नेपाल पत्रकार महासंघ रुपन्देहीको कार्ययोजना

१७ माघ, रुपन्देही । नेपाल पत्रकार महासंघ रुपन्देहीको कार्ययोजना बैठक सम्पन्न भएकोछ ।बैठकका निर्णयहरु यसप्रकार छन् ।–

नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष श्री दिनेश पाण्डेको अध्यक्षतामा यही माघ १५ र १६ गते लुम्बिनीमा सम्पन्न कार्ययोजना बैठक तथा तेश्रो नियमित बैठकले निम्नानुसारका निर्णयहरु गरेको छ ।

१– पत्रकारहरुको क्षमता विकास तथा लेखनवृत्तिका लागि कोष स्थापना गर्ने ।

२ – पत्रकार महिलाहरु सुत्केरी हुँदा सुत्केरीको पोषण तथा स्याहारका लागि सहयोग पुर्‍याउन सुत्केरी कोष स्थापना गर्ने ।

३ – मल्टिमिडिया र डिजिटल मिडिया लक्षित भिडियोग्राफी, फोटोग्राफी, बेवपोर्टलसम्बन्धि प्राविधिक तालिमहरु सञ्चालन गर्ने।

४– सञ्चारसम्बन्धि अध्ययन अनुसन्धान र पत्रकारिताको अनुभवमा आधारित प्रकाशनका कार्यहरु गर्ने।

५– खोजमूलक पत्रकारिता र लेखनमा सघाउ पुर्‍याउने गरी मासिक रुपमा नलेज सिरिज सञ्चालन गर्ने।

६– नेपाल पत्रकार महासंघ रुपन्देहीको मुखपत्र ुमोफसलुलाई ६–६ महिनामा प्रकाशन गर्ने।

७– नेपाल पत्रकार महासंघ रुपन्देहीको वेबसाइटलाई पत्रकारिताको अध्ययन सामग्रीहरुको संग्रहका रुपमा विकास गर्ने।

८–पत्रकार कल्याणकारी कोष वृद्धि गर्दै जटिल रोग उपचार र दुर्घटनासम्बन्धि उपचारलाई थप प्रभावकारी बनाउन आवश्यकताअनुसार संसोधन गर्ने।

९– पत्रकार आचारसंहिता पालनाका सन्दर्भमा केही जटिलताहरु देखिएको, सामाजिक सञ्जालहरुमा पत्रकारहरुले व्यक्तिगत र संस्थागत आक्षेप लगाएर टिकाटिप्पणीहरु गर्ने क्रम बढेको र यसले पत्रकारितालाई नै अमर्यादित बनाउने भएकाले पत्रकारहरुलाई थप जिम्मेवार बनाउन आवश्यक अनुगमन गर्ने र आचारसंहिता पालनाका लागि कडाइ गर्ने। गैरपत्रकार तथा सञ्चारसंस्थासँग असम्बन्धित व्यक्तिहरुले सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गर्ने क्रम बढेको पाइएकाले पत्रकार र सञ्चारसंस्थाहरुलाई स्थायी रुपमा प्रेस नलेख्न अपील गर्ने र सुरक्षा निकायलाई प्रेस लेखेर दुरुपयोग गर्नेहरुको निगरानी गर्न आग्रह गर्ने।

१०– सञ्चारमाध्यमहरुमा पत्रकारहरुले पारिश्रमिक पाएनपाएको अनुगमन गर्ने र समयमा पारिश्रमिक प्रदान गर्नका लागि सञ्चारगृहहरुलाई अनुरोध गर्ने।

११– सञ्चारसंस्थाहरु सञ्चालनमा देखिएका समस्या र चुनौतीका सन्दर्भमा सञ्चालक र सरोकारवालाबीच छलफल सञ्चालन गर्ने र आवश्यक सहजीकरण गर्ने।

१२ –रुपन्देहीभन्दा अन्यत्र जिल्लामा कार्यरत रहेका नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्यहरुलाई आफु कार्यरत रहेको जिल्लामै सदस्यता स्थानान्तरण गर्नका लागि आग्रह गर्ने।

१३– नेपाल पत्रकार महासंघ रुपन्देहीका नियमित गतिविधिहरुलाई व्यवस्थित गर्नका लागि निम्नानुसारका विषयगत समितिहरु गठन गर्ने।

क – संस्थागत समन्वय समिति

अध्यक्ष, पूर्वअध्यक्षहरु, सचिव र कोषाध्यक्ष ।

ख –पत्रकार कल्याणकारी कोष व्यवस्थापन समिति

संयोजकस् विश्वास ढकाल, सदस्यहरुस् नरेश केसी र दिनेश श्रेष्ठ

ग– भौतिक पूर्वाधार व्यवस्थापन समिति

संयोजक विश्वास ढकाल, सदस्यहरुस् भुवन जिसी र नरेश चौधरी

घ – अनुशासन समिति

संयोज–क – अस्मिना पाण्डे

सदस्यहरु सीपी खनाल, झविन्द्र देवकोटा, अनिता चौधरी र रविन्द्र गुप्ता ।

ङ– लैंगिक तथा समावेशी समिति

संयोजकस् अस्मिना पाण्डे, सदस्यहरुस् अनिता चौधरी र हृदयराम गुप्ता

च– तालिम तथा प्रकाशन समिति

संयोजकस् सी।पी। खनाल

सदस्यहरु ललित पाण्डे, कल्पना डुम्रे र डीबी सुस्लिङ

छ– अन्तरक्रिया तथा पुरस्कार व्यवस्थापन समिति

संयोजकस् झविन्द्र देवकोटा, सदस्यहरुस् कृष्ण रणपाल र सुमित्रा चापागाइँ

ज– अतिरिक्त क्रियाकलाप समिति

संयोजकस् सुमनरश्मि श्रेष्ठ, सदस्यहरुस् दिनेश श्रेष्ठ र गोविन्द बहादुर घर्ती

झ– आर्थिक समिति

संयोजकस् नरेश केसी, सदस्यहरुस् रविन्द्र गुप्ता र राम प्रसाद भण्डारी ।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित