काठमाडौं । ‘सम्पूर्ण विद्यार्थीहरु एकजुट होऔं’भन्ने नारा सहित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस कमिटिले भलिबल प्रतियोगिता आयोजनागर्ने भएको छ । ‘आरआर स्ववियु कप–२०८२’ अन्तर क्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आगामी भदौ २२ गतेदेखि शुरु हुने भएको हो ।
६ दिनसम्म सञ्चालन हुने उक्तप्रतियोगिता भदौ २२ देखि २७ गतेसम्म आरआर क्याम्पसको प्राङ्गणमा आयोजना हुनेछ। प्रतियोगितामा देशभरका विभिन्न क्याम्पसका टोलीहरूले सहभागिता जनाउने स्ववियु अध्यक्ष लोकेश कुमार खड्काले जानकारी दिए। उनले भने, ‘भलिबलको माध्यमबाट विद्यार्थीबीच आपसी सहकार्य, अनुशासन र एकताप्रवद्र्धन गर्ने उद्देश्यहाम्रो हो । यो प्रतियोगितामा देशभरबाट सहभागिहुने अपेक्षा गरेको छु ।’
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। विजेता टोलीले ३ लाख रुपैया ँनगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी दोस्रो हुने टोलीले २ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टोलीलाई १ लाख रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।
देशकाविभिन्न शैक्षिक संस्थाहरूबीच खेलकुदमार्फत सकारात्मक प्रतिस्पर्धा र पारस्परिक समझदारी विकास गर्न खड्काले बताए। ‘विद्यार्थीहरूमा नेतृत्वविकास, सहकार्य भावना र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले पनि प्रतियोगिता महत्वपूर्ण हुने अपेक्षा गरिएको छ’उनले भने ।
आरआर स्ववियु कप–२०८२ कालागि सहभागीटोलीहरूलाई २० हजार रुपैयाँदर्ता शुल्कतोकिएको छ। इच्छुक टोलीहरूले आयोजक मार्फत ९८६५८६३२३५, ९८६०१३६६४२ वा ९८६८९०६६६८ नम्बरहरूमा सम्पर्क गरी आवश्यक जानकारी लिन सक्नेछन् ।विद्यार्थी आन्दोलनको ऐतिहासिक पृष्ठभूमिमा खेलकुदमार्फत विद्यार्थी एकताको सन्देश दिनखोजेको भन्दै सबै क्याम्पसकाविद्यार्थीहरूलाई सहभागिताकालागि आह्वानगरिएको स्ववियु सचिव शैलेन्द्र उपाध्यायले बताए ।