भारत । उत्तर प्रदेशको बलरामपुर नजिकै पञ्चबटवा (कृष्ण नगर देखि २२ कि .मि .भारत तर्फ) मा २ नोभेम्बर २०२४ तदानुसार २०८१ कार्तिक १७ गतेका का दिन विहान ५ बजे पंजाबबाट आइरहेको कार र कृष्ण नगर तिर बाट गएको बस ठोकीदा कार ड्राईवर र कारमा बसेका एक जना २२ बर्षीय कम्प्यूटर ईन्जिनियर अनिल सापकोटाको घटनाना स्थलमानै दुखद निधन भएको छ। गैडाकोट नगरपालिका वाड नंबर ६ नवलपुर जिल्ला निवासी तथा हाल पंजावको रोपडमा अबस्थित बिजुली अफिसमा कार्यरत अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य कलाधर सापकोटाका २ छोरा ३ छोरी छन । जेठो छोरा क्यानाडा छन, छोरीहरू जापान, न्यूज़ीलैंड र निधरल्यांड छन। तर कान्छो छोरा नेपालमा थिए। निज आमा वुवा भेटघाट गर्न भनी पंजाबको रोपड पुगेका थिए। आमा वुवाको दर्शन पछि पंजाबबाट आफन्तकै कारमा स्वदेश फर्की रहेका थिए। कारवालाका परिवार कारको पछि थिए भने ड्राइवरको आडैको सिटमा अनिल बसेका रहेछन। अचानक कृष्णनगर पुग्न करिब २२ किलोमीटर दुरीमा रहेको पञ्चबटवा, बलरामपुरमा कार र बस ठोकिदा अगाडि बसेका सुनिल सापकोटा र ड्राइवरको घटना स्थलमामा नै मृत्यु भएको छ। उक्त घटनाको जानकारी पाउन साथ अखिल भारत नेपाली एकता समाजका पूर्व सचिव शोभाराम सापकोटा लगायतको टिम गैंडाकोटबाट घटना स्थलमा पुगी घटनाको जानकारी लिनु भएको थियो। घटनाको पोलीस केस तथा नजिकको हस्पिटलमा लागि मृतकहरूको पोस्टमार्टम गरिएको थियो। त्यस पछि एंबुलेंस द्वारा निज मृतक अनिल सापकोटाको शब नेपाल लगेर भरतपुरको नारायणी हस्पिटलमा राखिएको छ। क्यानाडमा रहेका छोरा र जापानमा रहेकी छोरी आए पछि दिनांक ५ नोभेम्बर २०२४ अन्तिम दाहसंकार गरिने वताइएकोछ ।
Comments

