नेपाल र भारतका दलितहरुको समस्याबारे गोष्ठी सम्पन्न

बुटवल । रुपन्देहीको बुटवलमा नेपाल र भारतको दलित समस्याबारे गोष्ठी सम्पन्न भएकोछ। पौष २९ गते मेरिगोल्ड होटेलमा सम्पन गोष्ठीमा नेपाल र भारत दुवै देशका दलितहरूले भोगेका समस्या र समाधानका उपाय बारे विचार आदान प्रदान गर्ने कार्य सम्पन्न भएको थियो ।

१ बजे देखि कार्यक्रम सञ्चालन भएको थियो। “नेपाल भारत दलित समस्याको संघर्षको आयाम” विषयक उक्त अन्तर्क्रिया कार्यक्रममा नेपालको तर्फबाट कमरेड सन्त बहादुर नेपाली र शशिधर भण्डारी, भारतको तर्फबाट लखन सुबोध ( जाति उन्मुलन आन्दोलन गुरुघासीदास सेवादार संघ छत्तीस गढ भारत) र कमरेड तुहीन ( अखिल भारतीय संयोजक जाति उन्मुलन आन्दोलन एवं सिपिआइ एमएल रेड स्टार पि बि एम) ले विषयवस्तु प्रस्तुत गर्नुभएको थियो।
दुवै देशको तर्फबाट विषयवस्तु प्रस्तुत भएपछि उक्त विषयवस्तुमा आधारित रहेर बुद्ध अम्बेडकर जागरण मञ्च नेपालका केन्द्रीय अध्यक्ष हरि ओम विश्वकर्मा, वामपन्थी बुद्धिजीवी वीनबहादुर कुँवर, स्थानीय बुद्धिजीवी तथा दलित अधिकारकर्मीहरु जुद्धबहादुर विश्वकर्मा, लेखनाथ भण्डारी, श्यामबहादुर विश्वकर्मा, जोगेन्द्र गहतराज, फडेन्द्र कुमार गेले, सिर्जना विश्वकर्मा, राजेन्द्र नेपाली लगायतले आ(आफ्नो धारणा राख्नुभएको थियो।
विषयवस्तु माथि उठेका जिज्ञासा र प्रश्नहरूको बारेमा कामरेड शशिधर भण्डारी र कमरेड सन्तबहादुर नेपालीले पुनः प्रष्ट पार्नुभएको थियो।


एकीकृत दलित मुक्तिमोर्चा नेपालका केन्द्रीय कार्यवाहक संयोजक टेकबहादुर विश्वकर्मा र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल का केन्द्रीय नेता कृष्ण पौडेलले पनि उक्त कार्यक्रममा आआफ्नो धारणा राख्नुभएको थियो।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय नेता प्रेम सुवेदी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका रूपन्देही जिल्ला सचिव लक्ष्मीकान्त पौडेल , परियार सेवा समाज रूपन्देहीका अध्यक्ष लोकबहादुर परियार, नेपाल दलित सङ्घका गोपाल विश्वकर्मा, आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का जिल्ला उपाध्यक्ष इन्द्र राई, वामपन्थी बुद्धिजीवी तथा अधिवक्ता पदम कार्की र अध्ययन अवलोकन भ्रमणमा भारतबाट आउनुभएका सुखदेव सिंह गिल (पियुसिएल छत्तीस गढ सदस्य),अजय अनन्त ( जीएसएस कार्यालय सदस्य तथा छत्तिसगढ सचिव), तामेश्वर अनन्त ( जिएसएस छत्तीस गढ), वीरेन्द्र भारद्वाज (महासचिव, लोक सिर्जनहार युनियन), मिश्रीलाल खाँडे (अध्यक्ष, एसडिएस), मनमोहन बाँधे (जिएसएस छत्तीस गढ), सुकाल कोठेरी (जिएसए संयोजक बेमेतेर), दानसिंह टण्डन ( जिएसएस बिलासपुर), अजय जोशी (जीएसएस जाँजरीर चापा छत्तीस गढ), लखन टण्डन( जिएसएस) र दीपक साहु९ पियुसीएल राज्य कार्यकारणी सदस्य एवं भूविस्ताथावि किसान संगठन० को पनि आतिथ्यता रहेको थियो।

 

उक्त कार्यक्रमको अध्यक्षता एकीकृत दलित मुक्तिमोर्चा नेपाल ५ नम्बर प्रदेश संयोजक पूर्णविक्रम नेपाली, स्वागत सिर्जनशील सहयात्री सार्की समाज रूपन्देहीका अध्यक्ष बलबहादुर थापा र सञ्चालन जितामित्र सुनारको रहेको थियो।
कार्यक्रमको सहआयोजकको रूपमा सिर्जनशील सहयात्री सार्की समाज रूपन्देहीको रहेको थियो।

भारतबाट आएको उक्त टोलीले २८ गते लुम्बिनी र तिलौराकोटको अध्ययन भ्रमण गरेको थियो ।२९ गते बिहान जीतगढी किल्ला अध्ययन अवलोकन गरेको थियो। अधिवक्ता पदम कार्की, लेखक शशिधर भण्डारी र बुटवल उप महानगरपालिका वार्ड नम्बर १ का वडा अध्यक्ष नरेन्द्र बस्नेतले जीतगढी किल्लाको महत्त्व र ऐतिहासिक सन्दर्भ बारेमा प्रस्ट पार्नु भएको थियो।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित