जेनजी छनौट (वैज्ञानिक) मन्त्रीका अवैज्ञानिक ऐन कानुन

 

–नारायण प्रसाद भण्डारी

नेपालमा २०८२ भाद्र २३ र २४ गतें जेनजीहरुको अगुवाइमा नयाँ प्रकारकै ऐतिहासिक भिषण आन्दोलन भयोे । आन्दोलनका रुप २ वटा भए एउटा सकारात्मक प्रशंंसनीय र अर्को नकारात्मक दुखद निन्दनीय । २३ गतेको शान्तिपूर्ण आन्दोलन २४ गते एकाएक विद्रोहमा रुपान्तरण हुन पुग्यो । त्यसका धेरै कारण छन । तुरुन्तै टिका टिप्पणी गर्नु भन्दा जेनजी सिफारिसबाट बनेको अन्तरिम सरकारले छानविन आयोग बनाइ सकेको अवस्थामा धैर्य गर्नुको विकल्प छैन तर सरकारले तुरुन्तै गर्नु पर्ने कार्य गर्न नसकेको या नगरेको लक्षणले यसै भन्न सकिने अबस्था छैन । अहिले अत्याधिक बहसमा आएको र धेरै मान्छेले नसुनेको नयाँ शब्द जेनजीे भनेका को हुन ? यिनीहरुको लक्ष्य के हो ? भन्ने कुरा धेरैको मनमा कौतुहल उठनु स्वभाविकै हो । हाम्रो समाजमा युवाहरुले केही थाहा पाउँदैनन, महिलाहरुले जान्दैनन भनेर हेप्ने नपत्याउँने विस्वाँश नगर्ने प्रबृतिको सामन्तवादी एबं अन्धविस्वासीको संस्कार छ । यो समय नयाँ प्रविधिको समय हो अहिलेको नयाँ पुस्ता नेट इन्टरनेट साइबर नयाँ नयाँ विज्ञानका कुराहरुमा जानकार छन । यिनीहरु नयाँ विषय वस्तुहरुमा रमाउँन चाहन्छन । यो समयको माग हो । एउटा सानो उदाहरण हामीले चलाउने फोनमा प्रविधि मूलककुराहरु कति छ कति ? नयाँ पुस्ताका बच्चाहरुले युटुव गुगलबाट सर्च गरेर पत्ता लगाउँन सिपालु भैसकेका हुन्छन । यीनीहरुको क्षमता नेपालका शासकले बुझन सकेन । उनीहरुको क्षमतालाइ कदर गर्न नसक्नु नेपालका भाषणे भ्रष्टाचारी शासकले दमनमा राख्न खोज्नु सामाजिक सन्जाल बन्द गराउनु नै मुर्खता थियो । जेनजीहरुले विकल्प खोज्दै गए । उनीहरुले देखे बुझे सम्पर्क गरे विदेशीहरुबाट तालिमगरे । हामी जस्ता युवाले गर्न नसक्ने असम्भव केही छैन भन्ने महसुस गरे । दुई दिनमै कायाँ पलट बनाइदिए । यो सबै वैज्ञानिक शिक्षाको चमत्कार हो ।

शिक्षा भनेको बुद्धि विबेक ज्ञानको भण्डार हो तर नेपालको शिक्षा २१ औं शताब्दी पार गर्दा सम्म पनि यथास्थितिवादी शिक्षा बाट माथि उठन सकेन  । यस्तो गुणस्तरहिन शिक्षाले कसरी उठछ देश ? कसरी हुन्छन युवा सक्षम ? सरकारी शिक्षा भनेको बेरोजगार उत्पादन गर्ने कारखाना जस्तो छ । आधुनिक युगको पुस्ता चलाउँने शिक्षा ऐन नै २०२८शालको पन्चायत कालिन राजावादी मौसुफमा निहित रहने छ गरिबक्सने छ भन्ने प्रकारको असान्दर्भिक, अवैज्ञानिक शिक्षा ऐनबाट गुणस्तरिय शिक्षा खोज्नु भनेको फलाम पगालेर सुन खोज्दै हिडनु सरह हो । राजतन्त्र समाप्त भएको पनि दर्जनौ बर्ष भयो । पूरानैे ऐन कानुन बचाइ राख्न खोज्नु, भ्रष्टाचारको खेति गर्ने युवा पुस्ता पलाएन गराउँने बाहेक अरु केही होइन । देशमा दुइखाले शिक्षा छ । हुने खानेले पढने शिक्षा र गरिवले पढने । शिक्षा नै विभेद पूर्ण छ ।धनाढयहरुको लागि निजी शिक्षाको सुख सुविधा सम्पन्न प्रा लि ,कम्पनीहरु, मालामाल छन । पढाउन खोज्ने अभिभाबक सडक छाप बन्दा डोनरहरुका दर्जनौ गाडि मोटर सहितका गगनचुम्बी महल बनी सक्छन । १० किलाका बच्चालाइ १५.किलाको भारी किताब कापिका बिक्री डिपो, ड्रेस,परिक्षै परिक्षा, गाडि भाडा, दर्जन बढीका शिर्सकबाट दोहन हुन्छ । नेपाल भन्दा कमजोर गरिब देश कहाँ पुगी सके पढन जानेहरु सँग कापि किताब केहि हँुदैन मात्र एउटा मोबाइल वा ल्यापटप हुन्छ ।त्यही बाटै गुगलको सर्च हुन्छ ।त्यसमै संसार भेटिन्छ ।जान्न चाहने इच्छा अनुसारका कुरा डाउन लोड गरयो जे सिक्नु पर्ने हो सिक्यो । नत भारी नत दुख नत कापी कलम किताबमा खर्च कति सजिलो कति आनन्द त्यही खुसि खोज्ने पुस्ता नै जेनजी हुन । उनले खोजेको आधुनिक शिक्षा १) प्रविधिमुलक २) इलम,ज्ञान,सिप मुलक ३) सर्ब सुलभ ४) उत्पादन मुलक ५) धेरै भन्दा धेरै विज्ञानको उपयोग होस । ६)रोजगार एबं ब्यबहारीक दैनीक जीवन संग सम्बन्धीत ७) पढनका लागि सुविधा सम्पन्न मैत्रीपूर्ण विद्यालय ७)स्वस्थ स्वच्छ वातावरण १३)नेटइन्टरनेटमैत्री १४)कुनै पनि कुरामा शिक्षा हासिल गर्न कठिनाइको महसुस नहोस १५)कुनै कारणले पढन बाट बन्चीत हुन नपरोस १५)विद्यालय शान्ति क्षेत्र होस १६)विषयगत का विज्ञ,दक्ष शिक्षकको ब्यवस्थापन भएको १७)विद्यालयमा डक्टर, नर्सको दरबन्दी भएको ।१८)विभिन्न ज्ञान बर्धक पुस्तकालय १९)इ,सि,डि कक्षा देखि नै कम्प्युटर शिक्षाको ब्यबस्था भएको हुनु पर्छ भन्ने जेनजी पुस्ताको मागनै समयको माग हो ।

डा महावीर पुन भनेको जेनजी पुस्ताको अभिभाबक भएपनि उँहा सगं धेरै ज्ञान सिप परिश्रम,इमान्दारिता,साधा जीवन उच्च विचार,लगनशिलता,देश र जनताको लागि केही गरेर देखाउनु पर्छ भन्ने भाबना भएको साधारण गरिब  परिवेशबाट बैज्ञानिक बन्न सफल ब्यक्तित्व हुनुहुन्छ । उँहामा काम गर्नु पर्छ भन्ने हुटहुटि छ तर नेपालको शिक्षा ऐन कानुन संबिधान सबै उहाँका लागि मात्र होइन जेनजी पुस्ताको माग विपरित एबं बाधक छ । किन भने शिक्षा क्षेत्र सुधारनका लागि राज्यको ढुकुटिबाट सेबा सुविधा लिने जुनसुकै ओहोदामा कार्यरत सम्पूर्णले सरकारी विद्यालयमा पढाउनै पर्छ । त्यसो गर्ना वित्तिकै शैक्षिक क्षेत्रका विकृति बिसंगति कम्तीमा ७० प्रतिशत आफै सुध्रीन्छ ।बाँकी माथि उल्लेखित जेनजीे एबं समयको माग भन्ने (१९) बुदे को अनिबार्य ब्यवस्थापन गरिनु पर्छ ।त्यसो गर्नका लागि अहिलेको शिक्षा ऐन र बर्तमानको संविधान नै बाधक छ । कारण ऐन समय सान्र्धभिक छैन । करीव ५४ बर्ष पुरानो राजावादी पन्चायत कालको छ । संविधान पनि नेपाली जनता र जनताका प्रतिनिधी द्धारा बनाइएको होइन, यो संविधान विदेशी प्रभूको ग्राइन डिजाइनमा बनाइएको दस्ताबेजमा नेपालले लालमोहर लगाएर प्रमाणीत गरेको मात्र हो, त्यस्कारण नेपाली जनताको जनसंविधान नै छैन, बर्तमान संविधानले नेपाली जनताको समस्या हल गर्न सक्दैन ।अर्को पक्ष सबै ऐन पन्चायत कालिन छन । एक आपसमा विवादित भन्दा पनि विवादित पार्ने प्रकारको बनाइएको हो ।यदि त्यसो नगरे कमिसन भ्रस्टाचार गर्ने कसरी ?

ऐन र संविधानको विवादित एउटा उदाहरण यदि कुनै निकायले माथि भने जस्तै नेपाल सरकारको ढुकुटि , राजस्वबाट सेबा सुविधा लिनेका छोरा छोरी सरकारी विद्यालयमा अनिबार्य पढाउनु पर्ने अन्यथा कार्वाहि गर्ने भन्ने निर्णय भयो ।सरकारी कर्मचारी भएकोलाइ नैतिक दबाव भयो ।अर्को तर्फ संविधानले के भन्छ ? कुनै पनि नागरिकको मौलिक अधिकार सुरक्षित हुने छ । कुनै विषयमा करकाप दबावमा पारेर बाध्य पार्न पाइने छैन भन्ने संविधानको मूख्य उद्धेश्य हो ।अब सन्तानको हक दुबैको वरावर छ ।निर्णयले दुबैलाइ नैतिक दबाब पर्ने दुबै सरकारी जागीरे भए त दबाब पर्ला निर्णय जसरी तसरी लागु होला ? निर्णयमा नपर्ने अन्य पेशा गरेर खानेले नमाने पछि उ न्यायालयको ढोकामा पुग्यो भने के हुन्छ ?यो उदाहरण कल्पना होइन ।वास्तविक भए गरेको कुरा हो ।त्यसकारण यो अन्तरीम सरकारलाइ काम गर्न यस्ता बाधा अर्चन पार्ने थुप्रै विषय छन ।यदि काम गर्ने नै हो भने सर्बप्रथम संविधान देशको समय सान्र्दभिक जनताले अप्नत्व गर्ने लायकको जनसंविधान बनाएर त्यसपछि शिक्षा ऐन शैक्षिक मजदुरको माग लाइ समेटने गरि बनाएर मात्र अन्तरिम सरकारलाइ सहज हुन्छ । अनि मात्र वैज्ञानिक शिक्षा मन्त्रीले देशको शैक्षिक प्रणाली चाहे अनुसारको समय सान्र्दभिक बनाउँन सक्नु हुनेछ । त्यतीबेला मात्र जेनजीका माग समेटिने छन ।

अन्यथा उँहा जस्तो इमान्दारीतामा स्वच्छ छवि बचाएर काम गरेको ब्यक्तित्व पनि विवादमा पर्नेे निश्चित छ ।अन्तमा अहिले नेपालका मिडिया, सामाजिक क्षेत्र,राजनीति गरेका हरु र गर्ने हरु सबैलाइ वैेज्ञानीक महावीरको कार्य शैलिले अति मर्माहत बनाएको छ । वास्तबमा उँहाले कसैलाइ चुनौति पार्न कसैसंग रिष पोख्न सस्तो विज्ञापन गर्न गरिएको हो जस्तो लाग्दैन । उहाँलाइ समयको मागले मन्त्री बनायो । शिक्षा मन्त्रीले शिक्षा क्षेत्र मात्र नभएर देशकै लागि गरेका उदाहरण भेटिन्छन त्यसकारण उहाँले देखाएको कार्यशैली ठीक क स्टालिन को जीवन शैली सगं मेल खान्छ तर उँहा स्टालिन बन्न खोजेको होइन । स्टालिनले पनि आफनो जीम्मेवारी कार्यक्षेत्रकै कार्यालयको एउटा कोठामा भान्छाका लागि अत्याबश्यक सामाग्री मात्र राखिएको हुन्थ्यो । सुत्नका लागि छुटटै ब्यबस्थापन थिएन ।सोफानै उँहाका वेड विस्तारा हुन्थे । भन्ने कुरा इतिहास बाट जान्न सकिन्छ ।श्रीमती सरकारी स्वास्थ्य बिभागको कर्मचारी भए पनि कहिल्यै सरकारी गाडिको प्रयोग गरिनन । हुन त संसारका कुनै पनि वैज्ञानिक विद्धान दार्शनिकहरुको जीवनशैली साधा जीवन उच्च विचारकै भएको पाइन्छ । त्यस्ता ब्यक्तित्व हरुले आफनै जीवन भुल्ने गर्छन । विश्वका महान दार्शनिक माक्र्स पुस्तकालय भित्र छिरयो भने ३दिन सम्म भोक तिर्खा नीन्द्रा केहि थाहा नपाउने त्यस्ता पनि संसारमा मान्छे थिए । हामी अहिलेनै टिका टिप्पणी गरिहाल्न समय खर्चिनु भन्दा काम कस्तो हुन्छ ?हेरौ तर विस्वाँश छ उँहाबाट भ्रष्टाचार राज्यको सम्पत्ति दुरुपयोग होला जस्तो लाग्दैन । शिक्षामा लगानि बढछ ।अलि धेरै अपेक्षाको लागि ६ महिनाले पुग्दैन कम्तिमा ५ बर्षको समय पाए उँहाको क्षमता  देखिन सकिन्थ्यो होला ? शिक्षा मन्त्रीको काम गर्ने चाहना हुटहुटि भएपनि नेपालका ऐन कानुन नै यो राष्ट्रका बाधक, असान्दर्भिक एबं अवैज्ञनिक छन । धन्यवाद ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित