प्रगतिशील तीज गीत

 

काठमाडौं । तीज हिन्दू नारीहरूले मनाउने पर्व हो। तर प्रगतिशील विचार राख्नेहरुले यो पर्वलाई परिवर्तनकारी आन्दोलनको पक्षमा उपयोग गर्ने गर्दछन् । धार्मिक हिसावले यो पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइन्छ। तर नेपालको खासगरी गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सावने सक्रान्ति देखि नै टोल – टोल,चोक ,आँगन,पीँढी, सार्वजनिक स्थलमा तीज गीत गाउने र नाच्ने गरिन्छ । ग्रामीण भेगमा धार्मिक हिसाबले भन्दा पनि मनोरन्जनको लागि तीज पर्वको उपयोग गर्ने गरिन्छ ।

नेपालको मध्य भागमा विशेष महत्वका साथ यो पर्व मनाइन्छ । तराईका कतिपय ठाउँमा पहाडी समुदायको प्रभावले गर्दा थारु समुदायका महिलाहरु समेत पहाडी मूलका महिलाहरुसित मिलेर तीज गीत नाच्दछन् । नेपालको पूर्वी, पश्चिम, हिमाली र मधेशी समुदायमा तीज प्रति खासै मोह देखिन्न । सामान्य पर्वको रुपमा मान्ने त्यो बेग्लै कुरा हो ।

पहिले तीजमा महिलाहरुको दुःख पीडा पोख्ने गीत हुन्थे र विस्तारै गीतहरु चेतना र जागरणका बन्न थाले । अहिले तीज अत्यन्त भड्किलो बन्दै गएको छ । तीजलाई अनाबस्यक विकृत बन्न नदिन सबैले ध्यान दिन जरुरी छ ।

 

 

 

 

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित