नवलपुरमा एकता महाधिवेशनको सन्देश सभा र १३२ औं माओ दिवस

कावासोती । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नवलपुर जिल्ला समितिक‍ो आयोजनामा एकता महाधिवेशनको सन्देससभा र १३२ औं माओ दिवस जिल्लाको सदरमुकाम कावासोतीमा सम्पन्न भएकोछ । टिकाराम काफ्लेको सन्चालन र जिल्ला सचिब सुमन थापाको अध्यक्षतामा अगाडि बढेको कार्यक्रम केन्द्रीय सदस्य अशोक लम्साल, जोतिनरायण सुवेदी, धनपति ज्ञवाली र लेखनाथ पौडेलको अतिथि आसन ग्रहण र ज्ञातअज्ञात सहिदहरुप्रति एकमिनेटको मौनधारण गरिएको थियो । त्यसपछि माओको फोटोमा माल्यार्पण गर्नुकासाथै उपस्थित नेतागणहरुले माओको जीवनी र योगदान बारे स्पष्टपार्नुकासाथै गत मंसिर १३ मा सुरु भएर २३ गते सम्पन्न क्रान्तिकारी कम्युण्टि पाटीै नेपालको एकता महाधिवेशन बारे स्पण्ट पार्नु भएकोथियो । कार्यक्रमका मुख्य बक्ता असोक लम्सालले विभिन्न रंगिबिरंगि नामधारी कम्युनिस्टहरुको भ्रमजालबाट मुक्त भएर एकमात्र सच्चा कम्युनिष्ट पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको झन्डामुनि गोलबद्ध भएर संघर्षको मैदानमा उत्रन आम जनता र कार्यकर्ताहरुलाइ अव्हान गर्नु भयो ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित