामा थरका थिए जस्तो लाग्छ । करिब एक वर्ष होला अर्घाखाँची नेकपाले पाले पछि उक्त व्यक्तिको पालन पोषणको जिम्मा अर्को कुनै जिल्लाले लिएकाले अन्यत्र पठाइयो । त्यो व्यक्ति को थियो भन्ने कुरा जान्ने मान्छे अहिले कोही छैन जस्तो लाग्छ त्यो को थियो । पार्टीले त्यतिका लगानी गरेर पालनपोषण गरेको व्यक्तिबाट पार्टीलाई उपलब्धी भयो भएन त्यो सबै मोहन विक्रमलाई थाहा होला ।