– लक्ष्मण उप्रेती
प्रारम्भ
नेपालमा कम्युनिस्ट आन्दोलनको लामो र संघर्षशील ईतिहास छ। तर यसको ऐतिहासिक गतिशीलता नियाल्दा एउटा मूल प्रश्न खडा हुन्छ , बारम्बार किन जनयुद्ध ,बिद्रोह र जनआन्दोलनहरू अधुरा हुन्छन्र ? किन जनताले ठूलो बलिदान दिएर पनि वास्तविक सत्ता मजदुर–किसानको हातमा पुग्दैन ? यसको दार्शनिक आधारभूत कारण के हो भने,नेपाली कम्युनिस्टहरूले परिवर्तन (बदल्न) चाहेका छन्, तर वस्तुगत परिस्थितिको सही बुझाइ (बुझ्न) कमजोर छ।
द्वन्द्वात्मक भौतिकवादले भन्छ,वास्तविकता बुझ्नु भनेको वस्तुगत परिस्थितिको ठोस विश्लेषण गर्नु हो, र परिवर्तन भनेको त्यस विश्लेषणबाट सही दिशानिर्देश प्राप्त गर्नु र व्यवहारमा उतार्नु हो। यदि बुझाइ अधूरो छ,स्पस्ट छैन भने परिवर्तन असफल र अधुरो हुन्छ।
१.बुझ्नु र बदल्नुको द्वन्द्वात्मक सम्बन्ध
द्वन्द्वात्मक भौतिकवादका अनुसार संसार निरन्तर गतिशील छ, तर मानिसले त्यसलाई केवल “हेर्ने “ मात्र होइन, “बुझ्ने “ र त्यसको आधारमा “ बदल्ने “ क्षमता पनि राख्छ। बुझ्नु भनेको घटनाको सतह मात्र होइन, त्यसको अन्तर्विरोध र गहिरो कारणलाई पत्ता लगाउनु हो। बदल्नु चाहि त्यो बुझाइको आधारमा समाजलाई नयाँ दिशातर्फ लैजानु हो।मार्क्सले भनेका थिए “दार्शनिकहरूले संसारलाई विभिन्न ढङ्गले व्याख्या मात्र गरेका छन् स तर मुख्य कुरा यसलाई बदल्नु हो।“ बदल्नको लागि सही बुझाइ त्यतिकै जरुरी हुन्छ जति बदल्ने कुरा मुख्य बनिरहेको हुन्छ।
नेपाली कम्युनिस्टहरूको कमजोरी यो रह्यो बदल्न चाहने तर नबुझी सबै बुझेको ठान्ने प्रवृती , जुन गहिरो अध्ययन –अनुसन्धानको बाधक बन्यो। त्यसरी हेर्दा नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा तीन ठूला कमजोरीहरू भेटिन्छन्
क. वस्तुगत परिस्थितिको वैज्ञानिक विश्लेषणको कमी
ख. सामन्तवाद, पूँजीवाद र साम्राज्यवादको घनिष्ट सम्बन्धलाई गहिरो रूपमा बुझ्ने प्रयास अधुरो ।
ग. मिटर व्याज, भूमिहीनता, विदेशी पूँजी र श्रमशोषणको वास्तविक चरित्रलाई सम्पूर्ण क्रान्तिकारी रणनीतिमा समाहित गर्न नसक्नु।
२. जनयुद्ध र आन्दोलनका अधुरा परिणामहरू
२०५२–२०६२ को जनयुद्धले व्यापक आमुल रूपान्तरणको सम्भावना खोलेको थियो।तर वस्तुगत परिस्थितिको ठोस विश्लेषण बिना, आन्दोलनलाई सैद्धान्तिक रुपमा ठम्याउन नसक्नु,जसले स्पष्ट नयाँ कार्यदिशा निर्माण र प्रयोग गर्न नसक्दा परिवर्तन एवं उपलब्धिहरु अधुरा भए।
३. राजनीतिक अवसरवाद र गलत गठबन्धन
सही बुझाइ नहुँदा परिवर्तनको आकांक्षा, सम्राज्यवाद परस्त पुजीवाद ( पूजीवाद),दक्षिणपन्थी अवसरवादसँगको अपबित्र गठबन्धनमा परिणत भयो।
फलस्वरूप परिवर्तनको नाराले जनतालाई आकर्षित गर्ने, तर परिवर्तनको अभ्यास प्रणालीगत सुधारसम्म मात्र सीमित रहने अवस्था बन्यो।
४ द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणका अनुसार द्वन्द्वात्मक भौतिकवादले केही आधारभूत कुरा भन्छ, जुन नेपाली कम्युनिस्टहरूले आत्मसात् गर्नैपर्छ ।
क. ठोस परिस्थितिको ठोस विश्लेषण
द्वन्द्वात्मक भौतिकवादका अनुसार सार्वभौम सत्य छैन, प्रत्येक समाजको आफ्नै विशेष परिस्थिति हुन्छ।नेपालमा सामन्तवाद, पूँजीवाद र साम्राज्यवाद मिश्रित संरचना छ। यसलाई ठिक सङ्ग बुझ्न नसक्दा सही कार्यदिशा सम्भव छैन।
ख. सिद्धान्त र व्यवहारको एकतास
द्वन्द्वात्मक भौतिकवादका अनुसार बुझ्नु (सिद्धान्त) र बदल्नु (व्यवहार)को एकता बिना क्रान्ति सम्भव छैन।नेपालमा सिद्धान्त मात्र “ ” पाठ्यपुस्तक “ “ भाषण “ “यान्त्रिक बुझाइ “ को स्तरमै मात्र सीमित रह्यो, व्यवहार भने दक्षिणपन्थी अवसरवादमा पतन भयो।
५. परिवर्तन चाहने तर बुझाइ अधुरो हुदा हुने परिणाम
क. भ्रमपूर्ण कार्यनीति
परिवर्तनको नारा त हुने , तर वैज्ञानिक योजना नहुने।
ख. अधूरा क्रान्ति
विद्रोह हुने, तर सत्ता फेरि पुरानै वर्गले कब्जा गर्ने।
ग.जनताको निराशा
निरन्तर अधूरा परिणामले जनताको विश्वास गुम्ने।
घ.अवसरवादीहरूको बलियो उपस्थिति
सही बुझाइ नभएकाले जनआन्दोलनलाई अवसरवादी शक्तिले कब्जा गर्ने। त्यसैले बुझ्नु र बदल्नुवीचको द्वन्द्वात्मक सम्बन्धलाइ आत्मसात गर्नु एकदमै जरुरी हुन्छ।नेपाली कम्युनिस्टहरूले परिवर्तनको आकांक्षा वस्तुगत परिस्थितिको वैज्ञानिक एवं द्वन्द्वात्मक विश्लेषण नगर्दासम्म त्यो आकांक्षा केवल आकर्षक नारा मात्र बन्नेछ।
६. मार्गदर्शन – के गर्न जरुरी छ
क. नेपालको वास्तविक उत्पादन सम्बन्धको गहिरो विश्लेषण
ख. भूमिहीनता, विदेशी पूँजी निर्भरता, श्रम–वैदेशिक पलायन, माइक्रोफाइनान्स र मिटर ब्याजको जाल।
ग. मुख्य अन्तर्विरोध पहिचान र कार्यदिशा निर्धारण
घ. सामन्तवाद, पूँजीवाद र साम्राज्यवादविरुद्ध जनता–मजदुर–किसानको एकता।
ङ. सिद्धान्त र व्यवहारको एकरुपता कायम गर्नु। द्वन्द्वात्मक भौतिकवादलाई केवल नारामा होइन, व्यवहारमा उतार्नु।
च. अवसरवाद,अर्थवाद र सुधारवादको विरुद्ध स्पष्ट सङ्घर्ष गर्नु
छ.परिवर्तनलाई अधूरो बनाउन खोज्ने प्रवृत्तिलाई चुनौती दिनु।
अन्त्यमा,
नेपालका कम्युनिस्टहरूमा परिवर्तनको चाहना तिब्र छ।नेपाली जनता परिवर्तन चाहान्छ्न , तर बस्तुगत बुझाइ अपुरो र अधुरो ,एकान्की हुँदा बारम्बार अधूरा परिणाम आएका छन्। द्वन्द्वात्मक भौतिकवादले सिकाउँछ कि समाजलाई बदल्नको लागि वस्तुगत परिस्थितिको ठोस, वैज्ञानिक विश्लेषण आवश्यक हुन्छ।सही बुझाइ बिना बदल्ने प्रयास भ्रमपूर्ण र उग्रवादी हुन्छ, र केवल बुझ्ने तर बदल्ने आँट नगर्ने चेतना दक्षिणपन्थी अवसरवादी हुन्छ। त्यसैले, नेपाली कम्युनिस्टहरूको मूल कार्यदिशा हुनुपर्छ स पहिले वैज्ञानिक रूपमा बुझ्नु र सहि बैचारिक आधार निर्माण गर्नु , सहि कार्यदिशा तय गर्नु र त्यसका अधारमा आवश्यकता अनुसार संगठनात्मक संरचना ( स्वरुप ) बनाउनु।निरन्तर क्रान्तिको सिद्धान्तलाई अगाडी बढाउनु यही हो क्रान्तिको सहि वाटो।
क्रान्तिकारी कम्युनिस्टहरुको एकीकरण, ध्रुवीकरण र गठन्धन गर्ने, सामाजिक सद्भाव र राष्ट्रिय एकता पैदा गर्ने, जनताको विश्वास आर्जन गर्ने अनि देस, जनता र क्रान्तिको हितमा लड्नेबढ्ने हो अहिलेको बुझ्ने र बदल्ने सन्दर्भ ।