श्रद्धाञ्जली सभा सम्पन्न

काभ्रे । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रे जिल्ला पार्टीले सुकुमान तामाङको निधन भएको ११ औं दिनमा उहाँ प्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक केन्द्रिय वैकल्पिक पोलिटव्यूरो सदस्य कमरेड सोमान सिंह तामाङ जो दिवंगत सुकुमान तामाङका माइला छोरा हुनुहुन्छ, उहाँको अध्यक्षता सो कार्यक्रममा भयो। जिल्ला सचिव ढोग प्रसाद अधिकारीको सन्चालनमा भएको श्रद्धाञ्जली सभामा पार्टीका व्युरो इन्चार्ज कमरेड प्रवेश,किसान संयोजक नेता सिताराम तामाङ,मजदुर संयोजक ईश्वर तिमिल्सिना लगायत जिल्लाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
श्रद्धाञ्जली कार्यक्रममा कमरेड सोमानले बुवाको निधनमा परम्परागत रुढीवादी मान्यतालाई त्यागेर प्रगतिशील विधि अनुसरण गर्नु भएको कार्य प्रति प्रसंशा गर्दै बुवाको जीवन कालमा उहाँले निर्वाह गरेको स्नेहको चर्चा समेत गर्नु भयो।
त्यसैगरी प्रमुख अतिथि कमरेड सिताराम तामाङले दिवंगत प्रति श्रद्धाञ्जली र परिवार एवं आफन्त जनमा समवेदना व्यक्त गर्दै क्रान्तिकारी कम्युनिस्टहरुले निर्वाह गर्नुपर्ने सामाजिक र राजनीतिक कर्तव्यका बारेमा विवेचना गर्दै विभिन्न धार्मिक रुढिवादको चपेटामा समाज कसरी जकडिन पुग्यो भन्ने विषयमा महत्वपूर्ण भनाई राख्नु भयो ।द्वन्दवादी बुद्ध मत लाई सुन्यवादी धाराले रहस्यमय बनाउदै पंच वुद्दको धार्मिक रहस्य सिर्जना गर्यो।बज्रयानी सम्प्रदायको विकासले मृत्यु पछिका अलौकिक जुनीको रहस्य सिर्जना गरेर थुप्रै कर्मकाण्डका सामाजिक मान्यता स्थापित गर्दै लगेका हुन भन्दै कर्मकाण्डका धार्मिक एवं रुढीबादी बोझबाट समाजलाई मुक्त गराउदै उन्नत र वैज्ञानिक मान्यतालाई आत्मसात गर्दै नेतृत्वदायी भुमिका निर्वाह गर्न प्रेरित गर्नु भयो।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित