कृष्णभक्त महर्जन
सौन्दर्य शास्त्र भनेको साहित्यको जीवन हो । जीवन या कुनै विषयवस्तुको समय सन्दर्भ अनुसार हेरेर सुनेर, खाएर र बुझेर रुप र सारको ज्ञान प्राप्त गरी रुची अनुसार कुनै न कुनै लेख, कविता, गीत, निवन्ध र नाटक मार्फत अभिव्यक्त गर्ने या राम्रो तुल्याउने तत्वको प्रयोग गरी भाव,गुण र विद्रोहता झल्काउनेलाई सौन्दर्य शास्त्र भनिन्छ ।
सौन्दर्यपारख जति सरल छ त्यति नै जटिल पनि छ । कुनै कुनै जीवनमा वस्तुको रुप राम्रो हुन सक्छ र सार नराम्रो हुन सक्छ , सार राम्रो हुन सक्छ, रुप नराम्रो हुन सक्छ ।अवस्था अनुसार फरक फरक हुन सक्छ । त्यसैले सौन्दर्य शास्त्रमा या चिन्तनमा साहित्यिक कलाको बढी प्रयोग हुन्छन् । कला प्रयोग गर्न जान्यो भने साहित्य सुन्दर बन्छ । कला प्रयोग गर्न जानेन भने साहित्य असुन्दर हुन्छ ।
कला भनेको जगतमा भएको सबै चीजको उत्पत्ति गर्ने सिर्जना हो । या कुनै चीजलाई फूलबुट्टा भरी श्रृजना गर्ने हो । कलालाई प्रयोग गर्दा या रचनामा प्रयोग गर्दा समाजलाई सोच्न बाध्य पारोस र मनलाई विचार गर्न जागृत गरोस र व्यक्तिको उथल पुथल आवस यस्ता कलाले सौन्दर्य शास्त्रको साहित्यमा इतिहास बनाउँछ ।
संस्कृति भनेको मान्छे,प्रकृतिको उत्पादन हो । तिनीहरु उत्पादन गर्ने साहित्यहरु संस्कृति हो । कविता होस् या कथा होस् निवन्ध होस या गीत होस् उपन्यास होस कला प्रयोग गरि या फूलबुट्टा भरी श्रृजना गर्ने नै संस्कृति हुन्छ ।
संस्कार भनेको कला र संस्कृति व्यवहारमा सिकाउने,पु¥याउने खुवाउने र बुझाउनेलाई संस्कार भनिन्छ । संस्कार कस्तो सिकाउने बिग्रेको सिकाउने कि सप्रेको सिकाउने तथा क्रान्तिकारी प्रदान गराउने या प्रतिक्रियावादी प्रदान गराउने भन्ने कुरा रचनाकारको हातको सृजनामा भर पर्छ ।
सौन्दर्यको अनुभूति कला,संस्कृति र संस्कारको मान्यताबाट हुन्छ । सौन्दर्य शास्त्रमा साहित्य र कलाको आपसी परस्पर दुई विरोधी तत्वहरु हो । यी जीवनबोधी पनि हुन्छ र जीवन विरोधी पनि हुन्छ । साहित्य जबरजस्त इश्वरीय देन बुझाउने कोशिश गरी यथास्थिति वा पुरातनवादीबाट आएको देखिन्छ । यो साढे २ हजार वर्ष पहिले दास –मालिकमा भएको देखिन्छ । कलाको उत्पत्ति चालिस हजार वर्ष पहिले उत्तरावर्ती युगमा भएको पाइन्छ र संस्कृति र संस्कार इसाको सातौं दशक विज्ञान संगै पितृसत्तात्मक रहँकै बेला भएको देखिन्छ ।
मान्छे प्रकृतिको उत्पादन हो । मान्छेमा श्रृजना गर्ने साहित्यहरु संस्कृति हो । कला संस्कार र संस्कृतिको विस्तारित र व्यवहारिक पक्ष हो । मानव समाज वर्ग विहीन ,शोषण विहीन थियो । असुर नारीहरु–(आदिवासी ) को संगतले जाति नश्ल नष्ट भएको देखिन्छ । ।त्यसै शिलशिलाबाट नै संस्कृति कला र संस्कारको चिन्ता १८औं शताब्दीबाट भएको देखिन्छ । मानव कल्पनाशील प्राणी हो । सामाजिक प्रणालीमा विश्लेषणको,सामाजिक शारीरिक र मानसिक प्रक्रियाबाट प्राप्त सौन्दर्य संगतिको उच्चतम अभिव्यक्त गर्दछ ।आज सभ्य भएको भोलि असभ्य हुन सक्छ । या असभ्यताको प्रतिक बन्न सक्छ । समाज समय परिवर्तन सँगै सबैको परिवर्तन हुन्छ ।
साहित्यिक जीवनमा वैज्ञानिकहरुले जवाफ दिन नसक्दा अलौकिक कला,संस्कृति र संस्कारको जन्म भएको भनिन्छ । जस्तै जाति भेद ,रंगभेद ,तिलक प्रथा , कुमारी प्रथामा बल प्रयोगको विकल्प छैन । तर नरवलि प्रथा, दास प्रथा ,सति प्रथामा बल प्रयोग भएको पाइन्छ ।
साहित्यिक जीवन समान छैन । कोही छायावादीहरु कोही स्वच्छन्दवादी छन् । साहित्यिक श्रृजना भनेको सामाजिक चेतना हो । शिरदेखि पाउसम्म काव्यलाई लेख्यमा कलापक्ष र विचार पक्ष समेटेर लेखिन्छ । लेख्दाखेरी मूलभाषामा शब्द अभाव भएमा नजिकको भाषाबाट पैंचो लिन सकिन्छ । सिर्जनाहरु वर्ग समाज व्यवस्था अनुरुप हुन्छ । राजनीति धर्म कानुन, दर्शन, अर्थशास्त्र ,उत्पादन प्रतिविम्वको रुप र सारलाई आधारमा प्रभावले लेखे पनि साहित्यको स्वायत्त सत्ता हुँदैन । इतिहासमा सामाजिक र भाषिक इतिहासहरु र महान सिद्धान्तको सृजना समयको उपज हुन्छ । त्यसले आफ्नो युगलाई व्यक्त गर्दछ ।
जनपक्षीय परिवर्तन विना साँस्कृतिक रुपमा परिवर्तन हुन सक्दैन । साँस्कृतिक रुपमा रुपाण्तरण हुनु भनेको रुढीवादी चिन्तन छोड्नु हो । साहित्यमा वैज्ञानिक कारणको खोजी गरी समाधान गर्नु नै प्रगतिशील साहित्य भनिन्छ । प्रगतिशील साहित्य कलाको दार्शनिक आधार नै माक्र्सवाद हो । माक्र्सवादी परिभाषा अनुसार विचारधारात्मक शैलीका रचनाहरु रचनाकारको गहना हुन्छ । गहना पनि कस्तो गहनामा ढाल्ने पुँजीवादमा ढाल्ने कि समाजवादमा ढाल्ने कि क्रान्तिकारीमा ढाल्ने कि प्रतिक्रान्तिकारीमा ढाल्ने भन्ने कुरा सृजनाकारमा भर पर्छ । त्यसैले रचनामा चिन्तनहरु फरक फरक भएका हुन् ।जस्तै
१) परम्परावादी
२)पुँजीवादी
३ ) समाजवादी
४ ) पुँजीवादी मानवतावाद
५)समाजवादी मानवतावाद
यस्ता चिन्तनहरु अन्तर्राष्ट्रिय रुप देखिन्छ । राष्ट्रिय सम्म पनि देखा परेका छन् । यसको विभिन्न प्रवृतिहरु पनि देखा परेका छन् । यसको साथ साथै १) उत्तर आधुनिकतावाद
२) नग्नवाद पनि देखा परेका छन् ।
३) हास्य व्यङ्गवाद
४ ) शुन्यवाद
५) क्रान्तिकारीतावाद
क्रान्तिकारी धारहरुको साहित्य क्षेत्रमा प्रगतिशील र प्रगतिवादी सिर्जनाहरु धेरै छन् ।प्रगतिशील र प्रगतिवाद शब्द अंग्रेजीबाट रुपान्तरण भएको हो । यी दुइ मध्ये प्रगतिशीलले आंशिक रुपमा क्रान्तिकारी धारलाई प्रतिनिधित्व गर्दछ र प्रगतिवादले क्रान्तिकारी धारलाई नै प्रतिनिधित्व गर्दछ । यस्ता प्रतिनिधित्वहरुले वर्ग संघर्ष र मालेमावादी साहित्यलाई प्राथमिकता दिन्छ । क्रान्ति र मुक्ति प्रति प्रतिबद्धता र इमान्दारितापूर्वक माक्र्सवादी साहित्यको कविता, गीत,कथा,निवन्ध,लेख, नाटक,गीति नाटकमार्फत तहल्का मच्चाएको छ । यी मार्फत तहल्का मच्चाएको नेपालमा ८० वर्ष पछि झिल्का,मिल्का समकालीन रुपमा विकास भएको पाइन्छ । नेपालमा २००९ सालदेखि प्रगतिशील लेखक संघको स्थापना संगै व्यवहारमा आएको देखिन्छ ।
नेपाल प्रगतिशील र प्रगतिवादी लेख्नेहरु मध्ये निरंकुशतावादीप्रति असन्तुष्टि जनाइ पहिलो चरणबद्ध रुपमा लक्ष्मी प्रसाद देवकोटाले स्वच्छन्दतावादी साहित्यको रचनाहरु वि.सं १९६६देखि २०१६ सम्म लेखी प्रचार गरेका थिए । प्रगतिवादी तथा क्रान्तिकारी धारमा धेरै रचनाकारहरु त जन्मे मुख्य गरी मोहन वैद्य किरण उपनाम चैतन्यको नाम मुख्य रुपमा आउँछ । वहाँ माक्र्सवादी दिगदर्शनका रुपमा साहित्यिक रचनाहरु गरेका छन् । माओवादी आन्दोलनमा प्रगतिवादी तथा क्रान्तिकारी आन्दोलनमा धेरै साहित्यकारहरु जन्मे । त्यस मध्ये पनि शहिद कृष्णसेन इच्छुक,जनगणतन्त्रवादी तीव्र चेतना साहित्यिक रचनाकार हुन् ।