धनमाया महर्जनको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

काठमाडौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य अमिर महर्जनकी आमा र केन्द्रीय सदस्य शारदा महतकी सासू आमा धनमाया महर्जनको स्मृतिमा एक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । धनमाया महर्जनको मृत्यु भएको १५ औं दिनमा २०८१ पौष ६ गते कीर्तिपुर नगरपालिका सुन्दरबजार स्थित उहाँकै निवासमा सो श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो । धनमाया महर्जनको परिवारमा उहाँका पति पान बहादुर महर्जन,दुई छोरा समीर महर्जन र अमिर महर्जन, दुई बुहारी संगीता महर्जन र शारदा महत,दुई नातिहरू अमूल र एलिस हुनुहुन्छ ।

कार्यक्रममा छोरा अमिर महर्जनले आमा धनमायाको पार्टी ,समाज र परिवारमा पुर्याएको योगदानको चर्चा गर्नु भएको थियो । अमिरले आफ्नी आमा पढालेखा नभए पनि सही दृष्टिकोण बोकेकी एउटी असल आमा हुनु हुनुहुन्थ्यो भन्दै अगाडि भन्नू भयो, ेम जनयुद्धमा लागे पछि आमाले मेरो छोरा के हुने हो भनेर चिन्ता गर्नु भएको थियो । तर पछि कुरा बुझ्दै जाँदा उहाँले पार्टी काममा लाग्न र राम्रो काम गर्न सल्लाह दिनु हुन्थ्यो । हामी आन्दोलनमा लागे पनि परिवारको बोझ उठाएर हामीलाई प्रोत्साहन गर्नु भयो र्र्। ै कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता सी पी गजुरेलले धनमाया जस्ता आमाहरूको सहयोगले जनयुद्धले विकास गरेको स्पस्ट गर्नु भयो । माओवादी आन्दोलनमा धोका भए पनि फेरि क्रान्तिकारी आन्दोलन उठ्ने र अगाडि बढ्नेछ भन्ने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरू हेमन्तप्रकाश ओली, चिन्तामणी पौडेल ,पवनमान श्रेष्ठ राम बहादुर बुढा, र धनमाया महर्जनका परिवारजनलाई आसन ग्रहण गराइएको थियो।

कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका तीन नम्बर प्रदेश संयोजक चन्द्रहरी सुवेदी अटलको अध्यक्षता ,केन्द्रिय सदस्य कृष्ण भक्त महर्जन कगेन्द्रको सन्चालनमा अगाडि बढेको थियो । धनमाया महर्जन र सहिदहरू प्रति एक मिनेट मौन धारण गरे पछि सहभागी सबैले धनमाया महर्जनको फोटोमा पुष्प र अबिर अर्पण गर्नु भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित