अर्घाखाँची । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीको आयोजनामा मिति २०८२ मङ्सिर ३ गते साम्राज्यवाद, प्रतिगमन र यथास्थितिको विरोध गरौं राष्ट्रियता जनतन्त्र जीविकाको रक्षा गरौं, स्वधीन संयुक्त सरकारको गठन गरौं , भन्ने मूल नाराका साथ सितगंगाको अमराई सन्धिखर्कको सुपा देउराली र भूमिका स्थानको नुवाकोट हटियामा पालिकास्तरीय कोणसभाहरू पर्चा वितरण जन भेटघाट कार्यक्रम सम्पन्न भएका छन् ।कार्यक्रमलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट ब्युरो सदस्य नरेन्द्र थापा , केन्द्रीय सदस्य राजेन्द्र नेपाली र जिल्ला सह सेक्रेटरी तकमान राउतले सम्बोधन गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जीआन्दोलनको स्पिरिटलाई हाइज्याक गरेर विदेशी साम्राज्यवादको इशारामा बनेको सुशीला कार्की सरकारलाई बर्खास्त गर्दै क्रान्तिकारी देशभक्तहरूको स्वधीन संयुक्त सरकार गठन गर्नुपर्ने कुरा बताउनुभएको थियो। देशमा साम्राज्यवाद र विस्तारवादीहरुको योजनामा बनेको सरकार र पुराना दलहरूबाट देशको निकास नभएको पनि ठकुवा गर्नुभयो। देशमा जेन्जी आन्दोलनपछि देश गम्भीर अवस्थामा फसेको र जेन्जीआन्दोलनका मागअनुसार सरकार नबनेको र माग पुरा गर्न नसक्ने भयकोले सबैलाइ सजग सचेत रहदै खबरदारी गर्न आवान गर्नुभएको थियो । कार्यक्रमहरु कमल भुसालको सञ्चालनमा सम्पन्न भएका थिए कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता कार्यकर्ताहरूको उल्लेखनीय सहभागी रहेको थियो ।




