६ नं. प्रदेशमा पार्टी एकता सम्पन्न

काठमाडाैं। क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) का बीचमा २०८१ जेठ ७ गते ६ नं. प्रदेशको एकता अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा दिपक वहादुर शाहीले पार्टीको राजनीतिक प्रतिवेदन तथा विधान वाचन गरेर सुनाए पछि सहभागी प्रतिनिधिहरुले अनुमोदन गरेका थिए । प्रदेश न.६ को प्रदेश सँगठन समितिको दुइ पार्टीका प्रतिनिधिहरु सम्मिलित प्यानल प्रस्ताव पार्टीका केन्द्रीय कार्यालय सदस्य उदय चलाउनेले पेश गरे पछि सहभागी प्रतिनिधिहरुले प्रदेश संगठन समितिको प्यानल प्रस्ताव अनुमोदन गरेका थिए । प्रदेश न. ६ को एकता अधिवेशनले १ सय ११ जनाको प्रदेश कमिटी गठन गरेको छ । जसमा पहलवहादुर रावल (संगम) संयोजक, दिपक वहादुर शाही प्रकाश(उर्जा) , प्रेम वहादुर चलाउने (अनन्त), वलाराम सुनार (हिमाल) सहसंयोजकहरु रहनुभएको छ ।

एकता अधिवेशन कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सह– संयोजक सन्तबहादुर नेपाली (अशिम), अतिथिहरुमा केन्द्रीय कार्यालय सदस्य एव ६ न. प्रदेशका इञ्चार्ज प्रेम सुवेदी (प्रमोद), केन्द्रीय कार्यालय सदस्य उदय चलाउने (दिपक), केन्द्रीय कार्यालय सदस्य एवम् ७ न. प्रदेश इञ्चार्ज लालवहादुर जाग्री (प्रतिविम्व), सल्लाहकार सदस्य जयवहादुर शाही (प्रशिद्ध) ऋशिराम थारु (किरण), कमला खड्का (कर्णाली) रहनु भएको थियो ।

नयाँ निर्वाचित कमिटीलाई वधाइ तथा शुभकामना दिदै प्रमुख अतिथि तथा पार्टीका सहसंयोजक सन्तबहादुर नेपालीले पार्टीले एकताका आवश्यता र समसामयिक विषयमा धारणा राख्नु भयो । नवनिर्वाचित समिति लाई अथितिहरु प्रेम सुवेदी ,उदय चलाउने, लालबहादुर जाग्रीले पनि वधाइ तथा शुभकामना वक्तव्य दिनु भएको थियो ।
कार्यक्रमको अध्यक्षता पहलवहादुर रावल सँगम, सञ्चालन दिपक शाही प्रकाश (उर्जा) र स्वागत भाषण गुणनिधि आर्चायले गर्नुभएको थियो। एकता अधिवेशनमा ६ न.प्रदेशका सवै जिल्लाका प्रतिनिधि सहभागी भएका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित