बेङ्गलोर सज्जापुर रोड डडुकुण्डहलीलमा संगठन विस्तार

बेङ्गलोर । बेङ्गलोर सज्जापुर रोड डडुकुण्डहलीलमा कार्यरत श्रमजीवी नेपालीहरुको बीचमा बेङ्गलोर२९ जुन २०२५‌ मा संगठन विस्तार गरिएको छ ।मनोज बि क को पहलमा र अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य गणेश बि क को विशेष उपस्थितमा भेला गरी संगठन विस्तार गरिएको हो । उक्त कार्यक्रमको अध्यक्षता मनोज विकले गर्नुभएको थियो भने सञ्चालन नरेश ओडले गर्नुभएको थियो।भेला‌को प्रमुख अतिथि केन्द्रीय सदस्य गणेश विकले गर्नुभएको थियो प्रमुख अतिथिले उपस्थित साथीहरुबीचमा अखिल भारत नेपाली एकता समाजको लक्ष्य उदेश्य स्पष्ट पार्दै अखिल भारत नेपाली एकता समाजले श्रमजीवी नेपाली माथि भैपरिआउने समस्या समाधान गर्नु र न्यायिक अधिकार दिलाउन अखिल भारत नेपाली एकता समाजको अहिमभूमिका रहदै आएको इतिहास स्मरण गराउन भएको थियो।भेलाले९ पुरण २ बैकल्पिक ४ सल्लाहकार गरी १५ जनाको संगठन समिति चयन गरेको छ जसमा
१. अध्यक्ष –कमल ओड
२. उपाध्यक्ष –गणेश ओड
३. सचिव –नरेश ओड
४. सहसचिव –पारस ओड
५. कोषाध्यक्ष – रगे लुहार
सदस्यहरु
६.प्रेम लुहार
७. हिम्मत पार्कि
८. वसन्ती बि क
९. डम्बर बहादुर बि क
वैकल्पिक सदस्य
१०. सदस्य दिनेश ओड
११. मिना ओड
सल्लाहकार
१२. दिलिफ ओड
१३. जयमल ओड
१४. प्रिति ओड
१५. गौरा ओड
नयाँ निर्वाचित समिति लाई केन्द्रीय सदस्य गणेश विक ले बधाई दिनुका साथै नयाँ निर्वाचित समितिका अध्यक्ष द्वारा सपथ गराउनुभएको थियो।अन्त्यमा कार्यक्रमका अध्यक्ष मनोज विक ले भेल समापन भएको घोषणा गर्नुभएको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित