फुटबलमा जमेकी प्रीति राई

काठमाडौं । कुनै जमाना थियो छोरी मान्छेको काम भनेको घरधन्दा सम्हाल्नु हो, बाहिरी दुनिया तिर ध्यान दिनु हुन्न भन्थ्यो समाजले । समयले समाजलाई नै बदलिदियो । छोरीहरु राम्रा खेलाडी बनेर परिवार, समाज र देशकै इज्जत उज्यालो बनाइरहेकाछन्र । त्यस्तै उदाहरण बनेकी छिन् फुटबलमा जमेकी प्रीति राई ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रीतिलाई गत साल २०८१ फागुनमा सर्वोत्कृष्ट महिला खेलाडी छनोट गरेको थियो । एन्फाले आयोजना गरेको एन्फा वुमन्स लिगमा गरेको उत्कृष्ट प्रदर्शनको आधारमा प्रीतिलाई सम्मान गरिएको आयोजकले जनाएको थियो । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)सँगको सहकार्यमा सर्वोत्कृष्ट खेलाडी छनोट गरिएको थियो ।सम्मानित भएपछि प्रीतिले एकदमै खुशी लागेको र यसलाई शब्दमा बयान गर्न नसकिने प्रतिक्रिया दिएकी थिइन् ।

२०६१ साल मंसिर ५ गते काठमाडौंको कपनमा जन्मिएकी प्रीति नेपाली राष्ट्रिय महिला फुटबल टिमकी उदीयमान खेलाडी हुन्। बुवा चन्द्रप्रसाद राई र आमा ज्ञानमाया राईको पहिलो सन्तान हुन्, उनी। सोलुखुम्बु स्थायी घर भएको राईको परिवार कामको सिलसिलामा राजधानी आएको हो।

 

उनले ६–७ वर्षको उमेरबाटै फुटबल खेल्न सुरु गरेकी हुन्। ‘बच्चैबाट खेलकुदमा रुचि थियो, घरमै भाइहरुसँगै खेल्ने र विद्यालयमा अतिरिक्त क्रियाकलापमा सक्रिय हुन्थिन्।

शारदा एकेडेमीबाट एसइइसम्मको अध्ययन पूरा गरेकी उनी कक्षा ७ पढ्दै गर्दा नेपाल युथ प्रोग्राम क्लबमा सामेल भइन्। त्यतिबेला उनी ११ वर्षकी मात्र थिइन्। त्यसपछि उनले सोही क्लबबाट फुटबल तालिमलाई निरन्तरता दिन थालिन्।
त्यसपछि प्रीतिलाई फुटबलप्रति अझै बढी मोह जाग्न थाल्यो। सोही प्रशिक्षणको दौरानमा प्रीतिले २०७३ सालमा कोकाकोला कप खेल्ने अवसर पाइन्। उनले उक्त कप आइडियल सेकेन्डरी स्कुलबाट खेलेकी थिइन्। त्यसको ठिक एक वर्षपछि पुनः उनले सिन्धुपाल्चोकबाट कोकाकोला कप खेलिन्। त्यसपछि उनले काठमाडौं जिल्लाको प्रतिनिधित्व गर्दै उपमेयर कप खेलिन्। त्यसपछि उनले विभिन्न जिल्ला स्तरीय खेलहरू पनि खेल्ने मौका पाइन्।

यसरी खेल यात्रा सुरु गरेकी प्रीति १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम प्रशिक्षणमा रहेकी थिइन्। अन्तर्राष्ट्रिय महिला फुटबल खेलमा नेपालको तर्फबाट खेलिरहेकी प्रीति राईलाई भविष्यमा अझै राम्रो खेल प्रदर्शन गर्ने आशा आम नेपालीहरुले गरेका छन् ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित