पाँच दल द्वारा प्रचण्डलाई ज्ञापन – पत्र

 

दीपक गुरुङ, जेष्ठ –१० ,कास्की । कास्की जिल्लामा कृयाशील क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सहित पाँच दलले आज प्रतिनिधिसभाका प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पाँच राजनैतिक दलक‍ो साझा अवधारणा पत्र बुझाउने काम सम्पन्न भएको छ। ज्ञापन पत्र बुझाउनेहरूमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कास्कीका सेक्रेटरी बिक्रम थापा र सचिवालय सदस्य दीपक गुरुङ ,राष्ट्रिय जनमोर्चाका शंकर बराल र रबिमोहन ढकाल,नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का तिलक पौडेल र क्षेत्र बहादुर के सी , नेकपा(विप्लव पक्ष) का शाबित्री दूरा, उमेश सी ,नेकपा (बहुमत) का रबिन्द्र राई लगायत हुनुहुन्थ्यो ।आगामी जेठ १४ गते पाँच दलले कास्कीमा सरकारमा रहेका दल,प्रतिपक्ष दल, बार एस‍ोसियन,बुद्धिजीवि र पत्रकार लगायतका बिचमा वृहत अन्तरक्रिया कार्यक्रम तय गरेको छ।

२०८२ जेठ ९ गते शुक्रबार पाँच दलले कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका थिए।पोखरा विमानस्थलमा देखिएको अनियमितताको छानबिन गरिनुपर्ने, फेवातालको संरक्षणबारे सर्वोच्च अदालतको फैसला कार्यान्वयन गरिनुपर्ने, पृथ्वीचोकस्थित बसपार्क निर्माणमा देखिएको ढिलासुस्ती अन्त्य गरिनुपर्ने, सहकारी वचतकर्ताको रकम संरक्षण र फिर्ता गरिनुपर्ने, मध्यपहाडी लोकमार्ग निर्माणप्रक्रियामा भएको ढिलासुस्ती अन्त्य गरिनुपर्ने, चौतारीका बरपिपल कटानी रोक्नुपर्ने, सङ्क्रमणकालीन न्यायसम्बन्धी अपारदर्शी र पक्षपातपूर्ण नियुक्ति सच्याइनुपर्ने तथा लोकतन्त्र र गणतन्त्र विरोधी गतिविधि रोक्नुपर्ने लगायतका विषय ज्ञापन पत्रमा समेटिएका छन् ।

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित