काठमाडौं । मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका–१५ स्थित सीमा ईलाकाबाट जेठ ५ गते सशस्त्र प्रहरीले करीव २ केजी ९९७ ग्राम चाँदी बरामद गरेको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक
तथा सह–प्रवक्ता शैलेन्द्र थापाले २०८२ जेष्ठ ०५ गते प्रेस वक्तव्य जारी गरी सो कुराको जानकारी गराएका हुन् ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको ५ लाख रुपैयाँ भन्दा बढीको चाँदी सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले झोलामा बोकी ल्याउँदै गरेको चाँदी छोडेर फरार भएका थिए ।
बरामद चाँदी आवश्यक अनुसन्धानको लागि बिराटनगर भन्सार कार्यालय मोरङ्गमा बुझाईएको छ । केही दिन यता मोरङको सीमा क्षेत्रमा चेकजाँचलाई तीब्र बनाइएको छ ।
Comments