सहिद र बेपत्ता परिवार भेटघाट तथा सम्मान कार्यक्रम

रोशी ,काभ्रे । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले फागुन २१ गते सहिद र बेपत्ता परिवार भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेको आयोजनामा उक्त सम्मान कार्यक्रम गरिएको हो। काभ्रे जिल्लाको रोशी ७मा अबस्थित कटुन्जेमा सहिद राजु न्यौपाने (प्रभुं )को घरमा गइ सहिद न्यौपानेको परिवारलाई सम्मान गरिएको हो। सम्मान कार्यक्रममा प्रमुख अतिथि काभ्रे जिल्ला सचिव ढोक प्रसाद अधिकारीले सहिदले देखाएको बाटोमा अघि बढ्न र पार्टीले भेटघाट र सम्मान कार्यक्रम राखेको बताउनु भयो ।फाल्गुन १४ गते देखि २१ गते सम्म पार्टीले सहिद सप्ताह कार्यक्रम मनाउदै आएको छ। कार्यक्रममा पार्टीको केन्द्रिय सल्लाहकार सदस्य टङ्कराम अधिकारीले सहिदको सम्मान सहिद्को सपना पूरा भएमात्र हुने बताउनु भयो। कार्यक्रममा सहिद प्रभुको तस्बिरमा माल्यार्पण गरी परिवारको सदस्यहरुलार्इ दोसल्ला ओढाएर सम्मान गरिएको थियो।सहिद प्रभु काभ्रे जिल्लाको तेमाल नारायणस्थानमा २०६१ मङ्सिर १४ गते तत्कालीन शाहिसेनाको अप्रेसनमा सहिद हुनु भएको थियो । कार्यक्रममा सहिद सरला अधिकारीको परिवारलार्इ पनि सम्मान गरिएको थियो। कार्यक्रम सहिद परिवार किसानको अध्यक्षतामा र प्रदिप अस्तानीको संचालनमा सप्पन्न भयो। कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्र र जिल्लाका नेता, कार्यकर्ता उपस्थिति थियो।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित