जनगायक जीवन शर्माको कालजयी गीत ः यसपाली त यस्तै भो आमा, अर्को साल आउनेछु दशैँमा (समीक्षा)

 

 

–नारायण शर्मा

हिन्दु नेपाली जनहरुको महान पर्व दशैँ नजिकिदै गईरहेको छ । तर यसपाली परिस्थिति झनै बिकराल बनेर आएको छ । खुशियालिको चाड दशैँ आएको छ, तर धेरैको मनमा खुशी छाउन सकेको छैन । परिस्थितिले दशैँका बेला घर गएर माता पिता र गाउका पाका पूराना वृद्धजनहरुको हातबाट टीका ग्रहण गर्ने, साथी सङ्गीहरुसँग मिलेर चर्खे, रोटे र लठ्ठे पीङ खेल्ने , मिठा–मिठा परिकारहरु खाने, आफन्तजनहरुसँग रमाइलो भेटघाट गर्ने अनुमति दिइरहेको छैन । रोजिरोटीका लागि संसारका विभिन्न देशमा पुगेका मात्र होइन देशकै अन्यत्र भागमा रहेका नेपाली दाजु भाइ दिदी बहिनीहरु दशैँको टिका थाप्ने रमाइलो वातावरण छैन । जेन जी आन्दोलनमा दर्जनौ कलिला युवाहरुले सहादत प्राप्त गरेका छन् । देशभरी खर्बौ रुपैयाँका सार्वजनिक र निजी सम्पत्ति ध्वस्त भएका छन्। सबैको मन पोलिरहेको छ । यस्तो वातावरणमा प्रवासमा रोजीरोटीको खोजीमा गएका कैयौं नेपालीहरु दशैं मनाउन फर्कन सकेका छैनन् । अनि याद आउँछ जीवन शर्माको गीत–

यसपाली त यस्तै भो आमा
अर्को साल आउनेछु दशैँमा

जनगायक जीवन शर्माले आज भन्दा साढे दुई दशक पहिले रचना गर्नु भएको यो गीतको अडियो प्रत्येक वर्ष दशैँ नजिकिदै गए सङ्गै धेरै सञ्चार माध्यममा घन्कने गर्दछ । २०७७ असोज २ गते यस गीतको म्युजिक भिडियो सार्वजनिक भएको थियो । उक्त भीडियोे भित्र जसको कथा र ब्याथा गीतको भावले बोकेको छ उनीहरुले नै प्रत्यक्षरुपमा अभिनय गरेका छ्न । गीतमा दशैँका बेला घर आउन नपाएका परदेशी नेपालीहरुको मनको भावनालाई टपक्क टिपेर राखिएको छ ।

यस्तो छ गीतकोे शब्दभाव

दिनरात सम्झना छ गाउघरको मलाई
सँधैभरी बाँच्नु प¥यो हृदय जलाई
मुटु मिची बस्दैछु यहाँ
हास्ने खेल्ने कलिलो बैँशैमा

यसपाली त यस्तै भो आमा
अर्को साल आउनेछु दशैँमा

चिसो हावा खेल्दै होला मेरो प्यारो गाउँमा
तातो हावा बगिरहन्छ यो बिरानो ठाउँमा
गल्ली–गल्ली डुल्दैछु आमा
आँसु पुछ्दै दुःखीको भेषैमा

यसपाली त यस्तै भो आमा
अर्को साल आउनेछु दशैँमा

हिउँदको घाम छायाँ वर्षातकोे पानी
सुख दुःख यस्तै रहेछ हाम्रो जिन्दगानी
कालो कौवा करायो होला
घरै मुनि सुकेको बाँसैमा

यसपाली त यस्तै भो आमा
अर्को साल आउनेछु दशैँमा

हो, दशैको बेला परदेश गएको छोरो कति बेला आउला भनेर आमा बाटो भरी आँखा बिछ्याएर बसेकी हुन्छिन । दहिमा टिका मुछ्दा समेत आमाले त्यही परदेशी छोरालाई सम्झिरहेकी हुन्छिन । आमाका आँखाबाट अनायासै आँशुका ढिक्काहरु तप्किन थाल्छ्न । उता छोराको अवस्था पनि उस्तै कारुणीक हुन्छ । यस्तो रमाइलो चाड दशैँको बेलामा अर्काको बिरानो देशमा रगत र पसिना बगाएर बसिरहने रहर त कसलाई हुन्छ र ? तर पनि लाखौँ लाख नेपाली दाजुभाइ दिदिबहिनीहरु परदेशी भूमिमा त्यसरी बस्न बाध्य छ्न । नेपाली चाडसङ्ग त्याहाँको मालिकलाई के मतलब हुन्थ्यो र ? उसले ती परदेशी नेपालीको मर्म बुझ्दैन । विचरा ती परदेशिको ज्यान त बिदेशमा हुन्छ तर मन भने आफ्नै गाउघर तिर डुलिरहेको हुन्छ । उनीहरुको नयन अगाडि वृद्ध आमा बाबाको तस्वीर नाच्न थाल्छ । झलझली सम्झना आउँछ आफ्ना जहान लाला बालाहरुको । गाउघर, ती सङ्गी साथी, आफन्तजन ती सबैको सम्झनाले मन भक्कानिएर आउँछ । उनीहरुका आँखाबाट पनि अनायासै आशु वर्षिन थाल्छ । तर त्यो बिरानो ठाउँमा त्यो आँशुको मूल्य बुझिदिने कसले  ? आफ्नो आँसु आफै पिउँदै बिदेशको गल्ली–गल्ली डुल्न बाध्य छ्न उनीहरु । हाँस्ने खेल्ने कलिलो बैँशको यो दिनमा बिदेशका गल्ली, मरुभूमी , क्याम्प, कलकारखाना र होटलहरुमा मुटु मिची बस्न बाध्य छ्न उनीहरु । अरबका खाडीहरुमा पचास–पचपन्न डिग्रीको तातो रापमा काम गर्न बाध्य छन उनिहरु । मालिकको हप्की दप्की खेप्दै निरन्तर डिउटी निभाइरहेका छन उनिहरुले । दिनरात उनीहरुले आफ्नो गाउघर, प्रिय सङ्गी साथी, जहान लालाबाला सम्झिरहेका हुन्छ्न । घरगाउँको सम्झनामा आफै रुने आफै सम्हालिने गर्न बिवस छ्न उनीहरु । आखिर सुख–दुःख यस्तै त रहेछ नि जिन्दगी भनेर आफ्नो मन बुझाइरहेका छन उनीहरुले । यो कुनै काल्पनिक कुरा होइन लाखौँलाख परदेसी नेपालीहरुले भोगिरहेको यथार्थ पीडा हो यो । जनगायक जीवन शर्माले परदेशी नेपालीहरुको त्यही यथार्थ पीडालाई टपक्क टिपेर राखेका छ्न यो गीतमा ः

आँसि नाम्लो काखी च्यापी दाउराघाँस गर्न
कहिले तिमी मेलापात कहिले हुद्दा पर्म
महिना बिते वर्र्ष दिन बिते
दुःख झेल्दै अर्कैको देशैमा
यसपाली त यस्तै भो आमा
अर्को साल आउनेछु दशैमा ‘
चर्खे पिङ घुम्दै होला देउरालीको माथी
टिका थाप्न आए होलान सबै सङ्गी साथी
लाए होलान सबैले आज
टिका माथी जमरा केशैमा
यसपाली त यस्तै भो आमा
अर्को साल आउनेछु दशैँमा‘
पुरी कहिले नपुरिने हृदयको घाऊ
ऋणमाथी ऋण थोपर्ने गाउँका जाली साहु
घरै छाडी उडेको चरी
फर्की फेरि आउनेछ बासैमा
यसपाली त यस्तै भो आमा
अर्को साल आउनेछु दशैँमा

रहरले बिदेस कोही पनि गएको हुँदैन । कोही साहु महाजनको ऋणले थिलिएर अचाक्ली भएपछी परदेशिएका हुन्छ्न भने कोही आफ्ना जहान लालाबालाहरुको सुन्दर भबिश्यको सपना बोकेर कामको खोजिमा परदेस पुगेका हुन्छ्न । देश भित्र रोजगारीको प्रसस्त आधार हुँदो हो त सायद कोही पनि नेपाली आफ्नो रगत र पसिना बेच्न बिदेसी भूमिमा पुग्ने थिएन । तर हाम्रो देशको अवस्थानै त्यस्तै छ । देशमा उद्योग कलकारखानाहरुको विकास हुन सकेको छैन, चाहेर पनि काम गर्न पाउने यहाँ अवसरनै छैन त्यसैले रोजगारिको खोजिमा संसारका विभिन्न देश चहार्न बाध्य छन लाखौँ लाख नेपालीहरु । गीतले त्यही बाध्यताको भूमरिमा परेका लाखाँलाख परदेशी नेपालीहरुको मनको वेदना बोलेको छ । यो रमाइलो चाड दशैँका बेला हाम्रो गाउँघरको रौनक नै बेग्लै हुन्छ । आफ्ना दुःख मन भित्रै लुकाएर भए पनि खुसि देखिने प्रयास गर्छ्न मान्छेहरु । देउरालीहरुमा चर्खे, रोटे र लठ्ठे पिङहरु खेल्नुको आनन्दनै बेग्लै हुन्छ । गाउँका पाका पूराना मान्यजनका हातबाट टिका ग्रहण गर्दै आशिर्वाद लिँदाको आत्मसन्तुष्टि बेग्लै खालको हुन्छ । स–साना नानिबाबुहरु आफ्ना नयाँ–नया लुगा देखाउँदै प्रफुल्लित मुद्रामा डुलिरहेका हुन्छ्न । दसैँका बेला आफ्नो घर आउन नपाएको परदेशीको मनमा यी सबै दृश्यहरु फनफनी नाचिरहेका हुन्छ्न । आफ्ना सन्तानहरु धन कमाउने आसमा परदेश तिर लागेपछि बृद्ध बाबा आमा एक्लै गाउँबेशी मेलापात गर्न बाध्य भैरहेका हुन्छ्न । परदेशमा काम गरिरहेको छोरा र छोरीले आँसि, नाम्लो काखी च्यापेर त्यो बुढेसकालको शरीरलाइ उकाली ओराली गराईरहेको आमाको रुपलाई सम्झन्छ्न । दसँैका बेला देउरालीमा घुम्ने त्यो चर्खे पीङ, ती सङ्गी साथीहरु , गाउँका बुढापाकाहरुका अगाडि लामबद्द भएर टिका थाप्दाको त्यो अवस्था, ती सबै दृष्यहरुले ती परदेशी नेपालिहरुको मन पलपलमा झस्काइदिने गर्छ । आफ्ना आगाडी गाउँका छोरा छोरीहरु टिका थाप्न लामबद्द हुँदा त्याहाँ आफ्ना परदेशी छोरा छोरीलाई नपाउँदा उनीहरुलाई सम्झेर कति रुन्छ होला ती आमा बाबाको मन ? तर पनि आफ्ना आँसु भित्रै लुकाउँदै लामबद्द भएकाहरुलाई खुशी साथ टीका लगाइदिन्छ्न बाबा आमाहरुले । परदेशी नेपालीको मर्म बुझ्दैन । विचरा ती परदेशिको ज्यान त बिदेशमा हुन्छ तर मन भने आफ्नै गाउघर तिर डुलिरहेको हुन्छ । उनीहरुको नयन अगाडि वृद्ध आमा बाबाको तस्वीर नाच्न थाल्छ । झलझली सम्झना आउँछ आफ्ना जहान लाला बालाहरुको । गाउघर, तीसङ्गी साथी, आफन्तजन ती सबैको सम्झनाले मन भक्कानिएर आउँछ । उनीहरुका आँखाबाट पनि अनायासै आशु वर्षिन थाल्छ । तर त्यो बिरानो ठाउँमा त्यो आँशुको मूल्य बुझिदिने कसले ? आफ्नो आँसु आफै पिउँदै बिदेशको गल्ली–गल्ली डुल्न बाध्य छ्न उनीहरु । हाँस्ने खेल्ने कलिलो बैँशको यो दिनमा बिदेशका गल्ली, मरुभूमी , क्याम्प, कलकारखाना र होटलहरुमा मुटु मिची बस्न बाध्य छ्न उनीहरु । अरबका खाडीहरुमा पचास–पचपन्न डिग्रीको तातो रापमा काम गर्न बाध्य छन उनिहरु । मालिकको हप्की दप्की खेप्दै निरन्तर डिउटी निभाइरहेका छन उनिहरुले । दिनरात उनीहरुले आफ्नो गाउघर, प्रिय सङ्गी साथी, जहान लालाबाला सम्झिरहेका हुन्छ्न । घरगाउँको सम्झनामा आफै रुने आफै सम्हालिने गर्न बिवस छ्न उनीहरु । आखिर सुख–दुःख यस्तै त रहेछ नि जिन्दगी भनेर आफ्नो मन बुझाइरहेका छन उनीहरुले । यो कुनै काल्पनिक कुरा होइन लाखौँलाख परदेसी नेपालीहरुले भोगिरहेको यथार्थ पीडा हो यो । जनगायक जीवन शर्माले परदेशी नेपालीहरुको त्यही यथार्थ पीडालाई टपक्क टिपेर राखेका छ्न यो गीतमा –

आँसिनाम्लो काखी च्यापी दाउराघाँस गर्न
कहिले तिमी मेलापात कहिले हुद्दा पर्म
महिना बिते वर्र्ष दिन बिते
दुःख झेल्दै अर्कैको देशैमा
यसपाली त यस्तै भो आमा
अर्को साल आउनेछु दशैमा ‘
चर्खे पिङ घुम्दै होला देउरालीको माथी
टिका थाप्न आए होलान सबै सङ्गी साथी
लाए होलान सबैले आज
टिका माथी जमरा केशैमा
यसपाली त यस्तै भो आमा
अर्को साल आउनेछु दशैँमा

पुरी कहिले नपुरिने हृदयको घाऊ
ऋणमाथी ऋण थोपर्ने गाउँका जाली साहु
घरै छाडी उडेको चरी
फर्की फेरि आउनेछ बासैमा
यसपाली त यस्तै भो आमा
अर्को साल आउनेछु दशैँमा

 

रहरले बिदेस कोही पनि गएको हुँदैन । कोही साहु महाजनको ऋणले थिलिएर अचाक्ली भएपछी परदेशिएका हुन्छ्न भने कोही आफ्ना जहान लालाबालाहरुको सुन्दर भबिश्यको सपना बोकेर कामको खोजिमा परदेस पुगेका हुन्छ्न । देश भित्र रोजगारीको प्रसस्त आधार हुँदो हो त सायद कोही पनि नेपाली आफ्नो रगत र पसिना बेच्न बिदेसी भूमिमा पुग्ने थिएन । तर हाम्रो देशको अवस्थानै त्यस्तै छ । देशमा उद्योग कलकारखानाहरुको विकास हुन सकेको छैन, चाहेर पनि काम गर्न पाउने यहाँ अवसरनै छैन त्यसैले रोजगारिको खोजिमा संसारका विभिन्न देश चहार्न बाध्य छन लाखौँ लाख नेपालीहरु । गीतले त्यही बाध्यताको भूमरिमा परेका लाखाँैलाख परदेशी नेपालीहरुको मनको वेदना बोलेको छ । यो रमाइलो चाड दशैँका बेला हाम्रो गाउँघरको रौनक नै बेग्लै हुन्छ । आफ्ना दुःख मन भित्रै लुकाएर भए पनि खुसि देखिने प्रयास गर्छ्न मान्छेहरु । देउरालीहरुमा चर्खे, रोटे र लठ्ठे पिङहरु खेल्नुको आनन्दनै बेग्लै हुन्छ । गाउँका पाका पूराना मान्यजनका हातबाट टिका ग्रहण गर्दै आशिर्वाद लिँदाको आत्मसन्तुष्टि बेग्लै खालको हुन्छ । स–साना नानिबाबुहरु आफ्ना नयाँ–नया लुगा देखाउँदै प्रफुल्लित मुद्रामा डुलिरहेका हुन्छ्न । दसैँका बेला आफ्नो घर आउन नपाएको परदेशीको मनमा यी सबै दृश्यहरु फनफनी नाचिरहेका हुन्छ्न । आफ्ना सन्तानहरु धन कमाउने आसमा परदेश तिर लागेपछि बृद्ध बाबा आमा एक्लै गाउँबेशी मेलापात गर्न बाध्य भैरहेका हुन्छ्न । परदेशमा काम गरिरहेको छोरा र छोरीले आँसि, नाम्लो काखी च्यापेर त्यो बुढेसकालको शरीरलाइ उकाली ओराली गराईरहेको आमाको रुपलाई सम्झन्छ्न । दसँैका बेला देउरालीमा घुम्ने त्यो चर्खे पीङ, ती सङ्गी साथीहरु , गाउँका बुढापाकाहरुका अगाडि लामबद्द भएर टिका थाप्दाको त्यो अवस्था, ती सबै दृष्यहरुले ती परदेशी नेपालिहरुको मन पलपलमा झस्काइदिने गर्छ । आफ्ना आगाडी गाउँका छोरा छोरीहरु टिका थाप्न लामबद्द हुँदा त्याहाँ आफ्ना परदेशी छोरा छोरीलाई नपाउँदा उनीहरुलाई सम्झेर कति रुन्छ होला ती आमा बाबाको मन रु तर पनि आफ्ना आँसु भित्रै लुकाउँदै लामबद्द भएकाहरुलाई खुशी साथ टीका लगाइदिन्छ्न बाबा आमाहरुले । दशैँका बेला हाम्रो समाजमा वर्र्षौँै देखि देखिँदै आएका तिनै कारुणिक दृश्यहरुलाइ कुसलतापूर्वक सरल शब्दमा उनेका छन जनगायक जीवन शर्माले यस गीतमा । गीतमा समस्या र पीडा एवं ब्याथाहरुको उत्खनन् मात्र गरिएको छैन, त्यसबाट समाधानको स्पस्ट मार्गचित्र पनि प्रस्तुत गरिएको छ । सँधैभरी परदेशिनु पर्ने यो समस्याबाट मुक्ती पाउने जुक्ती पनि गीतका शब्दहरुले बोलेका छ्न ः–
तिरी कहिल्यै नसकिने सामन्तको ऋण
जति काम गरे पनि हामी गरिब किन रु
फर्की म त आउँदैछु छिट्टै
गाउँका साथी लिएर साथैमा
यसपाली त यस्तै भो आमा
अर्को साल आउनेछु दशैँमा
यहाँ सारा शहरमा रहेछ्न सचेत साथी
चेतना र एकताको हिँड्छ्न सन्देश बोकी
देशै भुली बस्दैनौँ अब
बिदेशीको धनैको रसैमा
यसपाली त यस्तै भो आमा
अर्को साल आउनेछु दशैमा‘
चिने आमा को हो शत्रु को हो हाम्रो मित्र
त्यसैले त आगो बल्छ मन भित्र–भित्र
घरै छोडी नआउनु कोही
सामन्तको ऋण तिर्ने आशैमा
यसपाली त यस्तै भो आमा
अर्को साल आउनेछु दशैमा

यसरी गीतले धन कमाउने रहर साँचेर बिदेशी भूमिमा नजान नेपालीहरुलाई स्पस्ट रुपमा आह्वान गरेको छ । आफुलाई परदेशी हुन बाध्य पार्ने को हो रु तिनीहरुलाई प्रत्येक परदेशी नेपालीले अब चिन्नु पर्दछ । देशका शासकहरु देश बदल्ने सामथ्र्य बोकेका युवा शक्ति दैनिक रुपमा हजारौँको संख्यामा बिदेशिईरहँदा पनि अझ रमाइरहेको छ । उनीहरुले पठाएको रेमिट्यान्सबाट नै देशको अर्थतन्त्र धानिरहेका छन शासकहरुले । विदेशमा रहेका ती लाखौँलाख परदेशी नेपालीहरुलाई स्वदेश झिकाएर लगाउने कुनै स्पस्ट कामको योजना छैन सरकार सङ्ग । यसरी विदेशबाट पठाउने रेमिट्यान्सको भर परेर देशको अर्थतन्त्र बलियो हुन सक्दैन । देशलाई विकास र समुन्नतिको मार्गमा अघि बढाउन स्वावलम्बी अर्थतन्त्रको निर्माण गर्नु नितान्त जरुरी हुन्छ । त्यसका लागि देश भित्रै प्रशस्त मात्रामा उधोगधन्दा र कलकारखानाहरुको विकास गरि देशको जनशक्तिले देश भित्रै रोजगारिको अवसर पाउने अवस्था सृजना गरिनु पर्दछ । तर त्यो अवस्था आफै सृजना हुँदैन । त्यसकालागि जनंक्तीबाटनै शसक्त दबाव सृजना गरिनु पर्दछ । परदेश गएका दाजुभाइ दिदिबहिनीहरुले आफुलाइ परदेशी बनाउन बाध्य पार्ने देशको थिती र नीति हो भन्ने तथ्यलाइ बुझ्नु पर्दछ । आफ्नो सत्रु को हो र मित्र को हो भनेर उनीहरुले खुट्टाउन सक्नु पर्दछ । गीतले स्पस्टरुपमा त्यही सन्देश दिन खोजेको छ–सामन्तको ऋण तिर्ने आशमा कोही पनि विदेश नजानु । बरु आफुलाई विदेशिन बाध्य पार्ने देशको नीति र थिती बदल्ने काममा लाग्नु । दबाव दिएर, संघर्ष गरेर देश भित्रनै रोजगारिको अवसर सृजना गर्न सरकारलाई बाध्य पारौँ । यसरी सधैभरी परदेशिएर हाम्रो समस्याको सामाधान हुने छैन । स्वावलम्बी अर्थतन्त्रको निर्माण नगर्दासम्म देश विकासको गतिमा अघि बढ्न सक्दैन । त्यसैले हाम्रो देशको राज्यसत्ताको अर्धसामन्ती र अर्धऔपनिभेषिक जुन चरित्र छ हामीले सबै भन्दा पहिले राज्यको त्यो मूलचरित्रमा बदलाब ल्याउनु जरुरी छ । राज्यसत्ताको त्यो मूल चरित्र नबदल्दासम्म रोजगारिका लागि विदेशिनु पर्ने यो बाध्यता रोकिने छैन । आफ्ना सन्ततिहरु जहानलालाबालाहरुको पेट पाल्नकै लागि परदेशिनु पर्ने यो बाध्यात्मक अवस्थाको अन्त्यका लागि हरेक आमा बाबाहरुले आफ्ना सन्तानहरुलाई स्वदेश फर्किएर देशको थिती बदल्ने काममा लाग्न आह्वान गर्नु पर्दछ । विदेशमा रहेका सम्पूर्ण प्रवासी नेपालीहरु अब स्वदेश फर्किएर राज्यको मूलचरित्र बदल्ने अभियान, देशलाई स्वाबलम्बी अर्थतन्त्रको मार्गमा हिँडाउने अभियानमा लाग्नु पर्दछ । जनगायक जीवन शर्माको कालजयी गीत “यसपाली त यस्तै भो आमा” ले मुलरुपमा त्यही आह्वान गरेको छ ।

 

यसरी सृजना भएको थियो यो गीत –

“यसपाली त यस्तै भो आमा” गीतको सृजना जनगायक जीवन शर्माले आज भन्दा २० वर्र्ष अगाडी अर्थात २०५८ सालमा गरेका थिए । २०५८ सालमा म्यूजिक नेपालबाट प्रकासित रक्तिमको एल्बम “कालिगण्डकी” भित्र यो गीत समाविष्ट रहेको छ । जनताका गीत÷सङ्गीत लिएर खाडी मुलुकहरुमा पुगेका बेला त्यहाँ पसिना बगाइरहेका श्रमजीवी प्रवासी नेपालीहरुको मनोभावनालाई बुझेर शर्माले यो गीत लेखेका थिए ।

 

“जनसङ्गीत यात्राको सिलसिलामा २०५८ सालको दशैँछेक हामी युएइ पुगेका थियौँ । रोजगारिको क्रममा युएइ पुगेका श्रमजीवी नेपाली कतिपय छुट्टी पाएर स्वदेश फर्किएका थिए, छुट्टी नपाएकाहरु मनभरी पीडा बोकेर त्यहीँ बसिरहेका थिए ।” गीत रचनाकालको पृष्ठभूमि सम्झँदै जनगायक जीवन शर्माले भने–“प्रवासी नेपालीहरुको त्यस्तो अवस्था त्यो युएईमा मात्र होइन संसारकाअरु विभिन्न देशहरुमा समेत उस्तै थियो । संसारैभरी छरिएर रहेका श्रमजीवी नेपालीहरुको त्यही मनस्थिति प्रति संवेदनशिल भएर यो गीतकोे रचना गरिएको हो । “जनगायक शर्माले भनेझै यो गीतले साच्चैनै दशैँका बेला घर आउन नपाई संसारका विभिन्न देशमा छरिएर बसेका ती लाखौँलाख परदेशी नेपालीहरुको मनको पीडा बोलेको छ । गीत रचनाकालको त्यो बेला र अहिले परिस्थिति धेरै बदलिएको छ । त्यति बेला देशमा निरङ्कुश राजतन्त्रको शासन थियो । अहिले गणतन्त्र आइसकेको छ । तर परदेशी नेपालीहरुले अवस्थामा भने अझै नि तात्विक अन्तर आउन सकेको छैन । बरु रोजिरोटिका लागि परदेशिन पर्ने बाध्यता अहिले झन बिकराल बन्दै गईरहेकोे छ । यो अवस्थामा यो गीतकोे महत्व झनै बढेको बताउँछ्न जनगायक शर्मा । “अहिले पनि लाखौँलाख प्रवासी नेपालीहरु नेपाल आउन नपाउँदा पीडित भईरहेका छन, अहिले एकातिर उनीहरुलाइ छुट्टी मिल्दैन, अर्को तिर छुट्टी मिले पनि कोरोना कहरका कारण आउन सहज छैन । यो अवस्थामा यो गीतकोे महत्व झन उचाइमा उठेको छ । जनगायक शर्मा भन्छ्न–“यो अवस्थामा दशैँका बेला आफ्नो देश र गाउँ फर्कन नपाएका ती लाखौँलाख प्रवासी नेपालीहरुमा देश प्रतिको माया र गाउँघर प्रतिको संवेदनशिलता अझ तीब्र होस भन्ने अभिप्रायले यसलाई अहिले म्यूजिक भीडियोको रुपमा ल्याइएको हो ।”

जसको व्यथा उसकै अभिनय 

“यसपाली त यस्तै भो आमा” गीतकोे म्यूजिक भीडियोे पनि उत्कृष्ट बनेको छ । यसमा कुनै बनावटी र कृतिम पात्र छैनन । जसको पीडा र व्यथा गीतका शब्दहरुले बोकेका छ्न तिनै प्रवासी श्रमजीवी नेपालिहरुको अभिनय यसमा देख्न सकिन्छ । कलाकारहरुले गीतकोे भावलाई हुबहु रुपमा उतारेका छ्न आफ्नो अभिनय र नृत्यमा । रोजगारिका सिलसिलामा संसारका विभिन्न देशमा छरिएर रहेका रक्तिमका पाका पुराना कलाकारहरुकै अभिनय यसमा समाबिष्ट छ । देश भित्र रहँदा रक्तिम सास्कृतिक अभियानमा रहेर लामो समयसम्म क्रियाशिल रहेका ती कलाकारहरु जो अहिले रोजगारिको सिलसिलामा जापानका विभिन्न शहरहरुका होटल रेस्टुरेन्टहरुमा पुगेर मजदुरि गरिरहेका छ्न । कोही दक्षिण कोरियाका कलकारखानामा त कोही भारतका गल्ली–गल्लीमा कामको खोजिमा भौतारिइरहेका छ्न । कोही ती कलाकार साथिहरु अरबको तातो बालुवामा पसिना बगाइरहेका छ्न । कोही फ्रान्सको सेनामा रहेर युद्द लडिरहेका छ्न । ती कलाकारहरु अहिले जो जहाँ रोजगाररत रहेका छ्न उनीहरुले त्यहीँ आफुले काम गरिरहेकै ठाउँबाट गीतमा अभिनय गरेर भीडियोे फुटेजहरु पठाएका छन । यसरी विदेशका तिनै ठाउँहरुमा प्रत्यक्ष पसिना बगाइरहेका वास्तविक पात्रहरुकै अभिनय यस गीतको म्यूजिक भीडियोमा समेटिएको छ । त्यस बाहेक अहिले पनि देश भित्र रहेर जनसास्कृतिक यात्रामा अहोरात्र खटिरहेका रक्तिम हस्तिहरुको अभिनय पनि यस गितमा देख्न सकिन्छ । नृत्य र अभिनय गरि चार दर्जन भन्दा बढी पुराना र नया रक्तिम कलाकारहरुले यसमा अभिनय गरेका छ्न । देश बिदेशका विभिन्न स्थान बाट रक्तिम कलाकारहरुले पठाएका ती भीडियोे फुटेजहरुको संयोजन जनगायिका निलिमा पुनले गरेकी छिन भने सम्पादन तुलसी बास्कोटाले गरेका छन ।
गीतको म्यूजिक भीडियोमा अभिनय गर्ने रक्तिम कलाकारहरुमा सचित्र केसि (जापान ), डमर भण्डारी (नवलपुर), मान बहादुर भण्डारी (बाँके) , लक्ष्मी रिजाल “उदय “ (कैलाली), सुमन रोका मगर (फ्रान्स० , धन बहादुर थापा (बागलुङ० , जीवलाल शर्मा (दक्षिण कोरिया ), बिमल पाण्डे ( बागलुङ), हुमाकान्त आचार्य (कतार), शरद लामिछाने (बाँके), सूर्य थापा सिङ्जाली मगर (भारत) , पाण्डेचरी०, प्रकाश बिसी “बादल” (जापान), मनकाजी गुरुङ (भारत, रोपड) , लिला परियार (जापान) , बलदेब राना (कतार) , सुजन थापा (पोखरा) , अमर बिक (कतार), खडक पुन (जापान) , राजु थापा मगर (भारत) , गिरि काउचा (कतार ), ऋषिराम पौडेल, नेरु आचार्य र कमल बिक (जापान), उमा गुरुङ (कैलाली), गौरीलाल कार्की (बाँके ) र चक्र चनारा ( कैलाली० रहेका छन । यसैगरी म्यूजिक भीडियोमा बागलुङबाट प्रदिप श्रीष, विनोद पाण्डे, नर बहादुर केसी, मिलन सुनार, सुर्य पौडेल, मदन भूपाल र खगी बिक (कैलालीबाट० पबित्रा बडु ,कृति पुन र धर्मराज जोशी (भारतबाट) शारदा गुरुङ, लक्ष्मी गुरुङ, खगी थापा, मन्जु थापा , गोमा थापा,रुपा कार्की, बिनिता कार्की, सिमा शर्मा, मन्जु शर्मा रुपा थापा, बाँकेबाट गुणनिधी आचार्य र ईश्वर पाण्डेको अभिनय तथा नृत्य रहेको छ ।
रक्तिमकै कलाकारहरु केशब राना (काठमाडौं), विशाल थापा मगर (कन्चन , रुपन्देही)र हरि सर्तुङ्गी (गुल्मी)को नृत्य, बागलुङको प्रथम हाँडिकोट महोत्सवमा प्रदर्शन गरिएका नौमती बाजा टोली र विभिन्न आमा समुहका नृत्यहरु यो गीतको म्यूजिक भीडियोमा समेटिएको छ । रक्तिमका कुसल नृत्यकार बिमल पाण्डेको कोरियोग्राफिमा रक्तिम सास्कृतिक अभियान ढोरपाटन नगर समिती बागलुङका कलाकारहरु र मनकाजी गुरुङको कोरियोग्राफिमा भारत रोपडका रक्तिम कलाकारहरुले निकै सुन्दर नृत्य प्रस्तुत गरेका छ्न । देश विशका विभिन्न स्थानहरुमा जनगायक जीवन शर्माले यो गीत प्रस्तुत गर्दाका भीडियो फुटेजहरु पनि यसमा समावेश गरिएको छ । गीतकोे म्यूजिक भीडियो छायाङ्कन गर्न, जुटाउन र दर्शक श्रोतासम्म ल्याई पुर्याउँदा प्रत्यक्ष अप्रत्यक्ष रुपमा धेरैको अमुल्य सहयोग रहेको बुझ्न सकिन्छ । म्यूजिक भीडियोे निर्माणमा सीता पुन, कमल बिक, चित्र बिक, ज्ञान थापा , नाम्गेल मोक्तान र रुद्रा कार्की, मादल रेष्टुरेन्ट कामता जापान र रक्तिम सास्कृतिक अभियान ढोरपाटन नगर समिती बागलुङ लगायतले विशेष सहयोग पुर्याएका छ्न । सबैको एकीकृत प्रयासबाट “यसपाली त यस्तै भो आमा” गीतको एउटा राम्रो म्यूजिक भीडियोे तयार भएको छ ।
एउटै गीतमा यति धेरै रक्तिम कलाकारहरुले एकै पटक अभिनय गरेको सम्भवतः यो नै पहिलो रक्तिम गीत होला । यस गीत मार्फत जनगायक जीवन शर्माले देश विदेशमा छरिएर रहेका रक्तिम कलाकारहरुलाई एकै ठाउँमा जुटाएका छ्न, तर अँझ धेरै कलाकारहरुलाई यसमा समेट्न नसकिएको जनगायिका निलिमा पुन बताउछिन । “जसको व्यथा र कथा गीतका शब्दहरुले बोकेका छ्न तिनैका प्रतिनिधि पात्रलाइ बढी भन्दा बढी संख्यामा समेट्ने हाम्रो चाहाना हो तर कतिपय प्राबिधिक र परिस्थितिजन्य कारणहरुले गर्दा हामीले अझ सोचे जति कलाकार साथीहरुलाई यो गीतमा समेट्न सकेनौँ । “गीतको म्यूजिक भीडियोे निर्माणमा संयोजनकारी भूमिका निभाएकी जनगायिका निलिमा पुनले भनिन– “देशको जनसास्कृतिक अभियानमा अमुल्य योगदान पुर्याएका रक्तिम कलाकारहरु जो बाध्यता र बिवसताले गर्दा विश्वका विभिन्न देशहरुमा पुगेर अहिले पसिना बगाइरहेका छ्न । उनीहरु सबैलाइ हाम्रो चाहाना हुँदा हुँदै पनि एउटै गीत भित्र समेट्नु त्यो त्यति सम्भव थिएन । यो त हाम्रो सुरुवाती प्रयास मात्र हो । आगामी दिनमा अन्य गीतहरुमा अहिले परिस्थितिजन्य कारणबस छुट्नु भएका सबै कलाकार साथिहरुलाई हामीले समेट्ने प्रयास अवस्य गर्नेछौँ । जनगायिका पुनले छोटो समयको प्रयासमा “यसपाली त यस्तै भो आमा” गीतको म्यूजिक भीडियोे जुन रुपमा निर्माण भएको छ र दर्शक श्रोताबाट जुन प्रतिक्रिया प्राप्त भईरहेकोे छ त्यसबाट आफू पुर्णरुपमा सन्तुष्ट रहेको बताइन । उनले भीडियोे निर्माणमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पूर्ण प्रति हार्दिक आभारका साथ धन्यवाद समेत ज्ञापन गरिन ।

चेतनामुलक दशैँ गीत 

“यसपाली त यस्तै भो आमा” लाई मुलत चेतनामुलक दशै गितका रुपमा लिन सकिन्छ । यसप्रकारका जनपक्षिय गीतहरुको तुलना अन्य व्यवसायिक गीतहरुसङ्ग गर्नु त्यो पटक्कै नसुहाउने कुरा हो । हामी सहजै बुझ्न सक्छौ ९यस गीत निर्माण पछाडिको उद्धेश्य व्यवसायिक रुपमा मुनाफा कमाउनु कदापी होइन । समाजलाई चेतनामुलक सन्देश दिनका लागिनै यस गीतको म्यूजिक भीडियोे निर्माण गरिएकोमा कुनै शङ्का छैन ।

पूँजीवादी गीत र सङ्गीतको बोलाबाला चलिरहेको वर्तमान बजारमा यसप्रकारका जनपक्षीय चेतनामुलक गीत र सङ्गितको यात्रालाइ अगाडि बढाउने बढाउने कार्य निकै जटिल र कठिन छ । तर पनि श्रमजीवि जनताको साथ र सहयोगबाट जनगायक जीवन शर्माले वर्षौँदेखि त्यो कठिन कार्यको सफलतापूर्वक नेतृत्व गर्दै आएका छन । सिमित साधन स्रोत र आर्थिक अभावका बाबजुद पनि “यसपाली त यस्तै भो आमा” को म्यूजिक भीडियोे जुन रुपमा तयार भएको छ यसलाई उत्कृष्ट नै मान्नु पर्छ । हुन त यो गीत जनगायक जीवन शर्माको एकल स्वरमा रहेको छ तर पनि यो गीतले जुन भाव बोकेको छ दशैँमा आफ्नो घर जान नपाएका सम्पूर्र्ण परदेशी नेपालीहरुकोे साझा गीत हो यो । दाजुभाइहरु मात्र होइन हाम्रा कैयौँ दिदी बहिनीहरु पनि दशैँका बेला परदेशबाट आफ्नो घर आउन पाएका छैनन । गीतको अभिनयमा ती परदेशी नेपाली चेलिहरुको अभिनयलाइ पनि समेट्न सकेको अझ राम्रो हुने थियो । तर पनि जति अभिनयहरु समेटिएका छ्न ती सबै यथार्थ र मार्मिक नै छ्न । यस गीतमा दशैँका बेला आफ्नो घर जान नपाएका प्रत्येक नेपालीहरुले आफ्नै कथा र व्यथा भेटाउन सक्छ्न, यो उनीहरुकै मनको भावना समेटिएको गीत हो । सधैभरी रोजिरोटिका लागि परदेशिनु पर्ने बाध्यताको अन्त्यका लागि देशमै फर्किन र विदेशिनु पर्ने थितिको अन्त्य गर्ने अभियानमा लाग्न यो गीतले हरेक परदेशी नेपालीलाई अभिप्रेरित गर्दछ । निष्कर्षमा भन्नू पर्दा दशैँका बेला आफ्नो घर आउन नपाएका हरेक परदेशी नेपालीको यथार्थ वेदना बोकेको मार्मिक र चेतनामुलक गीतकोे रुपमा आएको छ “यसपाली त यस्तै भो आमा” गीतको म्यूजिक भीडियोे । त्यसका लागि देश भित्रै प्रशस्त मात्रामा उधोगधन्दा र कलकारखानाहरुको विकास गरि देशको जनशक्तिले देश भित्रै रोजगारिको अवसर पाउने अवस्था सृजना गरिनु पर्दछ । तर त्यो अवस्था आफै सृजना हुँदैन । त्यसकालागि जनंक्तीबाटनै शसक्त दबाव सृजना गरिनु पर्दछ । परदेश गएका दाजुभाइ दिदिबहिनीहरुले आफुलाइ परदेशी बनाउन बाध्य पार्ने देशको थिती र नीति हो भन्ने तथ्यलाइ बुझ्नु पर्दछ । आफ्नो सत्रु को हो र मित्र को हो भनेर उनीहरुले खुट्टाउन सक्नु पर्दछ । गीतले स्पस्टरुपमा त्यही सन्देश दिन खोजेको छ–सामन्तको ऋण तिर्ने आशमा कोही पनि विदेश नजानु । बरु आफुलाई विदेशिन बाध्य पार्ने देशको नीति र थिती बदल्ने काममा लाग्नु । दबाव दिएर, संघर्ष गरेर देश भित्रनै रोजगारिको अवसर सृजना गर्न सरकारलाई बाध्य पारौँ । यसरी सधैभरी परदेशिएर हाम्रो समस्याको सामाधान हुने छैन । स्वावलम्बी अर्थतन्त्रको निर्माण नगर्दासम्म देश विकासको गतिमा अघि बढ्न सक्दैन । त्यसैले हाम्रो देशको राज्यसत्ताको अर्धसामन्ती र अर्धऔपनिभेषिक जुन चरित्र छ हामीले सबै भन्दा पहिले राज्यको त्यो मूलचरित्रमा बदलाब ल्याउनु जरुरी छ । राज्यसत्ताको त्यो मूल चरित्र नबदल्दासम्म रोजगारिका लागि विदेशिनु पर्ने यो बाध्यता रोकिने छैन । आफ्ना सन्ततिहरु जहानलालाबालाहरुको पेट पाल्नकै लागि परदेशिनु पर्ने यो बाध्यात्मक अवस्थाको अन्त्यका लागि हरेक आमा बाबाहरुले आफ्ना सन्तानहरुलाई स्वदेश फर्किएर देशको थिती बदल्ने काममा लाग्न आह्वान गर्नु पर्दछ । विदेशमा रहेका सम्पूर्ण प्रवासी नेपालीहरु अब स्वदेश फर्किएर राज्यको मूलचरित्र बदल्ने अभियान, देशलाई स्वाबलम्बी अर्थतन्त्रको मार्गमा हिँडाउने अभियानमा लाग्नु पर्दछ । जनगायक जीवन शर्माको कालजयी गीत “यसपाली त यस्तै भो आमा” ले मुलरुपमा त्यही आह्वान गरेको छ ।

यसरी सृजना भएको थियो यो गीत 

“यसपाली त यस्तै भो आमा” गीतको सृजना जनगायक जीवन शर्माले २०५८ सालमा गरेका थिए । २०५८ सालमा म्यूजिक नेपालबाट प्रकासित रक्तिमको एल्बम “कालिगण्डकी” भित्र यो गीत समाविष्ट रहेको छ । जनताका गीत÷सङ्गीत लिएर खाडी मुलुकहरुमा पुगेका बेला त्यहाँ पसिना बगाइरहेका श्रमजीवी प्रवासी नेपालीहरुको मनोभावनालाई बुझेर शर्माले यो गीत लेखेका थिए ।

“जनसङ्गीत यात्राको सिलसिलामा २०५८ सालको दशैँछेक हामी युएइ पुगेका थियौँ । रोजगारिको क्रममा युएइ पुगेका श्रमजीवी नेपाली कतिपय छुट्टी पाएर स्वदेश फर्किएका थिए, छुट्टी नपाएकाहरु मनभरी पीडा बोकेर त्यहीँ बसिरहेका थिए ।” गीत रचनाकालको पृष्ठभूमि सम्झँदै जनगायक जीवन शर्माले भने–“प्रवासी नेपालीहरुको त्यस्तो अवस्था त्यो युएईमा मात्र होइन संसारकाअरु विभिन्न देशहरुमा समेत उस्तै थियो । संसारैभरी छरिएर रहेका श्रमजीवी नेपालीहरुको त्यही मनस्थिति प्रति संवेदनशिल भएर यो गीतकोे रचना गरिएको हो । “जनगायक शर्माले भनेझै यो गीतले साच्चैनै दशैँका बेला घर आउन नपाई संसारका विभिन्न देशमा छरिएर बसेका ती लाखौँलाख परदेशी नेपालीहरुको मनको पीडा बोलेको छ । गीत रचनाकालको त्यो बेला र अहिले परिस्थिति धेरै बदलिएको छ । त्यति बेला देशमा निरङ्कुश राजतन्त्रको शासन थियो । अहिले गणतन्त्र आइसकेको छ । तर परदेशी नेपालीहरुले अवस्थामा भने अझै नि तात्विक अन्तर आउन सकेको छैन । बरु रोजिरोटिका लागि परदेशिन पर्ने बाध्यता अहिले झन बिकराल बन्दै गईरहेकोे छ । यो अवस्थामा यो गीतकोे महत्व झनै बढेको बताउँछ्न जनगायक शर्मा । “अहिले पनि लाखौँलाख प्रवासी नेपालीहरु नेपाल आउन नपाउँदा पीडित भईरहेका छन, अहिले एकातिर उनीहरुलाइ छुट्टी मिल्दैन, अर्को तिर छुट्टी मिले पनि कोरोना कहरका कारण आउन सहज छैन । यो अवस्थामा यो गीतकोे महत्व झन उचाइमा उठेको छ । जनगायक शर्मा भन्छ्न–“यो अवस्थामा दशैँका बेला आफ्नो देश र गाउँ फर्कन नपाएका ती लाखौँलाख प्रवासी नेपालीहरुमा देश प्रतिको माया र गाउँघर प्रतिको संवेदनशिलता अझ तीब्र होस भन्ने अभिप्रायले यसलाई अहिले म्यूजिक भीडियोको रुपमा ल्याइएको हो ।”

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित