काठमाडौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीले खिल्जी वस दुर्घटनामा मृत्युु हुनेका परिवार र घाइते परिवारलाई क्षतिपूर्ति दिन सरकार सित माग गरेकोछ । २०८१ कार्तिक २० गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीका सेक्रेटरी राजेन्द्र नेपालीले एक वक्तव्य प्रकाशित गरी सो माग गर्नु भएको हो । वक्तव्यको पूर्ण पाठ यश प्रकार छ ” “अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को बीचमा पर्ने खिल्जी दयाठाटी फूलबारीमा देउसीभैलो संचालन भइरहेको स्थानमा अकस्मात अनियन्त्रितढङ्गले गुडेर आएको वसले उपस्थित जनमानसमा ठक्कर दिँदा भूमिकास्थान नगरपालिका वडा नम्बर २ निवासी वर्ष ७० कि रुनी खनाल र स्थानीय वर्ष २२ की तारा श्रेष्ठको घटना स्थलमा मृत्यु भएको, ३५ जना घाइते भएको र सन्धिखर्क नगरपालिका वडा नम्बर ११ को ढुङ्गे देउराली नजिक कार दुर्घटनामा परी मालारानी ७ टिमुरे जन्म घर भइ हाल सन्धिखर्क नगरपालिका वडा नम्बर १ तुम्कोट निवासी २६ वर्षीय नवीन नेपालीको घटना स्थलमा मृत्यु भएको खबरले हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीलाई स्तब्ध बनाएकोछ । हामीलाई दु:खित तुल्याएको छ । घटनामा परी ज्यान गुमाउनु हुने मृतकहरू प्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण तथा मृतकका शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । यस्ता दुर्घटना हुन नदिन सचेत र सावधानी अपनाउन हुन सबै सरोकार पक्ष सँग अनुरोधका साथ दुर्घटनामा घाइतेहरूको उचित उपचार,मृतक परिवारहरूलाई क्षतिपूर्ति साथै घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी दोषी माथि हदै सम्मको कार्वाही गर्न सरकार सँग क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला अर्घाखाँची जोडदार माग गर्दछ । “
Comments

