काठमाडौं ।नवलपरासीमा ठूला मालबाहक गाडी बन्द , बस र साना गाडी सुचारु रहेको टाफिक प्रहरी कार्यालयले जनाएको छ । नवलपरासी जिल्ला प्रहरी कार्यालयले निकालेको सूचना यस्तो छ– मिति २०८१।०९।२६ गते ५बजेर ३० मिनेटमा जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बिनयी त्रिवेणी गापा वडा नं १ बिनयपुल स्थित पूर्व पश्चिम राजमार्गमा रहेको बिनयी पुल(पक्कीं) को पूर्व पट्टीको फलामको भाग भाच्चिन जाँदा पूर्व पश्चिम राजमार्ग अवरोध हुन गएको हुँदा उक्त सडक प्रयोग गर्ने सवारी साधनहरुले बैकल्पिक बाटो प्रयोग गर्न हुन अनुरोध गर्दछौं ।
नोट –बिनयी त्रिवेणी गापा वडा नं २ ज्यामिरेबाट भित्री बाटो त्रिवेणी क्रसर हुदै गुम्बाचोक निस्कने (साना सवारी साधन), ठुला सवारी साधनको हकमा ज्यामिरे पेट्रोलपम्प नजिकैबाट सिजीचोक, डाँडाचौर, होङसी गेट निस्कने ६ चक्के सवारी साधन गरी वैकल्पिक बाटो प्रयोग गर्न हुन अनुरोध गर्दछौं ।
नवलपरासी राजमार्गमा ठूला मालबाहक गाडी बन्द , बस र साना गाडी सुचारु
Comments

