काठमाण्डौ । गत भदौ २४ र २५ गते नेपालका विभिन्न कारागारबाट भागेका विभिन्न कैदीबन्दीहरु करिब ५६सय फिर्ता हुन बाँकी छन् । कारागार व्यवस्था विभागका निर्देशक चोमेन्द्र न्या्रपानेले सो कुराको जानकारी हाँकलाई गराएका हुन् ।जेन्जी आन्दोलन पछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले जिल्ला जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली सेना अनुसञ्न्धान प्रमुख सहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु कारागार प्रशासक जिल्ला सरकारी वकिल समेत संलग्न रहेको फरार कैदीहरुलाई पक्राउ फिर्ती सम्बन्धी अध्ययन र कार्यान्वयनकालागि विभिन्न जिल्लाहरुमा समिति बनेको थियो । गृह मन्त्रालयको निर्णय अनुसार असोज २० गतेसम्म फरार कैदीहरु फिर्ता हुन र फिर्ता नभएमा कारागार ऐन २०७९ अनुसार कारबाही हुने भनी देशभरका कारागारहरुले सूचना जारी गरेका थिए । असोज २० गतेसम्म ७हजार भन्दा बढी फरार कैदीहरु आफै फर्किएर वा प्रहरीद्वारा पक्राउ गरेर कारागारमा फिर्ता भएका छन् रतर फिर्ता नभएका कैदी बन्दीहरुलाई खोजी गरी पक्राउ गर्ने कार्य निरन्तर जारी रहने निर्देशक न्यौपानेले हाँकलाई बताए । फेरि अर्को पटक फरार कैदीहरुलाई कारागार फिर्ता हुन आह्वान गरी सूचना जारी गरिन्छकि गरिँदैन अभन्ने प्रश्नमा निर्र्देशक न्यौपानेले विगतमा गृह मन्त्रालयको निर्णय अनुसार सूचना जारी गरिएको हो । अब सूचना जारी गर्ने सम्भावना छैन ।